Saturday, July 11

समाचार

छत्तीसगढको स्टिल प्लान्टमा विस्फोट: ६ कामदारको मृत्यु, ५ गम्भीर घाइते
दुर्घटना, समाचार, समाज

छत्तीसगढको स्टिल प्लान्टमा विस्फोट: ६ कामदारको मृत्यु, ५ गम्भीर घाइते

नेपालअखबार,रायपुर । भारतको छत्तीसगढ राज्यस्थित एक स्टिल प्लान्टमा भीषण विस्फोट हुँदा ६ जना कामदारको मृत्यु भएको छ । बालोदाबजार–भाटापारा जिल्लाको बकुलाही गाउँमा रहेको प्लान्टमा भएको उक्त दुर्घटनामा अन्य ५ जना कामदार गम्भीर घाइते भएका छन् । राजधानी रायपुरबाट करिब १०१ किलोमिटर उत्तर–पूर्वमा अवस्थित उक्त उद्योगको 'डस्ट सेटलिङ च्याम्बर'मा अचानक विस्फोट भएको अधिकारीहरूले जनाएका छन् । विस्फोटपछि च्याम्बरमा रहेको अत्यधिक तातो धुलो कामदारहरूमाथि खसेको थियो । तातो धुलोले शरीर पोलेका कारण उनीहरूको अवस्था गम्भीर बनेको र उपचारका क्रममा ६ जनाले ज्यान गुमाएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार विस्फोट निकै शक्तिशाली थियो । घटनालगत्तै प्लान्ट परिसरभित्र भागदौड मच्चिएको थियो भने बाक्लो धुवाँ र आगोको ज्वालाका बीच कामदारहरू ज्यान जोगाउन यत्रतत्र भागिरहेका देखिएका थिए । अधिकारीहरूले घटनाको गम्भीरतालाई ध्य...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने
राजनीति, समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए। कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई अनुरोध गरिएको छ ।...
अमेरिका र टिकटकबिच कम्पनीको अमेरिकी कारोबार अलग्याउने सम्झौता
प्रविधि, विश्व, समाचार

अमेरिका र टिकटकबिच कम्पनीको अमेरिकी कारोबार अलग्याउने सम्झौता

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी प्रशासनसँग लामो समयदेखि चल्दै आएको वार्तापछि टिकटकले आफ्नो अमेरिकी कारोबारलाई विश्वव्यापी व्यवसायबाट अलग गर्ने सम्झौता टुङ्गोमा पुर्‍याएको छ। टिकटकका अनुसार अमेरिकास्थित यसको सञ्चालनमा बहुमत हिस्सा अमेरिकी तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई बिक्री गरिएको छ। यसअनुसार सिल्भर लेक, ओराकल र एमजिएक्सले जनही १५ प्रतिशत सेयर लिने भएका छन्। यसबाहेक डेल फ्यामिली अफिस र भास्टेमेयर स्ट्राटेजिक इन्भेस्टमेन्ट्स पनि लगानीकर्ताका रूपमा सहभागी छन्। टिकटकले जारी गरेको वक्तव्यमा यो सम्झौताले २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ता र ७५ लाखभन्दा बढी व्यवसायलाई टिकटकको प्रयोग निरन्तर गर्न सहज बनाउने बताइएको छ। “यसले प्रयोगकर्तालाई टिकटकको जीवन्त विश्वव्यापी समुदायमा सामग्री खोज्न, सिर्जना गर्न र फस्टाउन मद्दत गर्नेछ,” कम्पनीले भनेको छ। यो सम्झौताको मुख्य उद्देश्य टिकटकमा...
राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
राजनीति, समाचार

राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

नेपालअखबार,काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तताको सूचना पढेर सुनाउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचनाको जानकारी गराउने कार्यसूची रहेको छ । त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभा समक्ष पेस गर्ने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न अध्यादेशहर...
एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो
प्रशासन, समाचार

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

नेपालअखबार, काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ । त्यसैगरी, कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भएको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार २२६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले एक करोड ९८ हजार २०० थान नमुना मतपत्र आयोगमा पठाएको छ ।...
प्रतिनिधि सभा निर्वाचन आउन ४१ दिन बाँकी, आज चुनाव चिह्न वितरण
प्रशासन, राजनीति, समाचार

प्रतिनिधि सभा निर्वाचन आउन ४१ दिन बाँकी, आज चुनाव चिह्न वितरण

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका  लागि उम्मेदवारी दिएका उम्मेदवारले आज निर्वाचन चिह्न पाउँदैछन् । उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गरेपछि निर्वाचन चिह्न वितरणको कार्यक्रम छ । निर्वाचन तालिका अनुसार आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।  यस्तै आजै दिनको १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली  प्रकाशन गरिनेछ । त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । २१ फागुनमा हुने प्रत्यक्षतर्फ निर्वाचनका लागि माघ ६ गते देशैभर उम्मेदवारी दर्ता गरिएको थियो ।  माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यसपछि विहीबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको थियोे । देशभरका १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८६ उम्मेदवारी दर्ता भएको थि...
मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका
समाचार, समाज

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

नेपालअखबार,मुस्ताङ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये मुस्ताङमा ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन्। यसअघि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार यहाँ निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको थियो। जिल्ला प्रहरी कार्यालयमा माघ २ गतेसम्म आवेदन खुल्ला गरिएकामा आवश्यक सङ्ख्या नपुगेपछि थप दुई दिन समय थपिएको थियो। यहाँ नेपाल प्रहरीलाई २६६ जना र सशस्त्र प्रहरी बल नेपाललाई ४६ जना गरी ३१२ जना निर्वाचन प्रहरी संख्या माग गरिएकामा ३२३ जनाले आवेदन ...
उनीहरूलाई दस वर्ष लाग्यो आमाको नामबाट नागरिकता पाउन
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

उनीहरूलाई दस वर्ष लाग्यो आमाको नामबाट नागरिकता पाउन

नेपालअखबार,म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो। नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गरेका थिए। नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि समीर र यास्मिनलाई आमाका नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए। समीर र यास्मिनका आमा मनिरजा नेपाली हुन् भने उनका श्रीमान् सलिम खान भारतको कलकत्ताका छन्। ३४ वर्षअघि विवाह भए पनि मनिरजा बेनीमा शृङ्गार व्यवसाय गर्दै आएकी छन्। श्रीमान् सलिमले भारतको नागरिकता त्याग गरिसकेका छन्। उनले विसं २०५२ र २०६४ मा ...
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
राजनीति, समाचार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–०८२ माथि छलफल हुनेछ ।
प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै
प्रशासन, समाचार

प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ । मंगलबार साँझसम्म मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी लिएको हो । बुधबार साँझ नै दर्ता भएका उजुरीबारे जाँचबुझ गर्ने काम भइसकेकोले आज नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । यस्तै, माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम...