Friday, July 10

हाइलाइट-समाचार

मुग्लिन–नौबिसे सडकखण्डमा २०० भन्दा बढी पहिरो : पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने
समाचार, हाइलाइट-समाचार

मुग्लिन–नौबिसे सडकखण्डमा २०० भन्दा बढी पहिरो : पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने

नेपाल अखबार, चितवन। पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उनले भने, “मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।” मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले जान...
डब्ल्यूएचओले कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई  दियो बधाइ
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

डब्ल्यूएचओले कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई दियो बधाइ

नेपाल अखबार, एजेन्सि । कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ । यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ । जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै भने, ‘यो सकारात्मक परिणाम हो । तर अझै लामो यात्रा तय गर्न बाँकी छ ।’ उनले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन् । अक्सफाेर्ड  विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेकाे खाेपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ । यद्यपि यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षण भने चलिरहेको छ । कोरोनाविरुद्ध हाल विश्वभ...
जेलमा हुँदा लिएकाे एक हजार सापटी फिर्ता नगर्दा हत्या !
समाचार, हाइलाइट-समाचार

जेलमा हुँदा लिएकाे एक हजार सापटी फिर्ता नगर्दा हत्या !

नेपाल अखबार, लहान । सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो । केही दिनअघि मात्रै लागुऔषध मुद्दामा अदालतबाट धरौटी तिरेर रिहा भएका रामको शव गत बुधबार सिरहाको मिर्चैया नगरपालिकास्थित बतहा खोला नजिकै शव फेला परेको थियो । तत्काल शवको पहिचान नभए पनि परीक्षणका लागि लहान अस्पतालमा राखिएको रामको शव रहेको शुक्रबार मात्रै पहिचान भएको थियो । गत असार २७ मा जेलमा सँगै बसेका साथीसँगै घरबाट गएका रामको शव फेला परेपछि परिवारले हत्या आशङ्का गरेपछि घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जयसवालले जान...
साउदी अरबका राजा सलमान अस्पताल भर्ना
विश्व, हाइलाइट-समाचार

साउदी अरबका राजा सलमान अस्पताल भर्ना

नेपाल अखबार, एजेन्सि। साउदी अरबका ८४ वर्षका शासक सलमान बिन अब्दुल अजिजलाई राजधानी रियादको किङ फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको छ । साउदीको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उनलाई मेडिकल चेकअपका लागि भर्ना गरिएको छ । राजा सलमान संसारको सबैभन्दा ठूलो तेल आयातकर्ता देशका शासक हुन् । उनको पित्तशैली सुन्निएका कारण जलन हुने समस्या देखिएपछि भर्ना गरिएको हो । उनको स्वास्थ्यबारे थप जानकारी दिइएको छैन । राजा बन्नुअघि सलमान साढे दुई वर्ष युवराज रहेका थिए र जून २०१२ मा डेप्युटी प्रिमियर बनेका थिए । उनी ५० वर्षसम्म रियादका गभर्नर पनि रहे । ३४ वर्षका युवराज मोहम्मद बिन सलमानलाई असल शासक मानिन्छ । युवराजले राजा सलमानको शासनमा साउदी अरबमा विभिन्न प्रकारको सुधार गरेका छन् । स्रोतः बीबीसी...
सिटभरि यात्रु, छैन सुरक्षा
समाचार, हाइलाइट-समाचार

सिटभरि यात्रु, छैन सुरक्षा

नेपाल अखबार, काठमाडौँ । उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट  गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सानिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भएपनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन । सरकारले गत असार २६ गतेदेखि नै सुरक्षा विधि अपनाएर दुई जनाको सिटमध्येमा एक सिटमा एकजना यात्रु राखेर सवारी चलाउन सकिने निर्णय गरेको थियो । शुरुका दिनमा नचलेका सार्वजनिक यातायात हाल फाट्टफुट्ट चल्न थाले पनि सरकारले कोरोनाबाट बच्न बनाएका नियम भने लागू हुन सकेको छैन । यातायात व्यवसायीले सिट क्षमताभन्दा आधामात्र यात्रु राख्न पाउने नियम पालना नगर्दा दूरी कायम हुन नसक्ने देखिएको यात्रु मङ्गले तामाङले गुनासो गरे । “बौद्धबाट डिल्लीबजारका लागि आज यात्रा गर्दा बा३ख १९२२ नं सार्वजनिक यातायातमा अगाडिका सबै सिटमा यात्रु बसेका थिए, जानैपर...
कोरोनाका कारण विश्वभर एक करोड ४२ लाखभन्दा बढी संक्रमित, मृतकको संख्या ६ लाख नाघ्यो
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाका कारण विश्वभर एक करोड ४२ लाखभन्दा बढी संक्रमित, मृतकको संख्या ६ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या छ लाख नाघेको छ। अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबारसम्म विश्वभरी कुल मृतकको सङ्ख्या छ लाख ५२३ पुगेको छ। त्यसैगरी विश्वभरी कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या एक करोड ४२ लाख ३३ हजार ३५५ रहेको छ। मृतकमध्ये दुई लाख पाँच हजार ६५ जना युरोपेली मुलुकका रहेका छन्। युरोपेली देशहरु कोरोना भाइरसबाट धेरै प्रभावित भएका देशहरुमा पर्दछन्। त्यसैगरी दोस्रो धेरै प्रभावित क्षेत्र ल्याटिन अमेरिका हो। त्यस क्षेत्रमा पनि कोरोनाका कारण अहिलेसम्म एक लाख ६० हजार ७२६ जनाको मृत्यु भएको छ। देशअनुसार हेर्दा सवैभन्दा धेरै मानवीय क्षति अमेरिकामा भएको छ। पछिल्लो विवरण अनुसार अमेरिकामा मात्रै एक लाख ४० हजार १०३ जनाको मृत्यु भएको छ। त्यसैगरी दोस्रो धेरै मानवीय क्षति ब्यहोरेको ब्राजिलमा ७८ हजार ७७२...
सुनसरीमा तस्कर समूह र प्रहरीबीच गोली हानाहान
समाचार, हाइलाइट-समाचार

सुनसरीमा तस्कर समूह र प्रहरीबीच गोली हानाहान

नेपाल अखबार, सुनसरी। सुनसरीको भारतीय सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ। प्रहरीको गोली लागेर दुई जना तस्कर घाइते भएका छन्। उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते हुनेमा देवानगन्ज-२ का राजेश यादव र ३ का पिन्टु यादव रहेका सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। घाइते दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको छ। भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको एससी थापाले जानकारी दिए। हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि गोली प्रहार...
‘भारतमा मार्चसम्म ६ करोड बढीमा संक्रमण देखिने जोखिम’
विदेश, स्वास्थ्य, हाइलाइट-समाचार

‘भारतमा मार्चसम्म ६ करोड बढीमा संक्रमण देखिने जोखिम’

नेपाल अखबार , एजेन्सि। भारतमा कोभिड–१९ संक्रमणलाई लिएर भारतीय विज्ञान संस्थान (आईआईएससी) ले एक अनुमान लगाएको छ । यसअनुसार कोरोना नियन्त्रणको स्थिति अति राम्रो रहेको अवस्थामा पनि मार्च २०२१ सम्म संक्रमितको संख्या ३७ लाख ४ हजारसम्म पुग्ने सक्ने जोखिम छ । सबैभन्दा खराब अवस्थामा यस दौरान मार्चसम्म ६ करोड १८ लाख मानिस संक्रमित हुनेछन् । आईआईएससी मोडल संक्रामक रोगको गणितीय नमूनामा एक संकेत हो र यो देशको कोभिड–१९ तथ्याङ्क र यस वर्ष २३ मार्चदेखि १८ जुनबीच देखिएको कोरोना संक्रमणका घटनामा आधारित छ । यद्यपी, अहिले भारतमा कोभिड–१९ को अवस्था नियाल्दा यो अनुमान भविष्यमा फरक हुने सम्भावना पनि छ । यस मोडलको सबैभन्दा खराब परिदृश्य प्रक्षेपण मार्च २०२१ को अन्त्यसम्म पनि भारतमा कोभिड–१९ को संक्रमण चरममा नपुग्ने सम्भावना हो । अर्कातर्फ, राम्रो परिदृश्य भारतमा सेप्टेम्बरको दोस्रो साता या अक्टुबरसम्म कोभिड–१९ च...
कर्णालीका एक डाक्टरले तिरिदिए किसानको डेढ लाख ऋण
समाचार, हाइलाइट-समाचार

कर्णालीका एक डाक्टरले तिरिदिए किसानको डेढ लाख ऋण

नेपाल अखबार, सुर्खेत । कर्णाली प्रदेशका एक डाक्टरले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका छन् । प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका हुन् । कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला फ्रन्टलाइनमा रहेर काम गरेका डा. केसीलाई प्रदेश सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराएको थियो । छिमेकी किसानले भैंसी किन्दा लागेको ऋण तिर्न नसकेर समस्यामा परेको थाहा पाएपछि सोही रकमले तिरिदिएको डा. केसीले बताए । वीरेन्द्रनगर–१, सुर्खेत निवासी डा. केसी भन्छन्, ‘कर्णाली दुर्गम वा सुगम होइन, मेरो घर हो । त्यसैले भत्ता आफ्नालागि खर्च गर्नुभन्दा समस्यामा परेका विपन्न किसानका लागि खर्च गर्न उपयुक्त ठानेँ ।’ किसान कृष्णबहादुर खत्रीले दूध बेचेर ऋण तिर्ने सोचले भैंसी किनेको तर त्यसअनुसार आम्दानी नभएकाले समस्यामा परेको सुनाए । ‘भैंसी किन्दा ७० हजार ऋण ल्याएको थिएँ, बढेर ...
पूर्वप्रधानमन्त्री नेपालको समन्वयमा रौतहटका सुरक्षा निकाय तथा स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान
समाचार, हाइलाइट-समाचार

पूर्वप्रधानमन्त्री नेपालको समन्वयमा रौतहटका सुरक्षा निकाय तथा स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान

नेपाल अखबार, रौतहट ।  पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको समन्वयमा रौतहटका सुरक्षा निकाय तथा स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ। बुधबार गौरमा सामाग्रीहरु संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले हस्तान्तरण गरेका थिए । रौतहटमा कोरोनाका कारण बढी जोखिममा रहेकाले वरिष्ठ नेता नेपालको समन्वयमा अमेरीका बस्ने नेपालीहरुको सहयोगमा सामाग्री सहयोग गरिएको सभापति खड्काले बताए । गौरमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई ५ लिटर सेनिटाइजर, २ सय थान केएन ९५ मास्क र सर्जिकल मास्क १ हजार थान यस्तै राजपुर, इशनाथ, गौर, परोहा नपाका प्रत्येक वडालाई एक सय केएन ९५ माक्स, सेनीटाइजर ५ लिटर र सर्जीकल मास्क एक हजार हस्तान्तरण गरिएको पूर्वसांसद राम कुमार भट्टराईले जानकारी दिए । यस्तै रौतहट काठमाडाैं सम्पर्क मन्चको सहयोगमा नेपाल प्रहरीलाई पानी र बाढीमा...