Friday, August 14

समाज

पहिरोमा परेर बागलुङमा ७ जनाको मृत्यु, ४ जना उद्धार
समाचार, समाज

पहिरोमा परेर बागलुङमा ७ जनाको मृत्यु, ४ जना उद्धार

नेपालअखबार,बागलुङ । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। पहिरोमा पुरिएका चार जनाको उद्धार गरिएको छ। मंगलबार बिहान बडिगाड गाउँपालिका वडा नम्बर ९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो। पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। पहिरोमा पुरिएका चार जनाको उद्धार गरिएको छ। उनीहरू घाइते छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। रासस...
कोड्कु खोलाले जल सतर्कता तह पार गर्‍यो
समाचार, समाज

कोड्कु खोलाले जल सतर्कता तह पार गर्‍यो

नेपालअखबार, काठमाडौँ । ललितपुरस्थित कोड्कु खोलाले जल सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएअनुसार कोड्कुले झरुवारासी जलमापन केन्द्रमा सतर्कता तह पार गरेको हो। कोड्कुको जल सतह बढ्दो क्रममा रहेकाले नदी तटिय क्षेत्रमा बाढीको जोखिममा छन्। कोड्कुको तटीय क्षेत्रमा दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। त्यस्तै काठमाडौंको विष्णुमती नदीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ।  विष्णुमती नदीको जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। दक्षिणी ललितपुरमा पछिल्लो एक घन्टामा २९.८ मिलिमिटर वर्षा भएको छ। भक्तपुरको ताथलीमा १२.४, नैकापमा ९.२ मिलिमिटर वर्षा मापन भएको छ।...
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
समाचार, समाज

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

नेपालअखबार, ढोरपाटन (बागलुङ) । अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी जानकारी दिए । करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको उनले बताए । अहिले वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने जनाउँदै वर्षा रोकिएपछि खुलाउने प्रनाउ यादवले बताए । सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ । पहिरोले सडक नै भासिएको छ । गत साता पनि अवरुद्ध भएको सडक सोमबार दिउँसो सञ्चालनमा आएकोमा गए रातिको वर्षाले पुनः अवरुद्ध भएको हो ।  ...
तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
समाचार, समाज

तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

नेपालअखबार, बाँके । होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय सोहनलाल यादवले बताए । उनका अनुसार, राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुङ्गा चढेर नदीपारि जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ । “नदी तर्न पक्की पुल सिधनियाघाट पुग्न धेरै टाढा पर्छ, यता झोलुङ्गे पुल छैन, त्यसैले डुङ्गा चढ्नुको विकल्प छैन”, र...
सुनसरीको श्रीलंका टापुमा पानी नपर्दा रोपोमै सुक्न थाल्यो धान
कृषि, समाचार, समाज

सुनसरीको श्रीलंका टापुमा पानी नपर्दा रोपोमै सुक्न थाल्यो धान

नेपालअखबार, धरान । सुनसरीको बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ । आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चिलैया र गरैया क्षेत्रका किसानका धानबाली रोपोमै सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशीले बताए। उनले भने, ‘केही दिनदेखि पानी राम्रोसँग पर्न सकेको छैन पानी पर्ने आशामा बसेका किसानको धान रोपोमै सुक्न थालेको हो ।’ गाँज लाग्ने बेलामा पानी नपरेको किसानहरुको भनाइ छ । विद्युत सबै ठाउँमा नपुग्दा पम्पसेटबाट पानी लगाउनसमेत नसकिएको उनीहरु बताउँछन् । छ वर्ष अघिसम्म श्रीलङ्का टप्पुका किसानले धान खेती गर्दैन थिए । चन्द्रवंशीका अनुसार स्थानीय किसानले एक वर्षका लागि धान खरिद गरेर जोहो गर्नुपथ्यो। बिजुली बत्ती आएपछि मोटरबाट पानी तानेर धानखेती गर्न थालेका थिए। तर, सबै खेतमा विद्युतको पहुँच नपुग्दा कृषक समस्यामा परेका हुन्। यहाँका ...
गजुरीमा पहिरो खस्दा माइक्रोमा क्षति
समाचार, समाज

गजुरीमा पहिरो खस्दा माइक्रोमा क्षति

नेपालअखबार, धादिङ। धादिङको गजुरीमा पहिरो खस्दा माइक्रोमा क्षति पुगेको छ । धादिङबाट काठमाडौँको लागि छुटेको विद्युतीय माइक्रोमाथि गजुरी गाउँपालिका-५ पोखरे खोला नजिक पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । महेन्द्र राजमार्ग अन्तर्गतको सडक खण्ड भएर काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ च ६५१२ नम्बरको माइक्रो सडकको माथिबाट खसेको पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । उनका अनुसार घटनाको पूर्ण विवरण प्राप्त भई नसकेको र उद्धार कार्य भइरहेको छ । पहिरोमा परेका मध्ये ४/५ जनालाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको उनले बताए ।...
कालोपत्रे गरेको तीन महिनामै भत्कियो सडक
समाचार, समाज

कालोपत्रे गरेको तीन महिनामै भत्कियो सडक

नेपालअखबार, पर्वत ।  पर्वतको जलजला गाउँपालिका–७ स्थित मिलन चोक–सल्यान–घायखेत–धारापानी सडक कालोपत्र भएको तीन महिनामै भत्किएको छ। कमसल निर्माण र भारी वर्षाका कारण कालोपत्र भएको तीन महिना नपुग्दै सडक भत्किएको जलजला गाउँपालिका–७ धाइरिङका वडाअध्यक्ष टुङ्गनाथ आचार्यले जानकारी दिए। सडक योजनाअन्तर्गत सल्यान पहिराको टाकुरामा करिब पचास मिटर कालोपत्र सडक भत्किएको उनले बताए। निर्माण व्यवसायीको लापरबाहीका कारण सडक भत्किएको उनको भनाइ छ। ‘सडक कालोपत्र भएको तीन महिना नहुँदै भत्किएको छ । यहाँ सल्ल्यान टाकुरालगायत स्थानहरूमा गरेर करिब डेढ सय मिटर कालोपत्र सडक भत्किएको छ,’ वडाध्यक्ष आचार्यले भने। उक्त सडक गत जेठमा कालोपत्र गरिएको हो। निर्माण व्यवासायीले जग खनेर टेवा पर्खाल लगाउनुपर्नेमा पुरेको माटोमाथि ग्याविन जाली भरेर त्यसमाथि कालोपत्र गर्दा जनप्रतिनिधि र स्थानीयवासीले पटक–पटक ध्यानाकर्ष गरा...
आज मौसम पूर्वानुमान भारी वर्षाको सम्भावना
समाचार, समाज

आज मौसम पूर्वानुमान भारी वर्षाको सम्भावना

नेपालअखबार, काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाएको छ। सोमबार बिहान कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा छ। साथै कोशी प्रदेश लगायत बागमती, गण्डकी र  कर्णाली  प्रदेशका  पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली  रही सबै प्रदेशका केही स्थानहरूमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। त्यस्...
बंगलादेशमा सरकार विरोधी प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
विदेश, समाचार, समाज

बंगलादेशमा सरकार विरोधी प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

नेपालअखबार, ढाका । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बंगलादेशी प्रदर्शनकारीहरूको लाठी, छुरा र बन्दुकसहित आइतबार सरकार समर्थक समर्थकहरूसँग झडप हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले एउटा बख्तरबन्द कारको छतमा नृत्य गरेका थिए । बारम्बार घातक कारबाहीका साथ अन्त्य हुने गरेका अघिल्ला महिनाको र्‍यालीहरूको विपरीत धेरै मामिलामा सैनिक र प्रहरीले प्रदर्शनकारीहरूमाथि हस्तक्षेप गरेनन् । एएफपीद्वारा प्रमाणित सामाजिक सञ्जालमा देखाइएका भिडियोअनुसार ढाकामा खचाखच भीडले घेरिएको बख्तरबन्द कारमाथि प्रदर्शनकारीहरूले बंगलादेशी झन्डा लहराएका थिए र त्यसलाई सैनिकले हेरिरहेका थिए । निजामती सेवामा आरक्षण प्रणालीविरुद्धको र्‍यालीहरूले जुलाईमा हिंसात्मक रूप लिएको थियो । उक्त प्रदर्शनमा हसिनाको १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्तिमा दुई सयभन्दा बढी व्यक्तिको मृत्यु...
ताप्लेजुङ कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी
समाचार, समाज

ताप्लेजुङ कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

नेपालअखबार, फुङ्लिङ। जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन्। करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन्। जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको  छ। कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन् भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागुऔषधका छ र सवारी दुर्घटना गराएका तीनजना कैदीबन्दी छन्। विसं १९९२ मा २५ जना कैदीबन्दी अटाउने गरी निर्माण गरिएको कारागार  तीन रोपनी क्षेत्रफलमा फैलिएको छ। यहाँ साना–ठूला ९ वटा घर छन्।  रासस...