Sunday, August 2

समाज

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
अपराध, समाचार, समाज

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

नेपालअखबार, सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । त्यसका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको छ । यसैबीच, लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।...
गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु
समाचार, समाज

गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं ।  भारतको उत्तरी गोवाको अर्पोरास्थित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। राजधानी पनजीबाट २५ किलोमिटरको दूरीमा रहेको बर्च बाई रोमियो लेन नाम गरेको नाइट क्लबमा मध्यरातमा भीषण आगलागी हुँदा २३ जनाको मृत्यु भएको भारतीय पत्रिका हिन्दस्तान टाइम्सले जनाएको छ। गोवाका प्रहरी प्रमुख आलोक कुमारका अनुसार ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी सुरु भएको थियो। आगलागीका कारण क्लबभित्र रहेका मानिसहरू भाग्न नपाउँदै धुवाँ र आगोको लप्कामा परेका थिए। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये अधिकांश क्लबका किचनमा काम गर्ने कर्मचारी रहेको जानकारी दिएका छन्। मृतकमध्ये तीनजना महिला रहेका छन् भने तीन–चार जना पर्यटक पनि रहेको उनले बताएका छन्। मुख्यमन्त्री सावन्तका अनुसार २३ मृतकमध्ये तीन जनाको जलेर मृत्यु भएको हो भने बाँकीको मृत्यु निसास्सिएर भएको हो। प्रारम्भिक अनुस...
१९ दिनमा करिब ३७ लाख रूपैयाँ बराबरका भन्सार छलिका सामान बरामद
समाचार, समाज

१९ दिनमा करिब ३७ लाख रूपैयाँ बराबरका भन्सार छलिका सामान बरामद

नेपालअखबार,बाँके। बाँके प्रहरीले पछिल्ला १९ दिनको अवधिमा करिब ३७ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामग्री बरामद गरेको छ। भन्सार कार्यालयसँगै प्रहरीले हाल ठूलो पसल र गोदामहरूमा समेत छापा तीव्र पारेपछि विभिन्न स्थानबाट ठूलो परिमाणमा सामान बरामद भएको हो। मंसिर १९ गते नेपालगन्ज–१ गुलरिया बसपार्क नजिक मुबारक अहमद कडरियाको पसलबाट करिब ३३ हजार ९ सय किलो (१,१३० बोरा) मटर दाल जफत गरिएको प्रहरीले जनाएको छ। हालको बजार मूल्यअनुसार दालको मूल्य २० लाख ३४ हजार रुपैयाँ बराबर पर्ने प्रहरी निरीक्षक रमेश विष्टले बताए। बरामद दालसहित मुस्कान ट्रेडर्सका सञ्चालक कडरियालाई पक्राउ गरी भन्सार कार्यालयमा बुझाइएको छ। यसअघि मंसिर १७ गते च्याउ, चिनी र चामलसहित एक लाख ७० हजारभन्दा बढी मूल्यका सामग्री बरामद गरिएको थियो। मंसिर १४ गते बुलबुलियामा कजिम कबडियाबाट अवैध रूपमा ल्याइएको २७ हजार रुपैयाँ बराबरको त्रिपाल र अन...
दाङको लमहीमा गोली चल्यो
समाचार, समाज

दाङको लमहीमा गोली चल्यो

नेपालअखबार, बुटवल । दाङको लमहीमा गोली चलेको छ । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान  छ । सो क्रममा पसल सञ्चालक १८ वर्षिय दिपक सुनार घाइते भएका छन् । अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेले जानकारी दिएका छन् ।...
कान्ति लोकमार्ग मर्मतका लागि आजदेखि ६० दिनसम्म दिउँसो बन्द हुने
समाचार, समाज

कान्ति लोकमार्ग मर्मतका लागि आजदेखि ६० दिनसम्म दिउँसो बन्द हुने

नेपालअखबार,काठमाडौँ । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति लोकमार्ग बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ। आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने जनाएको छ। सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा गराउन आग्रह गरिएको छ ।...
माथिल्लो मुस्ताङको जनजीवन प्रभावित, माइनस १५ डिग्री सेल्सियससम्म झर्छ तापक्रम
समाचार, समाज

माथिल्लो मुस्ताङको जनजीवन प्रभावित, माइनस १५ डिग्री सेल्सियससम्म झर्छ तापक्रम

नेपालअखबार, मुस्ताङ। अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ। दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्ठकर बन्न थालेको छ। माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिए। वडाध्यक्ष गुरुङका अनुसार अत्यधिक चिसोका कारण सिँचाइ कुलो, घरघरका धाराको पानी, शौचालयको सेफ्टी ट्याङ्की र शाखा नदीमा हिउँ जम्ने गरेको छ। ‘धाराबाट पानी झर्न बन्द भयो, दिउँसो घाम लाग्दा कुलोको पानी तताएर खानुपर्ने अवस्था छ। घाम नलागेको अवस्थामा सिँचाइ कुलोको पानी ग्यास वा आगोमा तताएर खानुपर्छ,’ वडाध्यक्ष गुरुङले भने। वडाध्यक्ष गुरुङले छोसेरमा खानेपानीका तीन ट्याङकी एकसा...
फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
समाचार, समाज

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

नेपालअखबार,म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज निर्माण गर्ने योजना अन्यौलमा परेको छ । फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथी मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेपनि कार्यान्वयनमा अन्यौल भएको हो । म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले संघीय सरकारले बेलिब्रिज उपलब्ध गराउन ढिलाइ गर्दा बेलिब्रिज बनाउने योजना अन्यौलमा परेको बताए । “प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई वर्षअघि सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयलाई ५५ मिटर लामो जगेडा बेलब्रिज मागेको थियो”, उनले भने, “सङ्घीय सरकारले बेलिब्र...
पूर्वी नवलपरासीको वनमा ८ मृग मृत फेला
समाचार, समाज

पूर्वी नवलपरासीको वनमा ८ मृग मृत फेला

नेपालअखबार,चितवन । पूर्वी नवलपरासीको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा ८ वटा मृग मृत फेला परेका छन् । देवचुली नगरपालिका– १३ मा रहेको वनमा मृगहरु मृत फेला परेका हुन् । एकैपटक ठूलो संख्यामा मृत फेला परेपछि चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धान अगाडि बढाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार शुक्रबार मृत भेटिएका मृगहरुको पोस्टमार्टम गरी नमूना संकलन गरिएको छ । ती नमूना राट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरमा पठाउने तयारी छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने छ । ‘मृत्युको मानवीय कारण हो वा प्राकृतिक हो भनेर पत्ता लगाउन पोष्टमार्टम रिपोर्ट हेर्नुपर्छ, त्यसको लागि नमूना संकलन गरिसकेका छौं,’ निकुञ्जका सूचना अधिकारी थापामगरले भने । उनका अनुसार रिपोर्टपछि कुनै विषालु घाँस खाएर हो वा मानिसले मार्ने उद्देश्यले विष राखिदिएको हो भन्ने पत्ता लाग्नेछ । उनका अनुसार यसभन्दा ...
स्वरसम्राट् नारायणगोपालकाे ३५ औँ स्मृति दिवस आज
समाचार, समाज

स्वरसम्राट् नारायणगोपालकाे ३५ औँ स्मृति दिवस आज

नेपालअखबार,काठमाडौँ । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित भएका थिए । ‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए ! कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्...’, ‘अल्झेछ क्यारे पछ्यौरी...’, ‘ईश्वर तैँले रचेर फेरि’ उनले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन् । मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।...
एलडीसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड
समाचार, समाज

एलडीसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

नेपालअखबार,काठमाडौँ । नेपालले अल्पविकसित राष्ट्रहरू (एलडीसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ । अल्पविकसित, भूपरिवेष्टित विकासशील तथा साना टापु राष्ट्रहरूका लागि राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय र कतार कोषले दोहामा आयोजना गरेको अल्पविकसित देशहरूको दिगो विकासका लागि विश्वव्यापी साझेदारी निर्माणसम्बन्धी बैठकअन्तर्गत बिहीबार भएको उच्चस्तरीय छलफलमा एलडिसी समूह अध्यक्षका रुपमा : परराष्ट्रसचिव अमृतबहादुर राईले ती विषयमा जोड दिए । परराष्ट्र मन्त्रालयका अनुसार बैठकका क्रममा परराष्ट्रसचिवले संयुक्त राष्ट्रसङ्घको प्रविधि बैंकका प्रबन्ध निर्देशक देवदत्त महाराजलाई भेटेर अल्पविकसित मुलुकबाट विकासशील देशमा रूपान्तरण हुने नेपालको य...