Thursday, July 16

स्वास्थ्य

अब अन्तरिक्षमा हुनेछ ब्रेन ट्युमरको उपचार !
विश्व, समाचार, स्वास्थ्य

अब अन्तरिक्षमा हुनेछ ब्रेन ट्युमरको उपचार !

नेपालअखबार, एजेन्सि। बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान गर्नु हो । बेलायती अन्तरिक्ष एजेन्सीले एक विज्ञप्तिमा भनेको छ कि २६ लाख पाउण्ड बजेट रहेको सो परियोजना सन् २०२५ सम्ममा अन्तरिक्षमा लञ्च गरिनेछ । यसको नतिजालाई विश्लेषण गर्नका लागि पृथ्वीमा फर्किनु अघि ६ महिनासम्म अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा अन्तरिक्षयात्रीहरुद्वारा यसको निगरानी गरिनेछ । ब्रेन ट्युमरको उपचार कसरी ? इन्स्टिच्यूट अफ क्यान्सर रिसर्चको डी एमजी टू नामक परियोजनालाई बेलायती अन्तरिक्ष एजेन्सीले यहीँ विषयमा अनुसन्धानका लागि १२ लाख पाउण्ड आर्थिक सहयोग उपलब्ध गराएको छ । यो परियोजनाको उद्देश्य नै मिडलाइन ग्लियोमालाई कसरी फैलाउन सकिन्छ भनेर बुझ्नु हो । यो ...
नेपालमा हरेक वर्ष थपिन्छन् ६९ हजार नयाँ क्षयरोगी, करिब १७ हजारको मृत्यु
समाचार, स्वास्थ्य

नेपालमा हरेक वर्ष थपिन्छन् ६९ हजार नयाँ क्षयरोगी, करिब १७ हजारको मृत्यु

नेपालअखबार, काठमाडौं । विश्व क्षयरोग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले भक्तपुरस्थित कार्यालयमा बिहान १०ः४५ बजे विशेष समारोह आयोजना गरेको छ । सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जिवाणु पत्ता लगाएका थिए । त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चको दिनलाई विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनले यस वर्षको दिवसको मुख्य नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं !’ तय गरेको छ । यही नाराका साथ नेपालमा पनि सप्ताहव्यापी रुपमा विश्व क्षयरोग दिवस मनाउँदै आइएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. नविन प्रकाश शाहले जानकारी दिए । विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभर ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी करिब १ करोड ६ ...
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण
समाचार, समाज, स्वास्थ्य

सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण

नेपालअखबार, कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा  सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा छ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका कोरोना सङ्क्रमितको सङ्ख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो । कोरोनाको सङ्क्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ । निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको जानकारी दिए । सरकारले कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप...
निजामती अस्पतालमा जागिरको अवसर, नर्सको माग सबैभन्दा धेरै
समाचार, समाज, स्वास्थ्य

निजामती अस्पतालमा जागिरको अवसर, नर्सको माग सबैभन्दा धेरै

नेपालअखबार, काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालमा सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका विभिन्न पदमा विज्ञापन खुलेको छ । अस्पतालले खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३३० जनाका लागि लिखित परीक्षाको विज्ञापन खुलाएको हो । यसैगरी कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका लागि पनि सूचना जारी गरिएको छ । विज्ञापन खुलाइएका पदहरुमध्ये सबैभन्दा धेरै संख्या नर्सका लागि छ । निजामती अस्पतालले पदपूर्तिका लागि छुट्टाछुट्टै तीनवटा सूचना जारी गरेको छ । हेर्नुहोस् सूचना –   ...
‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित
समाचार, समाज, स्वास्थ्य

‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

नेपालअखबार, । पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन्। आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन्। नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका बारेमा छलफल बहस भएको थियो। सोह्र विषयमा कार्यपत्र प्रस्तुत गरिएको सम्मेलनमा रोगको निदान तथा उपचारमा सघाउ पुर्‍याउन चिकित्सकलाई अभिमुखीकरण गरिएको छ। फिजीसिएन चिकित्सकहरूको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)ले गरेको सम्मेलनमा सिकलसेल एनिमिया रोगको समस्या, रोगको रोकथाम तथा उपचार व्यवस्थापनका बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो। संस्थाका कोर्ष डाइरेक्ट...
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार
समाचार, स्वास्थ्य

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका भण्डारीको स्वास्थ्यमा सुधार आएको हो। भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका उनको शरीरको तापक्रम, धड्कन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए। उनको आज ड्रेसिङ गरिने भएको छ। शुक्रबारबाट ठोस खाना खान सुरू गरेका उनले राम्रोसँग बोल्न थालेको मीनप्रसादले बताए। उनलाई अहिले भेटघाट बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ। गत फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरि...
भक्तपुरको कुखुरा फार्ममा भेटियो बर्डफ्लु, ११ हजार कुखुरा र चल्ला नष्ट
समाचार, स्वास्थ्य

भक्तपुरको कुखुरा फार्ममा भेटियो बर्डफ्लु, ११ हजार कुखुरा र चल्ला नष्ट

नेपालअखबार, भक्तपुर । भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ । तीन फार्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार सो स्थानमा सञ्चालनमा रहेका चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । फार्ममा पालिएका कुखुरा धमाधम मर्न थाले पछि कुखुरामा गरिएको परीक्षणमा तीन वटै फार्मका कुखुरामा बर्डफ्लु भेखिएको पशु विभागका चिकित्सक डा श्रीजा वाग्लेले जानकारी दिइन् । कुखुरामा बर्डफ्लु भेटिएपछि आज पशु चिकित्सक वाग्ले, पशु सेवा विभागका प्...
सांसद भण्डारीको पहिलो अप्रेसन सफल, दोस्रो अप्रेसनको तयारी
समाचार, स्वास्थ्य

सांसद भण्डारीको पहिलो अप्रेसन सफल, दोस्रो अप्रेसनको तयारी

नेपालअखबार, काठमाडौँ । कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको शुक्रवार पहिलो अप्रेसन भएको छ। भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा बिहीबार साँझदेखि उपचाररत भण्डारीको शुक्रवार दुवै खुट्टाको अप्रेसन गरिएको हो ।  पहिलो अप्रेसन सफल भएको दाबी गर्दै चिकित्सकहरूले दोस्रो अप्रेसनबारे छलफल गरिरहेका छन्। बुधवार राति ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका भण्डारीको अनुहार, हात र खुट्टामा जलन भएको थियो। कांग्रेस नेता योगराज कँडेलका अनुसार नेशनल बर्न्स सेन्टरका चिकित्सक डा.सुनिल केसवानी, डा.सन्दीप मिस्त्री र डा.अमुलको परामर्श तथा निगरानीमा नेता भण्डारीको उपचार भइरहेको मुम्बईमा रहेका छ । पछिल्लो रिपोर्टअनुसार भण्डारीको पारामिटर सामान्य छ।...
कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै
समाचार, स्वास्थ्य

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

नेपालअखबार ,काठमाडौँ ।  ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । उनीहरू दुवैको अहिले कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप उपचार नेपालमा सहज नहुने भएकोले दुवै जनालाई भारत लगी उपचार गर्न सिफारिस गरिएको उल्लेख गरेको छ । नेता भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमा ८७ वर्षीय  हरिकला भण्डारी को शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । विस्फोटपछि भएको आगलागीमा परेकी आमालाई बचाउने क्रममा नेता भण्डारीको शरीरमा पनि आगो लागेको थियो । राति करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो ।...
चिकित्सक संघको अध्यक्षमा कार्की निर्वाचित
समाचार, स्वास्थ्य

चिकित्सक संघको अध्यक्षमा कार्की निर्वाचित

नेपालअखबार, काठमाडाैं । नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन्। सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले बताए। उनका निकटत प्रतिद्वन्द्वी डा सन्तोष पौडेलले दुई हजार तीन यस २३ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी डा शिवजी विक्रम सिलवालले एक सय ९० मत पाएका थिए। मधेस प्रदेश उपाध्यक्षमा डा नीरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा राजन शर्मा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा प्रशान्त भट्ट निर्वाचित भएका छन्। माघ २२ गतेदेखि भएको मतगणना मंगलबार सकिएको हो। यसअघि वरिष्ठ उपाध्यक्षमा डा बद्री रिजाल, प्रदेश नम्बर १ उपाध्यक्षमा डा विपेश आचार्य, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा नन्दाकुमारी गुरुङ, कर...