इरानले भन्यो– स्ट्रेट अफ होर्मुज समुद्रीमार्ग अमेरिका र इजरायललाई मात्र बन्द
नेपालअखबार, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरघचीले विश्वभर पेट्रोलियम पदार्थ ढुवानीको एक प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द नभएको बताएका छन् ।
उनका अनुसार ओमानको खाडी र फारसको खाडीको बीचमा पर्ने यो समुद्री मार्ग अमेरिका र इजरायलका लागि जहाजका लागि मात्र बन्द गरिएको हो । अमेरिका र इजरायल बाहेक अन्य देशका जहाजलाई पनि आउ–जाउ गर्न दिइएको उनको भनाइ छ ।
एक अन्तर्वार्तामा इरानका विदेशमन्त्री अरघचीले यो जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘स्ट्रेट अफ होर्मुज खुला छ । तर जुन देशले इरानमाथि हमला गरिरहेका छन् वा इरानका दुश्मन हुन्, ती देशका जहाजलाई रोक लगाइने छ । बाँकी देशका जहाज सामान्य रुपमा आउजाउ गर्न सक्नेछन् ।’
उनले यस्तो भने पनि स्ट्रेट अफ होर्मुजको अवस्था अलि फरक छ । मिडिया रिपोर्टस्का अनुसार आक्रमणको डरले सयौं जहाज रोकिएका छन् । जसका कारण विश्वभर इन्धन आपूर्त...










