Monday, August 17

समाज

पाेखरामा सर्बसाधरण नागरिक तथा पर्यटकहरुलाई दु:ख दिने अभद्र व्यवहार गर्ने ९ जना व्यक्ति पक्राउ
प्रशासन, समाचार, समाज

पाेखरामा सर्बसाधरण नागरिक तथा पर्यटकहरुलाई दु:ख दिने अभद्र व्यवहार गर्ने ९ जना व्यक्ति पक्राउ

नेपालअखबार, पाेखरा। पाेखरामा सर्बसाधरण नागरिक तथा पर्यटकहरुलाई दु:ख दिने अभद्र व्यवहार गर्ने ९ जना  व्यक्तिहरु पक्राउ छन् ।  पोखरा महानगरपालीका वडा नं.९ पृथ्वीचोक, मुस्ताङ चोक स्थितमा सर्वसाधरण महिला तथा पुरुषहरु र अन्यत्र स्थानबाट आएका पर्यटकहरुलाई जबरजस्ती सवारी साधनबाट ओरल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरु तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दु:ख हैरानी समेत दिई अभद्र व्यवहार गर्ने गरेकाे जनगुनासाे  आएपछि   जिल्ला प्रहरी कार्यालय कास्कीले ९ जना व्यक्तिहरुलाई पक्राउ गरेकाे जानकारी दिएकाे छ । पक्राउ पर्नेहरूमा पोखरा म.न.पा. वडा नं.९ बसपार्क बस्ने वर्ष ४० को रुपेन्द्र श्रेष्ठ, वर्ष ३२ को मोहन आचार्य, वर्ष ४० को नारायण अधिकारी , वर्ष ४४ को श्याम प्रसाद शर्मा, वर्ष २५ को विकास कुंवर, वर्ष २१ को बिमल ठकुरी, बस्ने वर्ष २१ को विकास श्रेष्ठ, वडा नं. १३ पाटनबेसी बस्ने ...
राष्ट्रिय बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा
समाचार, समाज, साहित्य \कला

राष्ट्रिय बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा

नेपालअखबार,काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । २ महिना अगाडीबाट देशभरबाट आएका नाटकहरु मध्ये उत्कृष्ट नाटकहरु छनौट गरी फाइनल चरणका नाटकहरु छनौट गरिएको आयोजक नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले बताए । ‘दोश्रो चरणको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । हामीले देशभर खुल्ला आब्हान गरी नाटकहरु माग गरेकोमा उत्कृष्ट ११ वटा नाटक फाइनलका लागि छनौट गरेका छौं ।’ अध्यक्ष रिमालले भने । विद्यालय स्तरबाटै बालबालिकाहरुलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको हो । मेलामा कक्षा ८ देखि माथि अध्ययनरत विद्यार्थीहरुले न...
सम्पति शुद्धिकरण निवारणमा सहकारीको सक्रियता बढ्दै
अर्थतन्त्र, समाचार, समाज

सम्पति शुद्धिकरण निवारणमा सहकारीको सक्रियता बढ्दै

नेपालअखबार,  भक्तपुर । सम्पति शुद्धिकरण निवारणका लागि सहकारी संस्थाहरुको सक्रियता बढ्दै गएको पाइएको छ । सम्पति शुद्धिकरण निवारणका लागि कानुनी प्रावधान कार्यान्वयनमा नियामक निकायले कडाई गरेसँगै यसको पालनमा संस्थाहरुले सक्रियता देखाएका हुन् । बागमती प्रदेश साकोस समिट २०८० मा ‘सहकारीमा सम्पति शुद्धिकरण निवारणः भावी जोखिम र कार्यान्वयन रणनीति’ विषयमा कार्यपत्र पेश गर्दै नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ती सापकोटाले विगतमा सहकारीबाट सम्पति शुद्धिकरण हुन्छ भन्ने आम बुझाई रहेपनि त्यसमा विस्तारै परिवर्तन हुन थालेको बताए । सम्पति शुद्धिकरण ऐन तथा नियमावली र सहकारी विभागद्धारा जारी निर्देशन पालन गर्नेतर्फ संस्थाहरुको सक्रियता बढिरहेको उनले उल्लेख गरे । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ८७७ वटा संस्थाहरु गोएमएल प्रणालीमा आवद्ध भई रिपोटिङ गरिरहेको सापकोटाले जानकारी दिए । यस्तै, गत आर्थिक वर्षमा...
६ बुँदे माग राख्दै डा. केसीले दिए सत्याग्रहको चेतावनी
समाचार, समाज

६ बुँदे माग राख्दै डा. केसीले दिए सत्याग्रहको चेतावनी

नेपालअखबार, काठमाडौं । विभिन्न ६ बुँदे माग राख्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले पुन: सत्याग्रह गर्ने चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गरी उनले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन, मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका साथै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा ६ बुँदे माग सार्वजनिक गरेका छन् । केसीले सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन माग गरेका छन् । त्यस्तै भेला हुने र प्रदर्शन गर्न पाउने संविधान प्रदत्त नागरिक अधिकार तत्काल फिर्ता गर्न पनि माग गरेका छन् । काठमाडौंको माइतीघर, नयाँ बानेश्वर, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयलगायतका क्षेत्रमा सरकारले तोकेको निषेधित क्षेत्र हटाउन...
केन्यामा २०३२ सम्म १५ अर्ब रूख रापिने
विदेश, समाचार, समाज

केन्यामा २०३२ सम्म १५ अर्ब रूख रापिने

नेपालअखबार, एजेन्सी   । केन्याकी प्रथम महिला राहेल रुटोले केन्याको राजधानी नैरोबीमा रहेको एकमात्र बन्द क्यानोपी जंगलमा ल्याण्डस्केप र इकोसिस्टम पुनःस्थापना रणनीति सुरु गर्नुभएको छ । देशव्यापी थप ५० करोड रूखहरू रोप्ने लक्ष्य राखिएको बताइएको छ । नैरोबीमा संयुक्त राष्ट्रसङ्घीय वातावरण सम्मेलन (युएनइए–६) को छैटौँ सत्रसँग मिल्दोजुल्दो यो प्रक्षेपणले सन् २०३२ सम्ममा १५ अर्ब रूख रोप्ने सरकारी प्रयासलाई पूरक बनाउने बताइएको छ । केन्याका राष्ट्रपति विलियम रुटोले सन् २०२३ मा १५ अर्ब रूख रोप्ने अभियान सुरु गरेका थिए । हरितगृह ग्यास उत्सर्जन घटाउने, ५.१ मिलियन हेक्टेयर बिग्रिएको परिदृश्य पुनःस्थापना गर्ने र ३० प्रतिशत रूखले राज्य ढाक्ने राज्यको प्रतिबद्धता रहेको छ । वृक्षारोपणलाई गति दिन सरोकारवाला सबैको कुरा सुनेर अघि बढ्ने उनको भनाइ छ ।  एजेन्सी...
उपनिर्वाचन : फागुन २८ गते मतदाता नामावली प्रकाशन हुने
प्रशासन, समाचार, समाज

उपनिर्वाचन : फागुन २८ गते मतदाता नामावली प्रकाशन हुने

नेपालअखबार, काठमाडौँ । २०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको छ। यस कार्यक्रम अन्तर्गत २०८० फागुन २८ गते आयोगको वेबसाइट (www.election.gov.np) मा मतदाता नामावली प्रकाशन गरिनेछ। उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २०८० फागुन २९ गतेदेखि २०८० चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उक्त अवधिमा अनलाइन https://applyvr.election.gov.np वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिने उनको भनाई छ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने उ...
बन्द भए उत्तरी इलामका विद्यालय, भारत जान्छन् विद्यार्थी
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

बन्द भए उत्तरी इलामका विद्यालय, भारत जान्छन् विद्यार्थी

नेपालअखबार, इलाम। सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छिन्। ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु,’ उनले भनिन्। विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन्। भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ। पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए। जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ...
आज महाराजगञ्जका केही ठाउँमा ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने
प्रविधि, समाचार, समाज

आज महाराजगञ्जका केही ठाउँमा ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने

नेपालअखबार, काठमाडौं । आज काठमाडौंको महाराजगञ्ज क्षेत्रका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि केही समय सेवा बन्द गर्न लागिएको हो । विद्युत प्राधिकरणका अनुसार आज महाराजगञ्जको मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ । यस्तै, सोही वितरण केन्द्रअन्तर्गत १७ गते गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्र, १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्र, १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा ४ घण्टाका लागि बन्द हुनेछ । २० गते एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवी, २१ गते गोल्फुटार पेट्रोलपम्प देखि बसुन्धारा र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुने...
नेवापत्रकार पुचःकास्कीको आयोजनामाआधारभूत समाचार लेखन तालिम
समाचार, समाज

नेवापत्रकार पुचःकास्कीको आयोजनामाआधारभूत समाचार लेखन तालिम

नेपालअखबार, पोखरा। नेवापत्रकार पुचःकास्कीको आयोजनातथापोखरा महानगरपालिका वडा नं. ९ को सहयोगमाआधारभुत समाचार लेखन तालीम सम्पन्नभएको छ । मंगलवार सम्पन्नतालिममा ४० जना नेवातथा गैरनेवा समुदायकाव्यक्तिहरुले सहभागिताजनाएकाथिए । तालिमको उद्घाटन सत्रलाइ सम्बोधनगर्दै प्रमुखअतिथि वडाअध्यक्ष दिपेन्द्र मर्सानीले सञ्चारकर्मीहरुलाई वडामा भएकाविभिन्न सामाजिक संघसंस्थाहरुको राम्रो काममा वडाले सदैव साथदिएको बताए । उनले वडाले गरेका राम्राकामहरुलाई प्रोत्साहनगर्न र नराम्राकामहरुको बारेमाखवरदारी गर्न समेत आग्रह गरे । तालिममावरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठ, सन्देश श्रेष्ठ तथा सन्जयमल्लले विभिन्न ३ सत्रमाविभाजन गरेर प्रशिक्षण गराएकाथिए । कार्यकममाबोल्दै नेवापत्रकार पुचःका संरक्षक संस्था नेवाखलःकास्कीकाअध्यक्षअशोक पालिखेले कास्कीमा नेवा संस्कृतिजगेर्ना गर्ने उद्धेश्यले विभिन्न नेवाखलः, नेवाकचाःखलः नेवामिसापुच...
पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार
खेलकुद, समाचार, समाज

पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार

नेपालअखबार, पोखरा । एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्तमा प्रतिभा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै प्रतिभा र अमरसिंहले फाइनल यात्रा सुरक्षित गरेका हुन् । बि–बग ईभेन्टसको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि बुधबार फाइनल खेल हुनेछ । सेमिफाइलनमा प्रतिभाले मदरल्यान्ड माविलाई र अमरसिंहले गण्डकी बोर्डिङ स्कुललाई पराजित गरेकोे हो । फाइनल खेल बुधबार विहान १० बजेदेखि सुरु हुनेछ । पहिलो सेमिफाइलनमा मदरल्यान्डलाई प्रतिभाले ६ विकेटले पराजित ग¥यो । मदरल्यान्डले दिएको ८२ रनको लक्ष्य पछ्याएको प्रतिभाले ५२ बल अगावै ४ विकेट गुमाएर पुरा ग¥यो । प्रतिभाका लागि निश्चल श्रेष्ठले सर्वाधिक २० रन बनाए । ब...