Wednesday, August 5

समाचार

पोखरामा युवती हत्या प्रकरण: दोषीलाई कडा कारबाहीको माग, प्रशासनको संवेदनशीलता व्यक्त
समाचार, समाज

पोखरामा युवती हत्या प्रकरण: दोषीलाई कडा कारबाहीको माग, प्रशासनको संवेदनशीलता व्यक्त

नेपालअखबार,पोखरा । कास्कीको पोखरामा एक युवतीको हत्या भएको घटनापछि मानवअधिकार तथा महिला अधिकार क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरूले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। उक्त सम्बन्धमा तयार पारिएको ध्यानाकर्षण पत्र शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मालाई बुझाइएको हो। चैत २५ गते साँझ करिब ७ बजे पोखराको समाहारचोक नजिक सुजना पौडेल के.सी.को धारिलो हतियार प्रयोग गरी हत्या गरिएको घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ। शान्त र पर्यटकीय सहरका रूपमा परिचित पोखरामा यस्ता जघन्य घटना घट्नुले नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको सरोकारवालाहरूले बताएका छन्। ध्यानाकर्षण पत्रमार्फत संघसंस्थाहरूले मृतकलाई न्याय दिलाउन, संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कडा सजाय दिन तथा मृतककी नाबालिका छोरीको पालनपोषण, शिक्षा र सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने माग गरेका छन्। यसैबीच, प्रमुख...
सामान्य सुविधाकाे लागि राजधानी धाउनु पर्ने बाध्यता अन्त्य गर्नुपर्छ: माननीय आरेन राई
राजनीति, समाचार

सामान्य सुविधाकाे लागि राजधानी धाउनु पर्ने बाध्यता अन्त्य गर्नुपर्छ: माननीय आरेन राई

नेपालअखबार,काठमाडौं । खोटाङ सेवा समाजद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा माननीय: आरेन राईले जिल्लाबाट सामान्य सेवा सुविधाकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका छन्। उनले खोटाङमै शिक्षा, स्वास्थ्य, रोजगारी तथा प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा अन्य वक्ताहरूले पनि दीर्घकालीन विकासका लागि स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्नुपर्ने बताए। उनीहरूले जिल्लाको पूर्वाधार विकास, लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्न राज्यसँगै निजी क्षेत्रको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरे। भक्तपुरको सल्लाघारीमा आयोजित उक्त कार्यक्रम समाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्वमाननीयहरू विशाल भट्टराई, सरस्वती बजिमय लगायत विभिन्न क्षेत्रका व्यक्त...
एक हप्ताभित्रै सङ्गठनात्मक एकीकरण टुङ्ग्याउँछौँ : माधव नेपाल
राजनीति, समाचार

एक हप्ताभित्रै सङ्गठनात्मक एकीकरण टुङ्ग्याउँछौँ : माधव नेपाल

नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्ने गरी पहल भइरहेको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता नेपालले निर्वाचनको परिणाम अपेक्षा विपरित आएको स्वीकार गर्दै त्यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए । नेता नेपालले निर्वाचनमा कार्यकर्ताहरूको सक्रियता र इमान्नदारितामाथि प्रश्न उठाउँदै आत्ममन्थन गर्न समेत आग्रह गरे । पार्टीभित्र हाल ४५ सदस्यीय केन्द्रीय समन्वय समितिको बैठक सात दिनदेखि जारी रहेको जानकारी दिँदै उनले राष्ट्रिय समस्या, राजनीतिक सङ्कट र कम्युनिस्ट आन्दोलनका चुनौतीबारे मन्थन भइरहेको बताए । नेपालको राजनीतिमा क...
सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने
राजनीति, समाचार

सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने

नेपालअखबार,काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने भएको छ । अभियान सञ्चालनका लागि सरकारले शुक्रबार अभियान सञ्चालन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरू र स्थानीय तहहरूलाई परिपत्र गरेर मार्गदर्शन कार्यान्वयन गरेर प्रतिवेदन पठाउन भनेको छ । कानुनबाट दिइएको अधिकारको प्रयोग नगरी अनावश्यक रूपमा माथिल्लो तहमा पठाइनेलगायतका प्रवृत्तिले सेवाप्रवाह प्रभावित हुने अवस्थालाई निराकरण गर्न सरकारले अभियान सञ्चालन गर्न लागेको बताइएको छ । सरकारी कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायत अन्य फाइलहरू विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णयमा ढिलाइ हुने प्रवृत्ति हटाउन अभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
अमेरिका र इरानबीच आज इस्लामावादमा वार्ता
राजनीति, विश्व, समाचार

अमेरिका र इरानबीच आज इस्लामावादमा वार्ता

नेपालअखबार, काठमाडौँ । अमेरिका र इरानबीच आज वार्ता हुँदैछ। पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामावादमा शनिबार दुई देशबीच वार्ता हुन लागेको हो। वार्ताका लागि तेहरानको टोली इस्लामावाद आइपुगेको पाकिस्तानी अखबार द डनले पुष्टि गरेको छ। इरानबाट सभामुख मोहम्मद बाघे गालिबाफ, विदेशमन्त्री अब्बास अरागचीसहितको टोली इस्लामावाद पुगेको छ। उनीहरूलाई पाकिस्तानी सेना प्रमुख असिम मुनिरले स्वागत गरेका छन्। इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, कूटनीतिक तथा प्राविधिक विशेषज्ञहरू, सञ्चारकर्मी र सहयोगी कर्मचारीहरूसहित करिब ७० जना सदस्य रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकी प्रतिनिधिमण्डल भने अझै इस्लामावाद आइपुगेको छैन। उनीहरू बाटोमै रहेको रोयटर्सले जनाएको छ। अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन्। टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्...
कतारमा ३ जना नेपालीले पाए आममाफी
समाचार

कतारमा ३ जना नेपालीले पाए आममाफी

नेपालअखबार, काठमाडौं । कतारले ३ जना नेपालीलाई आम माफी दिएको छ । कतारको रमदानको अवसरमा कतारले ३ जनालाई आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी दिएको बताए । कतारी महत्त्वपूर्ण पर्व रमदानको अवसरमा कतारी राजाले आममाफी दिएका हुन् ।
उपसभामुखमा नेकपाले रुबीकुमारीलाई मत दिने
राजनीति, समाचार

उपसभामुखमा नेकपाले रुबीकुमारीलाई मत दिने

नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । शुक्रबार प्रतिनिधिसभामा हुँदै गरेको उपसभामुखको निर्वाचनमा श्रम संस्कृतिका उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने पार्टी निर्णय भएको सांसद रमेश मल्लले जानकारी गराएका हुन् । ‘सभामुखजस्तै उपसभामुख पनि सर्वसम्मत गर्न सकेको भए धेरै राम्रो हुने थियो । तर सम्भव भएन’, नेकपा सांसद मल्लले भने, ‘हाम्रो पार्टीले रुबीकुमारी ठाकुरलाई समर्थन गर्छ । पक्कै पनि राजनीतिमा मूल्य र इमानको ठुलो महत्त्व हुन्छ ।’...
महान्यायाधिवक्ता विरुद्ध पेश भएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
प्रशासन, समाचार

महान्यायाधिवक्ता विरुद्ध पेश भएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

नेपालअखबार, काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त गर्नुपर्ने मागदाबीसहित पेस भएको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ(दर्ता गर्न अस्वीकार) गर्ने आदेश गरेको छ । महान्यायाधिवक्तामा कँडेलको नियुक्तीले ‘निवेदकको के कस्तो मौलिक वा कानुन हक कसरी हनन् हुन गएको छ भन्ने नदेखिएको’ भन्दै सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको हो । अधिवक्ता माधव कुमार बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए । २६ चैत(बिहीबार) सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले महान्यायाधिवक्ताले कानुनविपरीत काम गरे नियमित अदालतबाट कानुनी उपचार खोज्न सकिने भन्दै रिट निवेदन ल्याउन नहुने जिकिर गरेका हुन् । रजिष्ट्रार पोखरेलले जारी गरेको आदेशमा भनिएको छ, ‘यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत दर्ताक...
ट्रम्प र उनका पुराना समर्थक सञ्चारकर्मीबीच आरोप–प्रत्यारोप
राजनीति, विश्व, समाचार

ट्रम्प र उनका पुराना समर्थक सञ्चारकर्मीबीच आरोप–प्रत्यारोप

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनलाई निर्वाचनमा जिताउन भूमिका खेल्ने सञ्चारकर्मीबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । विगतमा आफूलाई सघाएका टकर कार्ल्सन, मेगिन केली, क्यान्डिस ओवेन्स र एलेक्स जोन्ससँग ट्रम्पको सम्बन्ध बिग्रिएको हो । ट्रम्पले हालै ‘ट्रुथ सोसल’ मार्फत उनीहरूविरुद्ध आक्रामक अभिव्यक्ति नै दिएका थिए । जसमा उनले ‘पागल’ र ‘उपद्रवी’को संज्ञा नै दिएका छन् ।ती सञ्चारकर्मी ट्रम्पको ‘मागा’ अभियानको बलिया खम्बा मानिन्थे । पछिल्लो समय उनीहरूले इरानसँगको युद्धलाई लिएर ट्रम्पको आलोचना गर्दैआएका थिए । आफ्नै पूर्वसमर्थकले आलोचना गरेपछि ट्रम्पले आक्रोश पोखेको बताइन्छ । ट्रम्पले ती सञ्चारकर्मी हाल टेलिभिजनबाट निकालिएको र अन्य टेलिभिजनमा काम नपाएको भन्दै उपहाससमेत गरेका छन् ।ती सञ्चारकर्मीहरू आफ्नो पोडकास्टको सस्तो प्रचारका लागि मात्रै आफ्नो आलोचना गरिरहेको ट्र...
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुँदै
राजनीति, विश्व, समाचार

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुँदै

नेपालअखबार, काठमाडौं । अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुँदैछ। पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार दुई देशबीच वार्ता हुने निश्चित भएको अमिरिकी र पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्। वार्ताका लागि दुवै पक्षका उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार नै इस्लामाबाद आइपुग्ने पाकिस्तानी अखबार द डनले उल्लेख गरेको छ। बुधबार युद्धविराम भए पनि दुई देशबीच तनाव अझै कायमै छ। इरानले हर्मुज खुला गर्ने र परमाणु कार्यक्रम रोक्ने सर्त मानेपछि युद्धविराम भएको वासिङ्टनको दाबी छ। तेहरानले भने परमाणु कार्यक्रमबारे कुनै पनि सहमति नभएको बताउँदै आएको छ। सँगै युद्धविराममा लेबनन पनि समेटिनुपर्नेमा सोही दिन भीषण हमला गरेको थियो। यसमा पनि इरान रूष्ट छ। अमेरिका-इसराइल र इरानबीच आक्रमण प्रत्याक्रमण नभए पनि एक अर्कामाथि भइरहेको आरोप-प्रत्यारोपले युद्धविराम नै खतरामा पुग्न सक्ने भएकाले वार्ताको आ...