Saturday, August 15

समाज

‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक कृति विमोचन
राजनीति, समाज, साहित्य \कला

‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक कृति विमोचन

नेपालअखबार, काठमाडौँ। ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक कृति आजदेखि बजारमा आएको छ । लेखक परमानन्द भट्टले लेख्नुुभएको कृतिमा संघर्षको सुरुवात र सांगठनिक नेतृत्व, नेकपा (एमाले) को अःपमतको सरकार, विचार र संगठनमा सुद्धिकरणर सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र, नैतिक जिम्मेवारी बोध र पदत्याग, माधव नेपालको आवश्यकता बोध, सरकारको नेतृत्वमा रहँदा, नेकपा (एमाले) को नवौ राष्ट्रिय महाधिवेशन, संविधान निर्माण प्रक्रियाअन्तर्राष्ट्रिय सम्बन्ध, विचारधारात्मक नेतृत्व, कार्यशैली, आलोचनाका कोणहरु, पार्टी एकता, विधाजव र पुनर्गठन, बाम–लोकतान्त्रिक गठबन्धन, कम्युनिष्ट आन्दोलनका उपलब्धी र वर्तमान कार्यभार तथा छानिएका केही मन्तव्य तथा लेखरचना छन्। मंगलबार राजधानीको पर्यटनबोर्डमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा.रामवरण यादवले कृतिको विमोचन गर्दै मुलुकमा शान्ति प्रक्रिया स्था...
पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’
प्रशासन, समाचार, समाज

पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’

नेपालअखबार, पाेखरा । दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका–२५ हेम्जामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ । “महानगरको नमूना कार्यक्रमका रुपमा वडा नं.२५ बाट यो कार्यक्रम सुरु गरिएको छ । ज्येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ”, हेम्जा स्वास्थ्यचौकीका प्रमुख कुश्मराज सुवेदीले भने ।  सरकारले सूचिकृत गरेका औषधि पनि  निःशुल्क वितरण गरिने उनले बताए । समुदायमा स्वास्थ्य सचेतना र प्रवद्र्धनका कार्यक्रम सँगसँगै सञ्चालन गरिने उनले बताए । कार्यक्रमअन्तर्गत विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने, औषधि नियमित रूपमा खाएनखाएको अनुगमन गरिने छ । दुई महिनाको एकपटक बिरामीको घरमै पुगेर सेवा प्रवाह गर्ने कार्यविधि बनेको छ । आधा...
तरकारी खेती गरेर मनग्गे आम्दानी गर्दै गुल्मीका किसान
कृषि, समाचार, समाज

तरकारी खेती गरेर मनग्गे आम्दानी गर्दै गुल्मीका किसान

नेपालअखबार, गुल्मी । गुल्मीको सेउघामा ९ महिने खडेरीमा पनि तरकारी खेती गरेर मनग्गे आम्दानी गरेका छन् । रेसुंगा नगरपालिका–४, सेउघाका झवी पाण्डे र चुरा कुँवरले खडेरीको समयमा पनि तरकारी खेतीउत्पादन  गरेर मनग्गे आम्दानी गरेका छन् । पाण्डे र कुँवर मिलेर पछिल्लो केही वर्ष यता सेउघाको अग्लो डाँडामा २० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । भगवती कुषि फर्म दर्ता गरेर पाण्डे र कुँवरले यही सिजनमा मात्रै १० कुन्टल बन्दा, ४ कुन्टल सिमीलगायत काक्रो, बोडी, फर्सी लगायतका तरकारी उत्पादन गरेका छन् । यो सिजनमा उत्पादित तरकारीले राम्रो मूल्य पनि पाएको छ ।  कृषक झवी पाण्डे सामाजिक कार्यसँगै तम्घास बजारमा खाद्यान्न पसल पनि गर्दछन् ।  उनले व्यवसायबाटमात्रै वार्षिक २ लाख रुपैयाँभन्दा बढी कर बुझाउने गरेको बताउँछन् । खाली समय सदुपयोग गरेर काम गर्दा ताजा तरकारी आफैंले पनि खान पाइने बिक्री गरेर आम...
खैरो हिरोइनसहित पोखराबाट २ जना पक्राउ
प्रशासन, समाचार, समाज

खैरो हिरोइनसहित पोखराबाट २ जना पक्राउ

नेपालअखबार, पोखरा । पोखराबाट खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन् । पोखरा ३० खुदीमा लागूऔषध कारोबार भएको सूचना पाएपछि खानतलासी गर्दा खैरो हिरोइनसहित उनीहरु पक्राउ परेका हुन् । सडक किनारमा पार्किङ गरिराखेको ग११प ७७४५ नम्बरको स्कुटरबाट ०.६२ ग्राम खैरो हिरोइन बरामद भएको हो । कारोबारमा संलग्न भएको आरोपमा पोखरा ३० खुदीका २६ वर्षीय किरण पौडेल र २४ वर्षका वसन्तराज घिमिरे पक्राउ परेका छन् । उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए ।...
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
प्रशासन, समाचार, समाज

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

नेपालअखबार,काठमाडौँ । जनकपुरमा सहकारीको ८० लाख रूपैयाँ लुटेको आरोपमा दुईजना  पक्राउ परेका छन्। धनुषा प्रहरीले  धनुषाकै जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये १४ लाख ५३ हजार रूपैयाँ बरामद गरेको उनले बताए। गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख लुटिएको थियो। सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट ८० लाख रूपैयाँ रकम निकालेर लैजाँदै गरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारर भएका थिए। घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।...
विषादी प्रयोगबारे सचेत बन्दै किसान
कृषि, समाचार, समाज

विषादी प्रयोगबारे सचेत बन्दै किसान

नेपालअखबार, कैलाली । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न थालेका हुन् । विगतमा तरकारीमा कीरा लागेमा रासायनिक विषादी प्रयोग गर्ने किसान आजभोलि स्वास्थ्य, वातावरण र माटो सुरक्षाका लागि सचेत बन्न थालेका छन् । तरकारी तथा अन्नबालीमा रोग कीरा लाग्यो की बजारबाट रासायनिक विषादी ल्याएर प्रयोग गर्ने गोदावरी नगरपालिका–४ बास्कोटाकी दुर्गा मल्ल आजभोलि घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताउँछिन् । “बाली बिरुवामा विनाशकारी कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शङ्केकीरा, मुसा, चरा, अवान्छित झार तथा रोग सार्ने सूक्ष्म जीवाणु ढुसी, ब्याक्टेरिया, भाइरसलगायतको समस्या रहन्छ”, उनी भन्छिन्, “विगतमा यी प्राणीलाई नाश ...
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
समाचार, समाज

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

नेपालअखबार, चितवन । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो । ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । उनका अनुसार रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको हो । रत्ननगर-७ राउत टोलमा चार घर निर्माण गरी आइतबार चार परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताए । वडा कार्यालय र सपना भिलेजको संयुक्त लगानीमा घर निर्माण गरिएको हो । झुप्रोमा बस्दै आएका सुदमिया राउत, केसिया महतो, इतोरिया महतो र सुष्मा राउतलाई घर हस्तान्तरण गरिएको हो । वडाध्यक्ष सजना महतो र सपना भिलेजका अध्यक्ष गिरीले चार जनालाई घरको चाबी हस्तान्तरण गरे ।...
जलारीमार्फत फेवातालको जलकुम्भी निकाल्दै पोखरा महानगर
समाचार, समाज

जलारीमार्फत फेवातालको जलकुम्भी निकाल्दै पोखरा महानगर

नेपालअखबार, पोखरा । बर्खा लागेपछि फेवाताल जलकुम्भीले ढाकिन्छ । बिस्तारै वर्षा सुरु भएको छ । तालमा जलकुम्भी देखिन थालेका छन् । हरेक वर्ष पर्यटकको चिन्ता बर्खामा ताल हेर्न नपाउने हो । यो वर्ष पोखरा महानगरपालिकाले सुरुदेखि नै जलकुम्भी हटाउन जलारी समुदायका नागरिकहरूलाई जागिर दिएको छ । माथिल्लो तटीय क्षेत्रमा जलकुम्भी हटाउन ४० जनालाई रोजगारी दिइएको नगरपालिकाले जनाएको छ । सोमबारदेखि नै दैनिक ज्यालादारीमा उनीहरूलाई काममा लगाउन लागिएको हो । ‘तालमा बगेर आउने जलकुम्भीको नियन्त्रणका लागि नियमित काम गर्ने गरी पहिलो चरणमा ४० जनालाई खटाउन लागेका छौँ,’ महानगर प्रमुख धनराज आचार्यले भने, ‘यसपछि तालको संरक्षण तथा सौन्दर्यीकरण सहित स्थानीय रोजगारीसँग पनि जोडिनेछ ।’ यो वर्ष जलकुम्भीको स्रोतमा नै व्यवस्थापन गर्न लागिएको उनको भनाई छ । आइतबार महानगरले नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियान...
नदीमा डुबेर दुई बालबालिकाको मृत्यु
समाचार, समाज

नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

नेपालअखबार, कैलाली । नुहाउन भन्दै नदीमा गएका दुई बालबालिकाको मृत्यु भएको छ। कैलालीको कैलाली गाउँपालिका वडा नम्बर ८ लोहरपुर तेडी बाँध नदीमा नुहाउने क्रममा दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार दिउँसो करिब १ बजे नदीमा नुहाउने क्रममा ७ वर्षका अमिल खड्का र १३ वर्षकी दुर्गा साउदको डुबेका थिए। उनीहरूलाई उद्धार गरेर उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। साउदलाई त्यहाँबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको कैलालीका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए।...
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
समाचार, समाज

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

नेपालअखबार, बागलुङ । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन् । आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन् । भौगोलिक विकटताका कारण आलु बजारसम्म पुर्याउन पनि समस्या छ ।  उत्पादन भएको आलुलाई बजारीकरण गर्न सडक स्तरोन्नति हुनुपर्ने स्थानीयको माग छ । आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन् । दुर्गम गाउँ भए पनि रमुवामा २०६५ मा स्थानीयको लगानीमा सडक निर्माण भएको थियो । उक्त सडक हालसम्म पनि स्तरोन्नति हुनसकेको छैन । बजार क्षेत्रमा रासायनिक मल प्रयोग गरी उन्नत जातका आलुको उत्पादन हुने गरे पनि रमुवाका किसानले रैथाने जातका आलुखेतीमा प्राङ्गारिक मल प्रयोग गर्दै आएका छन् । पशुपालन र आलुखेती यहा...