रसियाको फिल्म फेस्टिभलको फाईनलमा नेपालको लघुचलचित्र ‘द स्कुल वाल’
नेपालअखबार,काठमाडौं । लघुचलचित्र ‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलको फाईनलमा पुगेको छ । सेप्टेम्बर १२ देखि १६ सम्म रसियाको क्रेस्टोभय ५ मा आयोजना हुने चलचित्र महोत्सवमा नेपालको अर्को लघुचलचित्र ‘पाउलो’ पनि छनोट भएको छ । बालमनोविज्ञानमा आधारित ‘द स्कुल वाल’ यसअघि नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो ।
काठमाडौंमा भर्खरै सम्पन्न भएको काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभलमा ‘द स्कुल वाल’ छनोट भएर राष्ट्रिय सभा गृहमा प्रदर्शनसमेत भईसकेको छ । लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल...










