Friday, July 10

हाइलाइट-समाचार

यस्ता छन् मन्त्रिपरिषदका ११ निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

यस्ता छन् मन्त्रिपरिषदका ११ निर्णय

सरकारले नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७६ स्वीकृत गर्ने निर्णय गरेकाे छ। यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे। मन्त्रिपरिषदका प्रवक्ता एवं अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले नियमित पत्रकार सम्मेलन मार्फत बिहीबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजिनक गरेका छन्। यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु१. आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्त:शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने। २.  Department of Food Technology and Quality Control (DFTQC), Nepal र Bangladesh Standards and Testing Institution (BSTI), Bangladesh बीच हुने समझदारी पत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गर्ने। Tradi...
'कोरोनाबाट नआत्तिऔँ : सजगता अपना‌औँ, त्रसित नबनौँ’
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

'कोरोनाबाट नआत्तिऔँ : सजगता अपना‌औँ, त्रसित नबनौँ’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेलाई आजभोलि फोन उठाउन भ्याई नभ्याई भएको छ । धेरैको प्रश्‍न ‘मलाई रुघा लागेको छ, कतै कोरोना त होइन ?’ भन्ने हुन्छ । हालसम्म विश्‍वभर कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ९४ हजार २ सय ३९ पुगेको छ । कोराना लागेर पनि ठीक हुनेको संख्या ५१ हजार १ सय ८८ पुगेको छ । कोरोनाको कारण अहिलेसम्म ३ हजार २ सय १९ जनाको ज्यान गएको छ । कोरोना लागेकामध्येबाट ३ प्रतिशतको ज्यान गएको छ भने ५४ प्रतिशत व्यक्ति कोरोना लागे पनि अहिले ठीक भइसकेका छन् । नेपाललाई विश्‍व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको उच्च जोखिममा राखेसँगै त्रास बढी देखिएको डा. पाण्डे बताउँछन् । विश्‍व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेपछि सरकारले सजगता बढाएको समेत छ । अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरू स्थगित गरेको छ । सरकारले ...
दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट काठमाण्डौ लगियो (फोटो सहित)
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट काठमाण्डौ लगियो (फोटो सहित)

गाेरखा । आरुघाट गाउँपालिकाको मान्बु गाउँ नजिकै धोर्चेत जंगलमा भएको जीप दुर्घटनामा परेर घाइते भएकी धार्चे गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङ सहित ७ जनालाई हेलिकोप्टर मार्फत काठमाण्डौ लगिएको छ । बुधबार राती दुर्घटनामा परेका उनिहरुलाई बिहिबार बिहान करिब ९ः३० बजे सेनाको हेकिोप्टर मार्फत काठमाण्डौको नर्भिक अस्पताल लगिएको घटना स्थलमा रहेका नेपाल रेडक्रश सोसाइटी गोरखाका सभापति भगवानबाबु मास्केले सिभिलखबरलाई जानकारी दिएका छन् । दुर्घटनामा परी धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको भने घटनास्थलमै ज्यान गएको बताइएको छ । उनि लमजुङका स्थायी बासिन्दा हुन । घाइते हुनेमा उपप्रमुख गुरुङ सहित, चालक बालचन्द्र गुरुङ, निसा गुरुङ, धनबहादुर गुरुङ, केयरसिं गुरुङ, सुरज नेपाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिए । काशीगाउँमा धार्चे गाउँपालिकाले बिहिबार राखेको ...
गोरखा–तनहुँ जोड्ने निर्माणाधिन पुल भत्कियो, यस्तो छ कारण
अर्थ, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

गोरखा–तनहुँ जोड्ने निर्माणाधिन पुल भत्कियो, यस्तो छ कारण

गोरखा । गोरखाको पालुङटार र तनहुँको तुरतुरे जोड्ने निर्माणाधिन पुल भत्किएको छ । ढलानको तयारीका लागि निर्माण गर्दै गरेको फर्मामा लगाइएको टेका मंगलबार बेलुका करिब साडे ५ बजे एक्कासी भाँचिएको थियो । मस्र्याङ्दी नदीमाथी बन्दै गरेको सो पुलको फलामे फर्मा भत्किदा काम गर्दै गरेका तिन जना कामदार घाइते समेत भएका छन् । ठेकेदारकाे चरम लापरवाही भयाे : स्थानीय ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल भत्किएको स्थानीयले आरोप लगाएका छन् । ‘हिजो बेलुकातिर म तुरतुरे जादा बाइक रोकेर पुलको मुखमा सेल्फी खिचेको गएको हो, फर्किदा त पुल पुरै लडिसकेछ’ पालुङटारका दिपेन्द्र गिरीले भने ‘ठेकेदारको चरम लापरवाहीका कारण घटना भएको हुन सक्छ, पुलको काममा त इन्जिनियरको निगरानी चाहियो नि, कामदारलाई जिम्मा लगाएर हुन्छ ?’ उनले प्रश्न गरे । २०७२ साल असारमा सम्झौता भई गौरी पार्वती निर्माण सेवाले सो पुल निर्माण गरिरहेको छ । ३ ...
गोरखाको मान्बु दुर्घटना अपडेट : वडा सचिवको मृत्यु, घाइते हेलिकप्टरको पर्खाइमा
प्रदेश ४, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

गोरखाको मान्बु दुर्घटना अपडेट : वडा सचिवको मृत्यु, घाइते हेलिकप्टरको पर्खाइमा

गोरखा । बुधबार राती आरुघाट गाउँपालिकाको मान्बु गाउँ नजिकै धोर्चेत जंगलमा भएको बोलेरो दुर्घटनामा वडा सचिव किरण रिमालको ज्यान गएको छ । उनि लमजुङ घर भई हाल धार्चे गाउउँपालिका ६ मा कार्यरत थिए । त्यस्तै दुर्घटनामा धार्चे गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङ सहित ७ जना घाइते भएका छन् । उनिहरुलाई हाल हेलिकोप्टर मार्फत उद्दारको तयारीमा रहेको गोरखा सदरमुकामबाट राती नै घटनास्थल पुगेका नेपाल रेडक्रश सोसाइटी गोरखाका सभापति भगवानबाबु मास्केले सिभिलखबरलाई जानकारी दिए । घाइते हुनेमा उपप्रमुख गुरुङ सहित, चालक बालचन्द्र गुरुङ, निसा गुरुङ, धनबहादुर गुरुङ, केयरसिं गुरुङ, सुरज नेपाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिए । काशीगाउँमा धार्चे गाउँपालिकाले बिहिबार राखेको कार्यक्रममा सहभागी हुन उपाध्यक्ष र कर्मचारीको सहितको टोली जादै गर्दा राती करिब १० बजे बोलेरो दुर्घ...
धार्चे गाउँपालिकाका उपप्रमुख फुलमाया गुरुङ सहित चढेको बोलेरो दुर्घटना
प्रदेश ४, समाचार, हाइलाइट-समाचार

धार्चे गाउँपालिकाका उपप्रमुख फुलमाया गुरुङ सहित चढेको बोलेरो दुर्घटना

गोरखा । धार्चे गाउँपालिकाका उपप्रमुख फुलमाया गुरुङ चढेको बोलेरो दुर्घटनामा परेको खबर छ । बुधबार राती आरुघाट गाउँपालिका वडा नम्बर २ को घोरतकाे जंगलमा उपप्रमुख गुरुङ सहित चढेको बोलेरो दुर्घटनामा परेको स्थानीयले बताएका छन् । बाेलरोमा उनि सहित ८ जना सवार रहेकाे अपुष्ट समाचार सिभिलखबरलाइ प्राप्त भएकाे छ । दुर्घटनामा परेका मध्ये ४ जनाको अवस्था सामान्य रहेको बताइएपनि अन्यको अवस्थाका बारेमा भने खुल्न सकेको छैन । जंगलमा बोलेरो दुर्घटना परेको जानकारी पाएपछि मान्बु गाउँका स्थानीय उद्दारमा खटिएका थिए । रातीको समय भएकाले उद्दारमा समेत समस्या भएको स्थानीय एक शिक्षकले बताएका छन् । दुर्घटनामा के कति क्षती भयो भन्ने बारे भने विस्तृत विवरण आउन बाँकी छ । उपप्रमुख गुरुङ भने सकुशल रहेको अपुष्ट खबर छ । उनिहरु काशीगाउँमा बुधबार दिउँसाे भएकाे एक कार्यक्रममा गएर फर्कदै गर्दा दुर्घटनामा परेको बताइए...
बलात्कार प्रयासको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ
प्रदेश ६, राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

बलात्कार प्रयासको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ

नेपाल कम्युनिस्ट पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका अक्कल रावल बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) आरोपमा पक्राउ परेका छन् । फागुन १५ गते एक महिलाले दायर गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले रावललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले खबरहबलाई जानकारी दिए । एसपी गिरीका अनुसार जिल्ला अदालत कैलालीले फागुन १५ गते नै रावललाई पक्राउ गर्न अनुमति दिएको थियो । बुधबार प्रदेश सभा बैठकमा सहभागी हुन धनगढी आएको अवस्थामा रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले रावल पक्राउ गरेको विषयमा सुदूरपश्चिम प्रदेश सभा र प्रदेश सभा अध्यक्ष (सभामुख)लाई समेत जानकारी गराइएको जनाएको छ । रावल अछामको क्षेत्र नम्बर २ को प्रदेशसभा (क)बाट प्रत्यक्षतर्फ प्रदेशसभामा निर्वाचित भएका थिए । उनी तत्कालीन नेकपा माओवादी केन्द...
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण जटिल थियो, सफल भयो : डा. ज्ञवाली
राजनीति, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण जटिल थियो, सफल भयो : डा. ज्ञवाली

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार प्रधानमन्त्री ओलीको दोस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न भएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्। प्रत्यारोपणमा संलग्न रहेका प्रा. डा. प्रेम ज्ञवालीले प्रधानमन्त्री ओलीको सफतालपूर्ण मिर्गौला प्रत्यारोपण सम्पन्न भएको बताए। ‘१०ः०५ बजे सुरु गरिएको थियो, २ः४५ मा सकियो’, ज्ञवालीले भने, ‘प्रत्यारोपण सफल भयो।’ उनले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण जटिल खालको भए पनि सफल भएको बताए। ‘मिर्गौला प्रत्यारोपण गरेको १५ मिनेटमा पिसाब लाग्नुपर्ने थियो, उहाँलाई लाग्यो’, प्राडा ज्ञवालीले भने, ‘जटिल खालको थियो तर सफल भयो।’ उनले प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न थालेको बताए। प्रत्यारोपाण सम्पन्न भए पनि अहिलेसम्म प्रधानमन्त्रीलाई होसमा भने नल्याइएको उनले जान...
गोरखाको धार्चे गाउँपालिकाले बनायो सार्वजानिक स्थलमा चार्जिङ स्टेशन
पर्यटन, प्रदेश ४, प्रविधि, समाचार, हाइलाइट-समाचार

गोरखाको धार्चे गाउँपालिकाले बनायो सार्वजानिक स्थलमा चार्जिङ स्टेशन

गोरखा । धार्चे गाउँपालिकाले सार्वजानिक स्थलमा चार्जिङ स्टेशन स्थापना गरेको छ । हालसम्म केन्द्रिय विद्युत प्रशारण लाइन नपुगेको धार्चेमा पहिलो पटक दुई स्थानमा सार्वजानिक चार्जिङ स्टेशन निर्माण गरिएको हो । पहिलो चरणमा गाउँपालिकाको केन्द्र माछीखोला र लाप्राकको गुप्सीपाखामा स्टेशन बनाइएको अध्यक्ष सन्तोष गुरुङले बताए । ‘यो पहिलो प्रयोग हो, अहिले २ ठाउँ लाप्राक र माछीखोलामा राखेमा छौ’ उनले भने ‘अहिलेसम्म लाइन नपुेको ठाउँमा यो इफेक्टिभ हुन्छ भन्ने हाम्रो बिश्वास हो, यो प्रभावकारी भयो भने अरु ठाउँमा पनि विस्तार गर्छौ ।’ सोलार मार्फत सञ्चालन हुने स्टेशनमा एक पटकमा १२ वटा मोबाइल, क्यामेरा लगायतका विद्युतिय सामाग्री चार्ज गर्न सकिने गाउँपालिका अध्यक्ष गुरुङले बताए । हालसम्म सोलार, टुकी, मैनबत्ती लगायतको भरमा चलेको धार्चेमा सार्वजानिक चार्जिङ स्टेशनले स्थानीयलाई राहत मिल्ने उनको विश्वास छ । ...
मिर्गाैला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओलीको अप्रेसन जारी
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

मिर्गाैला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओलीको अप्रेसन जारी

दाेस्राेपटक मिर्गाैला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले अप्रेसन (शल्यक्रिया) भइरहेको छ। काठमाडौंकाे महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा बुधबार बिहान १० बजेपछि उनको शल्यक्रिया सुरु गरिएको हो। अस्पतालका निर्देशक डा‍. प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएकाे जानकारी दिएका हुन्। ‘अप्रेसनका लागि प्रधानमन्त्रीज्यूलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगेर काम थालिएको छ,’ अस्पताल परिसरमा पत्रकाहरूलाई जानकारी दिँदै निर्देशक खड्काले भने, ‘उहाँलाई मिर्गाैला दान गर्ने समीक्षा संग्रौलालाई यसअघि नै शल्यक्रिया कक्ष लगिसकिएको छ।’ १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो। शल्यक्रिया सकिन करिब ५ घण्टा लाग्ने शल्यक्रियामा संलग्न चिकित...