Tuesday, April 28

समाज

काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
समाचार, समाज

काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

नेपालअखबार,काठमाडौँ । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशील, महत्त्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो । मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता  विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो । मन्त्रालयका अनुसार अब काठमाडौँको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा वाइफाइ सेवा उपलब्ध हुनेछ । साथै काठमाडौँको ठूलोभर्‍याङ यातयात व्यवस्था कार्य...
पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु
धर्म/संस्कृति, समाचार, समाज

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रु पाँच करोड २० लाखको लागतमा नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनःनिर्माणको काम सुरु गरेको छ । क्षमा पूजा गरेर थालिएको पोखरीको पुनःनिर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । “हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजनाअन्तर्गत हामीले काम गरिरहेका छौँ,” पुनःनिर्माणका विषयमा वडाध्यक्ष वीरेन्द्र प्रजापती भन्नुहुन्छ, “मौलिकता र सांस्कृतिक पहिचान, पुनःनिर्माणका मुख्य आधार हुन् । विगतमा भएका कमजोरी सच्याउँदै अहिले हामी प्राचीन शैली पछ्याइरहेका छौँ । सांस्कृतिक मूर्त सम्पदाको पुनःस्थापनामा कापाको यो महत्त्वपूर्ण योजना हो ।” सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले भनिन्“कामपाको लगानीबाट सहरले प्राचीनस्वरूप प्राप्त गर्दै छ । यसबाट सबैले गर्व गर्न सक्ने संरचना तयार हुनेछ । हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजना अन्तर...
हिमपहिरोमा परेका ८ जनाको सकुशल उद्धार
समाचार, समाज

हिमपहिरोमा परेका ८ जनाको सकुशल उद्धार

नेपालअखबार, काठमाडौँ । दोलखाको यलुङ रीमा गएको हिमपहिरोमा परेका ८ जना पर्वतारोहीलाई सुरक्षाकर्मीहरूले सकुशल उद्धार गरेका छन् । सोमबार गएको हिमपहिरोका कारण ७ जनाको मृत्यु भएको थियो । दोलखाका डीएसपी  ज्ञान कुमार महतोले ८ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएकामध्ये ३ जना विदेशी र ५ जना नेपाली नागरिक छन् । सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीहरूले पर्वतारोहीको उद्धार गरेका हुन् । हिमपहिरो जाँदा बेसक्याम्पमा १५ जना थिए । यलुङ री हिमाल गौरिशंकर गाउँपालिका–९ मा पर्छ । सो हिमाल ५ हजार ६३० मिटर अग्लो छ ।...
पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस
समाचार, समाज

पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

नेपालअखबार,कास्की ।  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्बर केसीले बताए । “सहज र निर्बाध रूपले गाडी चलाउन सक्ने अवस्था अहिले छैन, ठाउँ ठाउँमा सडक भत्केको छ, कतै सडक नै भासिएको छ, कहीँ ठुल्ठूला खाल्डा परेका छन्”, उनले भने, “सवारीसाधनको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।” शीघ्र सडक मर्मत नगरे हिउँदमा धुलोको समस्या निम्तने केसीले बताए । वर्षायाम सकिए लगत्तै सडक मर्मत गर्नुपर्नेमा अझै कामको सुरसार नदेखिएको उनको भनाइ छ । गत वर्षायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी पर...
हात्ती परिचालन गरेर बाघको खोजी
समाचार, समाज

हात्ती परिचालन गरेर बाघको खोजी

नेपालअखबार,बाँके । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुबाट हुनसक्ने आक्रमणबाट त्रसित हुँदै आएका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत राप्तीसोनारी गाउँपालिका–९ स्थित गुरुवागाउँका इन्द्रबहादुर खत्रीलाई आक्रमण गर्ने वन्यजन्तुको पहिचान नहुँदा स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए । उनका अनुसार गत कात्तिक ८ गते  स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका ४० वर्षीय खत्रीको सोही सामुदायिक वनको चिल्लेपाटा भन्ने स्थानमा क्षतविक्षत अवस्थामा शव फेलापरेको थियो । तर घटना घटेको दश दिन बितिसक्दासमेत जङ्गली जनावर फेलापरेको छैन । बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका मानिसहरुमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेको थारूको भनाइ छ । आक्...
स्थानीयवासीको प्रश्न– लम्सुवाघाट पक्की  पुल १५ वर्षसम्म किन बनेन?
समाचार, समाज

स्थानीयवासीको प्रश्न– लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन?

नेपालअखबार, सङ्खुवासभा। उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब चार करोड खर्चिएपछि अलपत्र बनेको छ। विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो। पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन्। भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ। छवटा पिलरको आधार (बेस) राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो। ‘लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ,’ वडाध्यक्ष उनले भने, ‘राज्यको चार करोड खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ। हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौं। यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो। निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य ग...
१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए
समाचार, समाज

१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए

नेपालअखबार, म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ ।  नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो । मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भेटिएका जानकारी दिए । “सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए”, उनले भने, “सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा च...
यलुङ रि क्षेत्रमा हिमपहिरो जाँदा तीन जनाको मृत्यु, कम्तीमा पाँच बेपत्ता
समाचार, समाज

यलुङ रि क्षेत्रमा हिमपहिरो जाँदा तीन जनाको मृत्यु, कम्तीमा पाँच बेपत्ता

नेपालअखबार, दोलखा । दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरो जाँदा तीन जनाको मृत्यु भएको छ। डोल्मा खाङ हिमाल आरोहण गर्न गएको समूह सोमबार हिमपहिरोमा परेको हो। उक्त क्षेत्रमा सोमबार बिहान १०ः३० तिर हिमपहिरो गएको र कम्तीमा पाँच जना बेपत्ता भएको खबर आएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए। ‘यलुङ रि क्षेत्रमा हिमपहिरो आएको र हालसम्म तीन जनाको मृत्युको पुष्टि भएको छ। कम्तीमा पाँच जना बेपत्ता छन्। उक्त समूहमा केही विदेशी रहेको बुझिएको छ। थप विवरण संकलन गर्दैछौं,’ उनले भने।    ...
धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा भेटिए थप ‘रेडपाण्डा
समाचार, समाज

धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा भेटिए थप ‘रेडपाण्डा

म्याग्दी । धवलागिरि गाउँपालिकाको वडा नं -२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो । ‘एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो’, जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले उनले भने, ‘सो क्षेत्रमा छ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको हाम्रो अध्ययनबाट पुष्टि भएको छ ।’ स्थानीयवासीसहित अनुसन्धानकर्ताको टोलीले धवलागिरिको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरेनी, लुलाङ, गुर्जाखानी, गुर्जा देउराली क्षेत्रमा समेत रेडपाण्डा भए/ नभएको स्थलगत अध्ययन गरेका थिए । स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र २०८१ को मङ्सिरमा मुनाको दहपातल सामुदायिक वनको बञ...
स्वतन्त्र प्रेस विरोधी प्रावधानमा नेपाल पत्रकार महासङ्घकाे आपत्ति
समाचार, समाज

स्वतन्त्र प्रेस विरोधी प्रावधानमा नेपाल पत्रकार महासङ्घकाे आपत्ति

नेपालअखबार, काठमाडौँ । सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ मा समावेश गरी कार्यान्वयनमा ल्याएको कतिपय प्रावधान स्वतन्त्र प्रेस विरोधी देखिएको भन्दै नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निःशुल्क दर्ता र नवीकरण हुँदै आएकामा शुल्क थोपर्ने लगायतका विभिन्न ५ वटा प्रावधानप्रति महासङ्घले आपत्ति जनाएको छ । नाम र डोमेन मिलेमा, जातजाति, धर्म वा सम्प्रदायबिचको सुसम्बन्धमा खलल पुग्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल कार्य दुरुत्साहन भएमा अनलाइन सञ्चारमाध्यम दर्ता नहुने भनी राखिएको स्वेच्छाचारी प्रावधान । निःशुल्क दर्ता र नवीकरण हुँदै आएकामा शुल्क थोपर्ने प्रावधान । अनुगमन तथा निरीक्षण स्थानीय अधिकारीले पनि गर्ने भन्ने नियन्त्रणमुखी प्रावधान । दर्ता भएका अनलाइनको प्रमाणपत्र रद्द गर्न तीन वटा राष्ट्रिय दैनिक पत्रिकामा सूचना...