निवर्तमान कार्यवाहक सभापति खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले विभिन्न भेलाहरू गर्ने तयारी गरेको छ।
राष्ट्रिय सभा र प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने, २०७८ मा भएको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक राख्ने र जिल्ला सभापतिहरूको पनि भेला गर्ने गरी देउवा पक्षले तयारी गरेको हो।
गत पुसमा विशेष महाधिवेशन हुँदा देउवा पक्ष सहभागी भएको थिएन। गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत गएकोमा मुद्दा विचाराधीन छ।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम, पार्टीका नेताहरूलाई बालेन शाह नेतृत्वको सरकारबाट पक्राउलगायत र भावी रणनीतिलगायत विभिन्न विषयमा छलफल गरी निचोडमा पुग्न देउवा पक्षले ए...










