Tuesday, April 28

समाज

मुस्ताङमा भारी हिमपातपछि सम्पर्कविहीन भएका १५ जनालाई भेट्टायो सेनाले
समाचार, समाज

मुस्ताङमा भारी हिमपातपछि सम्पर्कविहीन भएका १५ जनालाई भेट्टायो सेनाले

नेपालअखबार,मुस्ताङ।  मुस्ताङ घुम्न गएर सम्पर्कविहीन भएका १५ जनालाई नेपाली सेनाले फेला पारेको छ। मुस्ताङको हिडन भ्यालीमा घुम्न जाँदा हिउँ परेपछि सम्पर्कबिहीन भएका तीन जना बेलायती नागरिक र १२ जना नेपालीलाई सेनाले भेट्टाएको छ। तीन दिनपछि नेपाली सेनाको टोलीले थासाङ गाउँपालिकामा रहेको हिडन भ्यालीबाट १५ जनालाई याकखर्क ल्याइरहेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। उनका अनुसार याकखर्कमा १५ जनाको टोलीको उद्धारका लागि थप मद्दत राखिएको छ। ‘१२ हजार ८०० फिट माथि टाप्सेडाँडा भन्ने ठाउँमा १५ जनाको टोली र नेपाली सेनाको टोली लिंकअप भएका छन्। उहाँहरूलाई याकखर्क भन्ने ठाउँमा ल्याउँदैछन्,’ उनले भने, ‘थप लजिस्टिकको टोली याकखर्कमा छन्।’ त्यस ठाउँमा पाँच फिटसम्मको हिउँ परेकाले घुम्न गएका पर्यटकहरूसँग सम्पर्क टुटेपछि सेनाको टोली खटिएको थियो। उनीहरूलाई तीन दिन पछि नेप...
सुर्खेतमा फरुवा प्रहार गरी छोराद्वारा आमाको हत्या
अपराध, समाचार, समाज

सुर्खेतमा फरुवा प्रहार गरी छोराद्वारा आमाको हत्या

नेपालअखबार,सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा फरुवा प्रहार गरी  छोराले आफ्नै आमाको हत्या गरेका छन् । मृत्यु हुनेमा करिब ५० वर्षीया धनिकला बस्नेत छिन् । हत्याको आरोपमा उनका छोरा कबिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाअनुसार, शुक्रबार बिहान करिब ७ बजेको समयमा भेरीगंगा नगरपालिका वडा नम्बर १२, मसिनाटोलस्थित घरमा सुतिरहेकी आमा धनिकलाको टाउकोमा कबिरामले फरुवाले प्रहार गरेका थिए । गम्भीर घाइते भएकी धनिकलालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो । बिहान ८ आठ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए । आमामाथि कुटपिट गरी हत्या गर्ने कबिरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिएको ह...
मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो
समाचार, समाज

मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

नेपालअखबार,काठमाडौं । तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु भएको छ । माथिबाट ढुंगाहरू खस्दा केही समयका लागि सवारी आवागमन अवरुद्ध भएको थियो । हाल सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएको थियो । तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेकाले सडकको अवस्था बुझेर मात्र गन्तव्यमा जान र सावधानीका साथ सवारी साधन चलाउन पनि सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।...
पहिले मजदुरी गर्थे, अहिले अरुलाई रोजगारी दिने किसान बने
कृषि, समाचार, समाज

पहिले मजदुरी गर्थे, अहिले अरुलाई रोजगारी दिने किसान बने

नेपालअखबार,कञ्चनपुर । विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने बेदकोट नगरपालिका–१ चम्फापुरका जयप्रकाश राना अहिले आफ्नै बारीमा दर्जनौँ किसानलाई रोजगारी दिनसक्ने सफल व्यावसायिक किसान भएका छन् । दुई दशकदेखि निरन्तर तरकारीखेतीमा संलग्न रानाले नर्सरीमा तरकारीका बिरुवासँगै तरकारी उत्पादन गरी बिक्री गरेर वार्षिक रूपमा रु १५ लाख बढी आम्दानी गर्दै आएका छन् । मेहनत, सीप र आत्मविश्वासको बलमा उहाँले आफ्नो जीवनमात्र होइन । गाउँको कृषि अभ्यासलाई परिवर्तन गरेका छन् । उहाँको प्रेरणाले अन्य किसान पनि व्यावसायिक तरकारीखेतीमा संलग्न भएका छन् । कडा परिश्रम, आत्मविश्वास र सीपको भरमा तरकारीखेतीलाई जीवनको प्रमुख व्यवसायमा रानाले रूपान्तरण गरे‍का छन् । उनका प्लाष्टिकको टनेलभित्रका हरिया बारी र उन्नत नर्सरीले स्थानीयलाई मात्र होइन, टाढा–टाढाका किसानलाई समेत प्रेरणा दिएको छ । सूर्योदय हुनुअघि नै तरकारी...
मोन्था चक्रवातको प्रभाव आज साँझसम्म
समाचार, समाज

मोन्था चक्रवातको प्रभाव आज साँझसम्म

नेपालअखबार,काठमाडौँ। बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ। त्यस प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। शुक्रबार साँझपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको महाशाखाले जानकारी दिएको छ। यसका साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ। महाशाखाले हाल कोशी, मधेस , बागमती,  गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ। शुक्रबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ। बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाले बताएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प...
पूर्णरुपमा बीपी राजमार्ग अवरुद्ध
समाचार, समाज

पूर्णरुपमा बीपी राजमार्ग अवरुद्ध

नेपालअखबार,काठमाडौँ। बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध छ । यसैगरी नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउन लाग्दा पुन: माथिबाट पहिरो खसेको छ । पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्ला भित्रको अ...
काटिसकेको धान भिजेपछि किसान चिन्तित
कृषि, समाचार, समाज

काटिसकेको धान भिजेपछि किसान चिन्तित

नेपालअखबार,रामेछाप । भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि यहाँका किसान चिन्तित भएका छन् ।  तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गर्दा बुधबारदेखि परेको अविरल वर्षाले धान खेतमै भिजाएको हो । मौसम प्रतिकूल हुने कुरा विभिन्न सञ्चार माध्यममार्फत थाहा भएको  भए पनि पानी पर्ने बेलासम्म भित्र्याइसक्ने आसले आफूहरूले धान काटेको मन्थली –७ का किसान सरिता ढुङ्गेलले बताइन् । धान झार्नका  लागि आफूहरूले धानको मुठा बाँध्ने काम धमाधम गर्दा पानी परेर कामै गर्न नदिई बाँधेको मुठा र नबाँधेको धान भिजेको पनि उनले बताइन् । जिल्लाको मन्थली, खिम्ती, कुनाउरी र माडिफाँट, भटौली फाँटलगायतका विभिन्न फाँटमा अहिले किसानको काटेको र मुठा बाँधेको धान भिजेको छ । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि यहाँका किसान खुसी भएका थिए, तर त्यो खुसी पुनः निराशा...
घरजग्गा कारोबारको लाइसेन्सका लागि दरखास्त आह्वान
समाचार, समाज

घरजग्गा कारोबारको लाइसेन्सका लागि दरखास्त आह्वान

नेपालअखबार,काठमाडौँ । सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ। सोहीअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स)का लागि दरखास्त आह्वान गरेको हो। विभागले असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको जनाएको छ। सोही आधारमा अब एक पटकमा तीन करोड रूपैयाँभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। निवेदनका लागि इच्छुकहरूले विभागको वेबसाइटमार्फत मालपोत नियमावली, २०३६ (आठौँ संशोधन २०८२) को अनुसूची–८ मा उल्...
मेलिसा आँधीका कारण हाइटीमा २५ जनाको मृत्यु, क्यूबा र जमैकामा ठूलो क्षति
विदेश, समाचार, समाज

मेलिसा आँधीका कारण हाइटीमा २५ जनाको मृत्यु, क्यूबा र जमैकामा ठूलो क्षति

नेपालअखबार,काठमाडौं । शक्तिशाली आँधी ‘मेलिसा’ले क्यारेबियनका विभिन्न देशमा भीषण क्षति पुर्‍याएको छ। मंगलबार जमैकामा इतिहासकै सबैभन्दा शक्तिशाली आँधीका रूपमा प्रवेश गरेको मेलिसाले हालसम्म हाइतीमा कम्तीमा २५ जनाको ज्यान लिएको छ भने क्यूबा र बहामासमा हजारौँ मानिस विस्थापित भएका छन्। मंगलबार जमैकामा २९८ किलोमिटर प्रतिघन्टाको गतिका साथ आएको मेलिसा श्रेणी-५ को आँधी थियो। यसले देशका विभिन्न क्षेत्रमा ठूलो विनाश गर्दै लाखौँ मानिसलाई प्रभावित बनाएको छ। राजधानी किङ्स्टनमा क्षति तुलनात्मक रूपमा कम भए पनि करिब ७७ प्रतिशत क्षेत्र बिजुलीविहीन बनेको अधिकारीहरूले जनाएका छन्। स्थानीय अधिकारीका अनुसार कृषि केन्द्र सेंट एलिजाबेथ क्षेत्रमा बाढीले चार जनाको मृत्यु भएको छ। जमैकाका प्रधानमन्त्री एन्ड्र्यु होलनेसले क्षतिग्रस्त अस्पताल र बस्तीहरू अवलोकन गर्दै सरकारका राहत केन्द्रहरू खुला राखिने बताएका ...
दिल्लीमा क्लाउड सिडिङपछि पनि परेन पानी, वायु प्रदूषण उस्तै
विदेश, समाचार, समाज

दिल्लीमा क्लाउड सिडिङपछि पनि परेन पानी, वायु प्रदूषण उस्तै

नेपालअखबार, काठमाडौं । भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउन गरिएको क्लाउड सिडिङ असफल भएको छ । वायु प्रदूषण हटाउन भन्दै दिल्ली सरकारले राज्यका विभिन्न क्षेत्रमा कृत्रिम वर्षा गराउन क्लाउड सिडिङ गरिएको जनाएको थियो । तर, क्लाउड सिडिङ गरिएपनि वर्षा नभएको र वायु प्रदुषण उस्तै रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छन् । डी डब्लू हिन्दीका अनुसार राजधानी दिल्लीका अधिकांश क्षेत्रमा बुधबार बिहान पनि हावाको गुणस्तर स्तर निकै खराब दर्ज गरिएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले बुधबार बिहान ७ बजे आरके पुरम, आनन्द विहार, अशोक विहार, बवाना, अक्षरधाम र आईटीओ लगायतका क्षेत्रमा हावाको गुणस्तर इन्डेक्स (एक्यूआई) ३०० भन्दा माथि रहेको जनाएको छ, जुन निकै खराब श्रेणी हो । यस्तै इन्डिया गेट र नेहरू नगर लगायतका क्षेत्रमा पनि एक्यूआई ३०० भन्दा केही मात्रै कम थियो, जुन खराबको श्रेणीमा पर्...