नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितिको १३ औं साधारण सभा सम्पन्न
नेपालअखबार,पोखरा । नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितीको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले समितिका उपाध्यक्ष सु.शेर बहादुर गुरुङलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको छ ।
साधारण सभाको उद्घाटन गर्दै संस्थाका संरक्षक याम बहादुर गुरुङले ब्यवसायीहरुले संस्थाको हित हुने गरी ब्यवसायलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए । संस्थाले ब्यवसायीहरुलाई हित हुने काम गर्ने भएकाले ब्यवस्थित र मर्यादित ढंगले ब्यवसायीहरु अगाडी वढे संस्था मजबुद हुने उनको भनाइ रहेको थियो । ब्यवसायीहरु पूर्वाग्रही नभइकन एक अर्काबीच सहकार्य गरेर समेत अगाडी वढ्नुपर्नेमा गुरुङले जोड दिए ।
त्यस्तै संस्थाका संरक्षक तथा निवर्तमान अध्यक्ष मिन बहादुर गुरुङले संस्था र संगठन बलियो बनाउनका लागि संस्थाको गतिबिधी र सदस्यहरुको भुमिका महत्वपूर्ण रहने बताए । संस्थामा आवद्ध सदस्यहरुले समयअनुसार आफुहरुल...









