Wednesday, August 5

समाचार

दार्चुलाको तुइन विस्थापन गर्न हर्क साम्पाङको श्रम अभियान, भिरको बाटो पुलको लट्ठा बोक्न तयार रहन आह्वान
राजनीति, विचार, समाचार

दार्चुलाको तुइन विस्थापन गर्न हर्क साम्पाङको श्रम अभियान, भिरको बाटो पुलको लट्ठा बोक्न तयार रहन आह्वान

नेपालअखबार, काठमाडौँ । नवनिर्वाचित सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले यस कठिन भौगोलिक अवस्थामा हुने निर्माण कार्यका लागि देशव्यापी रूपमा श्रमदाताहरूलाई तयार रहन आह्वान गरेका छन्। पुल निर्माण स्थलको भौगोलिक अवस्था र अन्य प्राविधिक जानकारी लिन आफूले एउटा अग्रिम टोली त्यसतर्फ पठाइसकेको साम्पाङले बताए। मोटर बाटो नपुगेको उक्त दुर्गम स्थानको सम्पूर्ण वस्तुस्थिति बुझेर टोलीले जानकारी दिएपछि आफू पनि निर्माण स्थलमा पुग्ने उनले स्पष्ट पारे। मोटर बाटो नभएका कारण निर्माण स्थलमा डोजर, क्रसर र अन्य भारी मेसिनरी उपकरण लैजान सम्भव नभएको उनले भिडियोमा बताएका छन्। त्यहाँ बिजुलीको सुविधा समेत नभएकाले ड्रिल मेसिन प्रयोग गर्न नसकिने र जेनेरेटर बोकेर लान पनि कठिन हुने उ...
समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति
राजनीति, समाचार

समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसके पनि समानुपातिकतर्फको मतगणना भने जारी छ । आज बिहान साढे ८ बजेसम्म १ करोड ३ लाख ४४ हजार ९५२ समानुपातिक मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसभन्दा तेब्बर बढी मत पाएको छ । प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले बिहान साढे ८ बजेसम्म समानुपातिकतर्फ ४९ लाख ६७ हजार ४३ मत पाएको छ । यस आधारमा रास्वपाले समानुपातिक मतबाट मात्रै ५८ सिट थप्ने सम्भावना छ । प्रत्यक्षमा १८ सिट जितेर दोस्रो भएको नेपाली कांग्रेसले समानुपातिकतर्फ १६ लाख ८४ हजार १७५ मत पाएको छ । कांग्रेसले समानुपातिक मतबाट थप १९ सिट पाउने सम्भावना छ । यसैगरी प्रत्यक्षमा ९ सिट जितेको नेकपा एमालेले समानुपातिकतर्फ १४ लाख २४७ मत पाएको छ । एमालेले समानुपातिक मतबाट १६ सिट थप्ने सम्भावना छ । प्रत्यक्षमा ७ सिट जितेको नेपाल कम्यु...
समानुपातिक मतगणनामा राप्रपालाई श्रम संस्कृति पार्टीले उछिन्यो
राजनीति, समाचार

समानुपातिक मतगणनामा राप्रपालाई श्रम संस्कृति पार्टीले उछिन्यो

नेपालअखबार, काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना ८० लाख नाघ्दा राप्रपा भन्दा श्रम संस्कृति पार्टी अघि देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार श्रम संस्कृति पार्टीले २ लाख ८० हजार ३४६ मत प्राप्त गरेको छ। यस्तै राप्रपा २ लाख ६९ हजार ८५९ मतका साथ छैटौँ स्थानमा झरेको छ। यसअघिको निर्वाचनमा राप्रपा राष्ट्रिय दल थियो भने श्रम संस्कति नयाँ दल हो । मुलुकभरको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा कायमै छ। रास्वपाले ३८ लाख ६६ हजार २० मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १३ लाख १० हजार २३१ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ११ लाख १० हजार ६६१ मत बटुलेको छ। त्यस्तै, ५ लाख ७१ हजार ८५६ मतका साथ नेपाली कम्युनिष्ट पार्टी चौथो स्थानमा रहेको छ।...
आज  जाँचबुझ आयोगले प्रतिवेदन बुझाउँदै
प्रशासन, समाचार

आज जाँचबुझ आयोगले प्रतिवेदन बुझाउँदै

नेपालअखबार,काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले आज जाँचबुझ प्रतिवेदन बुझाउन लागेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार ११ बजे प्रतिवेदन बुझाउन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए । आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन लागेका हुन् ।...
चितवनमा अटो रिक्सा दुर्घटना हुँदा ४ जनाको मृत्यु
दुर्घटना, समाचार

चितवनमा अटो रिक्सा दुर्घटना हुँदा ४ जनाको मृत्यु

नेपालअखबार, चितवन। चितवनमा उपरदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको अटो रिक्सा पल्टिँदा चालकसहित ४ जनाको मृत्यु भएको छ। शनिबार साँझ कालिका-९ दर्बेटारमा बा. प्र ०६-००१ ह ०३१५ नम्बरको अटो रिक्सा अनियन्त्रय भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार राप्ती-९ का ३९ वर्षीय पूर्ण बिक, २२ वर्षीया बिनी तामाङ, ५५ वर्षीय तिलक तामाङ र राप्ती-८ का ५६ वर्षीया बिष्णुकुमारी तामाङको मृत्यु भएको छ। 'दुर्घटनामा घाइते भएकी राप्ती-९ कै ५३ वर्षीया चिनीकुमारी गुरुङ पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भइ रहेको छ,' डिएसपी खनालले भने।...
५ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने बाटोमा, श्रम संस्कृति थ्रेसहोल्ड नजिक
राजनीति, समाचार

५ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने बाटोमा, श्रम संस्कृति थ्रेसहोल्ड नजिक

नेपालअखबार, काठमाडौं । समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपका एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका हुन् । प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकमा तीन सिट कटाउनुपर्छ । रास्वपा, कांग्रेस, एमाले अहिलेकै अवस्थामा राष्ट्रिय दल बनिसकेका छन् । अब गणना हुने ठाँउमा कुनै मत नपाएपछि उनीहरू राष्ट्रिय दल बन्नेछन् । किनभने उनीहरूले कुल खसकेको मतकै अनुपातमा तीन प्रतिशत कटाइसकेका छन् ।नेकपाले अहिले करिब साढे ६ प्रतिशत मत पाइसकेको छ । तर अन्यत्र उसले कति मत पाउछ ? त्यसका आधारमा बाँकी ...
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला
विश्व, समाचार

साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला

नेपालअखबार, तेहरान/जेरुसेलम । इजराइल–अमेरिका र इरानबिचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप बढेको छ। यसैबिच, इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी 'रास तनुरा' मा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द भएको छ । रोयटर्सका अनुसार साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोको यो रिफाइनरीमा हमलापछि बन्द गरिएको छ । यसको क्षमता दैनिक करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल उत्पादन छ। विश्वकै ठुला अपतटीय तेल लोड गर्ने टर्मिनलमध्ये एक यसबाट अमेरिका, एसिया र युरोपसहित विभिन्न देशहरूमा भारी मात्रामा तेल ट्याङ्करमार्फत कच्चा तेल निर्यात गरिन्छ । यसैबिच, इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमवार अमेरिका अमेरिकासँग कुनै वार्ता नगर्ने बताएका छन् । उनले इरानले अमेरिकासँग पुनः वार्ता सुरु गर्ने प्रयास गरेको भन्ने खबरको खण्डन गरेका हुन् । इरानले आज इजराइलबाहे...
इजरायल–इरान युद्धबारे बोल्यो चीन
राजनीति, विश्व, समाचार

इजरायल–इरान युद्धबारे बोल्यो चीन

नेपालअखबार, बेइजिङ । चीनले मध्यपूर्वमा दिनानुदिन भड्किरहेको द्वन्द्व अन्त्य गर्न युद्धविराम तथा कूटनीतिक वार्ताको माध्याम प्रयोग गर्न आह्वान गरेको छ ।  चीनले  सोमबार साे आह्वान गरेको हाे । हाल इजरायल र संयुक्त राज्य अमेरिकाले इरान र लेबनानमा निरन्तर आक्रमण गर्दै आएका छन् भने द्वन्द्व क्षेत्रीय छिमेकी देशहरूसम्म फैलिएको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा बोल्दै द्धन्द्ध अन्यका लागि सबैभन्दा पहिले सैन्य कारबाहीको तत्काल अन्त्य र द्वन्द्वको फैलावट रोक्नुपर्ने जनाउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेकी छन् । तेहरानमा द्वन्द्वको परिणामस्वरूप एक जना चिनियाँ नागरिक मारिएको उनले बताएकी छन् । जहाँ इजरायल र संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रको सर्वोच्च नेताको हत्या गरेको छ भने अपरेसन र आक्रमण जारी राखेकाे छ । विदेश मन्त्रालयले इरानमा रहेको चिनिया...
राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी
राजनीति, समाचार

राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन र समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानममन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । ‘आज प्रधानमन्त्रीज्युले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भइरहेको छ’, रावलले भने, ‘प्रत्यक्ष प्रसारण गर्ने कि रेकर्डिङ गरेर सार्वजनिक गर्ने भन्ने सल्लाह हुँदैछ । जे भए पनि एउटा महत्त्वपूर्ण सन्देश आज आउँदैछ ।’ गत भदौमा भएको जेनजी आन्दोलनपछि भदौ २७ मा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने प्रमुख जिम्मेवारी थियो ।...
होलीले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्- राष्ट्रपति पौडेल
समाचार, समाज

होलीले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्- राष्ट्रपति पौडेल

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। होली पर्वको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले होलीले समाजमा विद्यमान विभिन्न विकृति, विसंगति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गर्ने बताएका हुन्। असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलको भनाइ छ । रंगहरूको पर्वका रुपमा प्रत्येक वर्ष फागुपूर्णिमा (होली) पर्व देशभर वसन्त ऋत...