शंका लागेकाे २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय
नेपाल अखबार, काठमाडाैं। यात्रा गर्नेबित्तिकै कोरोनाको शंका गरेर परीक्षण नगर्न सरकारले सबैमा आग्रह गरेको छ।
संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको ५ दिनअघि परीक्षण गराउँदा आफूमा संक्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र यस अवधिमा कोरोना संक्रमणका कुनै लक्षण देखापरे स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरे।
तर दुई सातासम्म कोरोना संक्रमणका कुनै लक्षण देखिएन भनेचाहिँ पीसीआर परीक्षण गर्न आवश्यक नहुने उनले बताए।
अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उनले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न अनुरोध गरे।
लकडाउन खुलेलगत्तै विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाडौं उपत्यक...
