Friday, July 10

हाइलाइट-समाचार

कोरोनाभाइरसको संकेत देखिए के गर्ने ?
विचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाभाइरसको संकेत देखिए के गर्ने ?

चीनको हुपेइ प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरमा कोरोनाभाइरस ‘कोभिद–१९’ को संक्रमण पहिलोपटक देखिएको थियो। सोमबारसम्म कोरोनाभाइरस ‘कोभिद–१९’ का कारण विश्वभर मृतकको संख्या ३ हजारभन्दा बढी पुगेको छ। तथ्यांकअनुसार विश्वभर मृतकको संख्या ३ हजार ४८ पुगेको छ। यस्तै संक्रमितको संख्या ८९ हजार ३ पुगेको छ। चीनको राष्ट्रिय स्वस्थ्य आयोगका अनुसार हालसम्म कोरोनाको उपचारपछि ४४ हजार ८९९ जना स्वस्थ बनेका छन्। चीनमा मात्र कोरोनाका कारण हालसम्म ८० हजार २६ जना संक्रमित छन्। त्यहाँ मृतकको संख्या २ हजार ९१२ पुगेको छ। चीनपछि कोरोनाबाट ग्रस्त मूलुक दक्षिण कोरिया हो। त्यहाँ संक्रमितको संख्या ४ हजार २१२ पुग्दा २६ जनाको मृत्यु भइसकेको छ। यस्तै इटालीमा १६ सय ९४ जना संक्रमित छन्। त्यहाँ ३४ को मृत्यु भएको छ। इरानमा ९७८ जना संक्रमित छन् ५४ जनाको मृत्यु भइसकेको छ। कोरोना हाल विश्वका ४५ भन्दाबढी मूलुकमा...
प्रचण्डमाथि जुत्ता प्रहारबारे छानबिन गर्न समिति
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रचण्डमाथि जुत्ता प्रहारबारे छानबिन गर्न समिति

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई जुत्ता हानिएको घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा सोमबार तीन सदस्य समिति गठन भएको छ। अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा गठित समितिले पाँच दिनभित्र घटनाको अनुसन्धान गर्नेछ। समितिमा परिसरका प्रवक्ता होबिन्द्र बोगटी र इन्सपेक्टर युवराज तिम्लिसिना सदस्यका रूपमा रहेका छन्। समितिले घटनाको छानबिन र अनुसन्धान गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रतिवेदन बुझाउने छ। अनुसन्धानपछि जुत्ता प्रहार गर्ने युवकमाथि कारबाही गर्ने वा नगर्ने भन्ने प्रष्ट हुने महाशाखाका एसएसपी थापाले बताए। उनका अनुसार गल्ती भेटिए अभद्र व्यवहारसम्बन्धी सजायअनुसार कारबाही अघि बढ्नेछ। ‘कुन तरीकाले जुत्ता प्रहार गरिएको हो, षड्यन्त्रपूर्ण रहेछ भने अन्य कारबाही हुनसक्छ,’ उनले भने। उनका अनुसार प्रहरीलाई बयान दिँदै रतन तिरुवाले दाहालले वर्ग संघर्षबारे दिएको ...
मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भए प्रधानमन्त्री ओली
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भए प्रधानमन्त्री ओली

काठमाडौं । पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी सोमबार साँझ अस्पताल पुगेका हुन् र, बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्न्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् । उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।...
लागु पदार्थ खुवाएर डकैती गर्ने ४ जना पक्राउ (भिडियो सहित)
प्रदेश ३, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

लागु पदार्थ खुवाएर डकैती गर्ने ४ जना पक्राउ (भिडियो सहित)

गोरखा । गोरखाका बिभिन्न स्थानमा लागु पदार्थ सेवन गराएर धनमाल लुट्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । खाद्य तथा पिय पदार्थमा लागु औषध मिसाई गोरखा नगरपालिका ५, ६ र शहिद लखन गाउँपालिका ९ बाट गरगहना र नगद लुट्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले नवलपरासीको कावासोतीबाट पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा गोरखाको बारपाक घर भई हाल चितवनको रत्ननगर ४ बस्ने ४६ बर्षका प्रकाश गुरुङ, उदयपुर रानीबास गाउँपालिका २ सालघारीका ५३ बर्षिय अमृत राना, बाराको निजगढ ७ का ३८ बर्षिय कृष्ण बिक र सुनसरीको इटहरी ४ खनारका ४५ बर्षका प्रदिप चौधरी रहेको गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिएका छन् । उनिहरुले गत माघ २५ गते गोरखा नगरपालिका ५ को लाङ्लेपानीकी भुवानी आचार्यलाई फ्रुटीमा लागुपदार्थ मिसाई खुवाएर कानमा लगाउने सुनको रिङ, तिलहरी, कान्छी तिलहरी, मोबाइल सहित ४...
राष्ट्रिय सभागृह मै प्रचण्डमाथि जुत्ता प्रहार
राजनीति, समाचार, हाइलाइट-समाचार

राष्ट्रिय सभागृह मै प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि लक्षित गरेर जुत्ता प्रहार भएको हो । भरतमोहन स्मृति प्रतिष्ठानको आइतबार आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृहमा भाषण गरेर मञ्चबाट निस्कदै गर्दा उनीमाथि जुत्ता प्रहार भएको थियो । जुत्ता प्रचण्डलाई लागेन । जुत्ता प्रहार गर्ने व्यक्तिको पृष्ठभूमिबारे प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनको नाम खुलेको छैन। जुत्ता प्रहार गर्ने व्यक्तिलाई सिंहदरबार वृत्तमा राखिएको छ।...
गण्डकी प्रदेशकाे तयारी : किसानलाइ ब्याजमा ५० प्रतिशत अनुदान
कृषि, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

गण्डकी प्रदेशकाे तयारी : किसानलाइ ब्याजमा ५० प्रतिशत अनुदान

गोरखा । किसानले वित्तिय क्षेत्रबाट लिने ऋणको ब्याजमा अनुदान दिने तयारी सरकारले गरेको गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमि ब्यवस्था मन्त्रि लेखबहादुर थापा मगरले बताएका छन् । कृषि ज्ञान केन्द्र गोरखाको भवन उद्घाटन गर्दै मन्त्रि थापाले कृषि क्षेत्रमा लगानी बढाउन र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेशले ऋणको ब्याजमामा ५० प्रतिशत अनुदान दिने तयारी गरेको बताएका हुन् । ‘कृषि क्षेत्रमा लगानी बढाउनुस, ब्यवसायिक रुपले उत्पादन थाल्नुस, अब सरकारले ब्याजमा अनुदान दिन्छ’ उनले भने ‘यसले नितान्त किसानलाई राहत पु¥याउछ भन्ने हाम्रो विश्वास हो ।’ अनुदान लिनका लागि सरकारले गत शुक्रबार सूचना आह्वान गरेको र १ महिनाभित्र कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पतालमा निवेदन दिइसक्नुपर्ने समेत उनले जानकारी दिए । कृषि क्षेत्रमा कृयाशिल फर्म, कम्पनी, समुह, सहकारीले निवेदन दिन सक्ने समेत उनले बताए । यो बर्ष प्रदे...
सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले गरे आन्दाेलनकाे घाेषणा
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले गरे आन्दाेलनकाे घाेषणा

गाेरखा । सडक कालोपत्रे गर्न माग गर्दै सिरानचोक गाउँपालिका ६ का स्थानीयले शनिबार ३ घण्टा चक्काजाम गरेका छन् । गोरखा बारपाक सडक अन्तरगत मसानेठाँटीदेखि खहरेसम्मको खण्ड ठेक्का सम्झौता गरेको ३ बर्ष बित्दा समेत काम नभएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् । उनिहरुले शनिबारदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने गरी कार्यक्रम नै घोषणा गरेका छन् । जसका लागि कञ्चनकुमार श्रेष्ठको संयोजकत्वमा आन्दोलन समिति समेत गठन गरेका छन् । सडक अवरुद्ध गराउने कार्यक्रममा गोरखा क्षेत्र नम्बर २ ख का साँसद प्रकाशचन्द्र दवाडी समेत शनिबार नयाँसाँघु पुगेका थिए । उनिहरुले सडक कालोपत्रेको काम सुरु नहुञ्जेल आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । ‘३ बर्ष भयो सम्झौता भएको, तर अहिलेसम्म नाप्न पनि आएनन’ आन्दोलन समितिका अध्यक्ष श्रेष्ठले भने ‘अब हामी चुप लागेर बस्दैनौ, काम सुरु नहुञ्जेल आन्दोलन चलाउछौ ।’ स्थानीयले शनि...
नेपाल मेराे दाेस्राे देश : कतारी राजदुत (भिडियाे सहित)
प्रदेश ४, विदेश, समाचार, हाइलाइट-समाचार

नेपाल मेराे दाेस्राे देश : कतारी राजदुत (भिडियाे सहित)

गाेरखा । नेपालका लागि कतारका राजदुत युसूव विन मोहम्मद अल हैल नेपालमा लगानी गर्दा आत्मसन्तुष्टी मिलेको बताएका छन् । गोरखा नगरपालिका, कतार रेडकृसेन्ट र युएनडिपीको संयुक्त लगानीमा वडा नम्बर २, ४ र ६ मा बिभिन्न योजनाकाे उद्घाटन गर्न गोरखा आएका उनले कतारको विकासका लागि नेपालीहरुको योगदान महत्वपूर्ण रहेको बताउदै उनले नेपालमा कतारले लगानी गर्ने योजना बनाएको समेत सुनाए । ‘कतारपछि नेपाल मेरो दोस्रो देश हो, यहाँका युवाले हाम्रो देशमा पसिना बगाएको गुन अब हामी तिर्न चाहान्छौ’ राजदुत युसूफले भने ‘अब नेपालको विकासमा सरकारसंग सहकार्य गर्न कतार तयार छ ।’ सोही क्रममा राजदुत युसूफले वडा नम्बर २ का महिलाहरुसंग समेत छलफल गरेका छन् । छलफलका क्रममा उनले महिलाहरुलाई आत्मनिर्भर बन्ने बाटोमा लाग्न समेत आग्रह गरे । हेर्नुस भिडियाे https://www.youtube.com/watch?v=8qe6EorrEjg...
नेपालमा पनि कोरोनाको संक्रमण फैलने खतरा !
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

नेपालमा पनि कोरोनाको संक्रमण फैलने खतरा !

काठमाडौं– चीनबाट शुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा वृद्धि भइरहेको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ सय पुगेको छ । त्यस्तै विश्वभरका ८३ हजारमा संक्रमण फैलिएको छ । चीनपछि सबैभन्दा बढी संक्रमण फैलिएको दक्षिण कोरियामा २ हजार २२ जनामा संक्रमण फेला परेको सीएनएनले उल्लेख गरेको छ । अन्य देशहरुमा प्रकोपको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म एकजना मात्र संक्रमित भएको र ती व्यक्तिको पनि सफल उपचार भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ । सरकारले हालसम्म कोरोनाको आशंकामा चीनबाट स्वदेश ल्याएर क्वारेन्टाइमा राखिएका १ सय ७५ जना नेपालीसहित २ सय १७ जनामा कोरोनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिसकेको छ । सरकारले न...
पार्टीमा विवाद बढिरहेका बेला किन गए प्रचण्ड सुकुटे ?
प्रदेश ३, राजनीति, समाचार, हाइलाइट-समाचार

पार्टीमा विवाद बढिरहेका बेला किन गए प्रचण्ड सुकुटे ?

काठमाडौं– सचिवालय बैठकले गरेको निर्णयका कारण पार्टीभित्र विवाद चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सिकुटे पुगेका छन् । शुक्रबार बिहान चितवन पुगेका प्रचण्ड त्यहाँबाट हेलिकोप्टरमार्फत सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन् । प्रचण्डको निजी सचिवालयका अनुसार उनले त्यहाँ एक रात बिताउने कार्यक्रम छ । उनि आज फर्कने बताइएकाे छ । प्रचण्डले शनिबारदेखि शुरु हुने सुकुटे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम समेत छ ।...