Saturday, July 11

समाचार

२५ लाख ठगेको अभियोगमा पक्राउ
अपराध, समाचार, समाज

२५ लाख ठगेको अभियोगमा पक्राउ

नेपालअखबार, काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थायी बासिन्दा २२ वर्षीय सम्योग राईलाई ग्रीस पठाइदिन्छु भन्दै तीन जना पीडितबाट रु २५ लाख लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।...
सबैभन्दा ठूलो राजनीतिक बैठकमा व्यस्त चीन, स्थिरताको सन्देशसँगै ‘एआई प्लस’मा केन्द्रित
राजनीति, विश्व, समाचार

सबैभन्दा ठूलो राजनीतिक बैठकमा व्यस्त चीन, स्थिरताको सन्देशसँगै ‘एआई प्लस’मा केन्द्रित

नेपालअखबार,काठमाडौं । विश्वका धेरै देशहरु मध्यपूर्वको तनावमा अल्झिरहेका बेला चीनले भने सबैभन्दा ठूलो राजनीतिक बैठक आयोजना गरेको छ । नेशनल पिपल्स अफ कंग्रेस (एनपीसी) भनिने सो बैठक विहीबार सम्पन्न हुने तयारीमा छ । यस निकायलाई कानून बनाउने, संविधान संशोधन गर्ने र राज्यको बजेट अनुमोदन गर्ने व्यापक अधिकार रहन्छ । व्यवहारमा भने यसले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले गरेको निर्णयलाई औपचारिक रुपमा अनुमोदन गर्ने जानकारहरु बताउँछन् । एनपीसीसँगै हुने चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स (सीपीपीसीसी) बैठकलाई संयुक्त रूपमा ‘टु–सेसन’ भनिन्छ । एनपीसीसी र एनपीसीबाट सरकारका प्राथमिकता तय हुने भएकाले यी दुवै बैठकहरुलाई अन्तर्राष्ट्रिय रूपमा चासोपूर्वक हेरिन्छ । स्थिरताको सन्देश दिन खोज्दै चीन चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो आर्थिक व्यवस्थापन क्षमतामार्फत चीनलाई विश्वको अग्रणी शक्त...
इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण
अर्थ, विश्व, समाचार

इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण

नेपालअखबार, काठमाडौं । विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसाना भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि बनेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ । थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा आक्रमणमा परेको हो । यो जहाज भारतको गुजरात राज्यको बन्दरगाहतर्फ आउँदै थियो । थाई नौसेनाका अनुसार यूएईको आबुधाबीस्थित खलिफा पोर्टबाट जहाज प्रस्थान गरेको केही घण्टामै जहाजमा आक्रमण भएको थियो । समाचार एजेन्सी एपीका अनुसार अज्ञात ‘प्रोजेक्टाइल’ ठोक्किएपछि जहाजमा भीषण आगलागी भएको थियो, जसका कारण जहाजको सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ । भारतको ऊर्जा सुरक्षामा असर होर्मुज स्ट्रेटमा समुद्रको चौडाइ ३३ किलोमिटर मात्र छ । तर...
तेल भण्डार प्रयोग गर्न जी–७ तयार
अर्थ, विश्व, समाचार

तेल भण्डार प्रयोग गर्न जी–७ तयार

नेपालअखबार,  काठमाडाैँ । मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि जी–७ देशका ऊर्जा मन्त्रीहरूले बजार स्थिर बनाउन आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्नेसम्मका ‘सबै आवश्यक कदम’ चाल्न तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) सँग समन्वय गर्दै ऊर्जा आपूर्ति सुरक्षित राख्ने र मूल्यवृद्धि नियन्त्रण गर्ने उपायमा उनीहरू सहमत भएको जनाइएको छ। फ्रान्सको अध्यक्षतामा रहेको जी–७ समूहका ऊर्जा मन्त्रीहरूले बुधबार जारी गरेको संयुक्त विज्ञप्तिमा ऊर्जा बजारमा देखिएको अस्थिर अवस्थालाई ध्यानमा राख्दै सक्रिय कदम चाल्ने तयारी गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा रणनीतिक तेल भण्डारको प्रयोगलाई समेत सम्भावित उपायका रूपमा समर्थन गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि मध्यपूर्वमा युद्धका कारण देखिएका आर्थिक प्रभावबारे छलफल गर्न जी–७ देश...
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
विश्व, समाचार

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपालअखबार, काठमाडौँ । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम प्रदान गर्न लागेको हो । सार्क सचिवालयका अनुसार उक्त सहयोगसम्बन्धी समझदारीपत्रमा  हस्ताक्षर भएको छ । सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रमले जापान र सार्क मुुलुकबीचको मैत्री, सहकार्य तथा आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।...
रविको सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता विरूद्धको रिट न्यायाधीश मल्ल र पौडेलको इजलासमा
राजनीति, समाचार

रविको सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता विरूद्धको रिट न्यायाधीश मल्ल र पौडेलको इजलासमा

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि रहेको सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटमा सुनुवाइ हुने भएको छ। बुधबार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो। यसअघि सोमबार सर्वोच्चले यो रिट हेर्न भ्याएको थिएन। युवराज पौडेल (सफल), अधिवक्ता आभाष रेग्मीसहित कानुनका विद्यार्थीहरू र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यो निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन्। यसरी फिर्ता लिने निर्णयपछि सम्बन्धित जिल्ला अदालतमा निर्णयका लागि पेस हुने गर्छ। सर्वोच्च अदालतमा यी रिट विचारा...
डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्कियो, एक जनाको मृत्यु
समाचार, समाज

डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्कियो, एक जनाको मृत्यु

नेपालअखबार, डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए । बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए । बन्दुक पड्किएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो । तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
समाचार, समाज

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

नेपालअखबार, काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ। समितिले आयोगको समग्र प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, मिडियालगायत आम नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्न माग गरेको हो। समितिका संयोजक राजुप्रसाद चापागाईंले आज प्रेस विज्ञप्ति जारी गरी उक्त आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, “प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने कुरा सरकारको तजबिजको विषय होइन प्रतिवेदनबारे जानकारी पाउने आम नागरिकको संविधानप्रदत्त अधिकार हो भने छानबिन प्रतिवेदनलाई यथाशीघ्र सार्वजनिक जानकारीमा ल्याउनु सरकारको दायित्व हो ।”...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द
समाचार, समाज, स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द

नेपालअखबार,जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द भएको छ । अस्पतालको एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राही मर्कामा परेका छन् । अस्पतालको एक्स–रे उपकरणमा समस्या आउँदा पाँच दिनदेखि एक्स–रे सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । निर्वाचनका कारण बनाउनका समय लागेको बताउँदै एक्स–रे मा समस्या आएको उपकरण बनाउनका लागि काठमाडौँ पठाइसकिएको अस्पताल प्रशासनले जनाएको छ ।आजदेखि एक्स–रे सेवा नियमित सञ्चालनमा आउने स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक कमल थानीले जानकारी दिउ । पटकपटक एक्स–रे सेवा र सिटीस्क्यान बिग्रँदा प्रतिष्ठानको चर्को आलोचना हुने गरेको छ ।...
स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
राजनीति, समाचार

स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत

नेपालअखबार, स्याङ्जा । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि पहिलो भएको छ । यसैगरी, दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १६ हजार ३९९ मत पाएको क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । कांग्रेसले प्रत्यक्षतर्फ पाएको मतभन्दा समानुपातिकमा दुई हजार ४५८ मत कम आएको छ । त्यसैगरी, नेकपा (एमाले)ले  १४ हजार ४८५ मत प्राप्त गरेको छ । यो मत पनि प्रत्यक्षतर्फको मतभन्दा दुई हजार ३१९ कम हो । अन्य दलतर्फ राप्रपाले एक हजार ८७३ मत पाएको छ भने नेकपाले एक हजार ५३१ मत पाएको छ । यस क्षेत्रमा समानुपातिकतर्फ ५७ राजनीतिक दल प्रतिस्पर्धामा रहेका थिए । क्षेत्र नम्बर-१ मा कुल १ लाख ३२ हजार ७४५ मतदाता रहेकामा ७२ हजार ९९ मत खसेको थ...