Wednesday, July 8

हाइलाइट-समाचार

यसरी बच्न सकिन्छ कोरोना भाइरसबाट !
विचार, स्वास्थ्य, हाइलाइट-समाचार

यसरी बच्न सकिन्छ कोरोना भाइरसबाट !

चीनसहित १३ मुलुकमा कोरोना भाइरसको प्रकोप फैलिएको छ। यसबाट हालसम्म ८१ जनाको मृत्यु भएको छ। मृतकमध्ये ४ जना बाहेक सबै हुबेई प्रान्तका छन्, जहाँबाट यो भाइरस उत्पन्न भएको थियो। हालसम्म २७ सय जना यसबाट संक्रमित भएको चीनले पुष्टि गरेको छ। यद्यपि विज्ञहरुले यो संख्या करिब एक लाख हाराहारी हुनसक्ने चेतावनी दिइरहेका छन्। संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण हुन नदिन तथा संक्रमण फैलिन नदिन विभिन्न उपाय अपनाउन आग्रह गरेको छ। यो रोगको अहिलेसम्म कुनै उपचार वा खोप पत्ता लागिसकेको छैन। विश्व स्वास्थ्य संगठनले दिएका सुझाव यसप्रकार छन्ः –स्पिरिट वा तातो पानी र साबुनले नियमित हात धुनुहोस्। –हाच्छ्युँ गर्दा वा खोक्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्नुहोस् –ज्वरो र खोकी लागेका मानिससँग निकट सम्पर्क नराख्नुहोस् –ज्वरो, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए त...
सभामुख सापकोटाद्वारा नेकपा परित्याग
राजनीति, समाचार, हाइलाइट-समाचार

सभामुख सापकोटाद्वारा नेकपा परित्याग

नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले पार्टी परित्याग गरेका छन्। सभामुखको सपथ लिएपछि सापकोटाले आफू सम्बद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सम्पूर्ण जिम्मेवारी आफूले त्यागेको जानकारी गराएका छन्। ‘संघीय संसदको प्रतिनिधिसभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीमा अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको बेहोरा अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु,’ सापकोटाले विज्ञप्तिमा भनेका छन्।...
दवाव र प्रभावमा नपर्न महान्यायधीवक्ता खरेलको निर्देशन
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

दवाव र प्रभावमा नपर्न महान्यायधीवक्ता खरेलको निर्देशन

गोरखा । कार्यसम्पादनका क्रममा कसैको दवाव र प्रभावमा नपर्न नेपाल सरकारका महान्यायधीवक्ता अग्नीप्रसाद खरेलले सरकारी वकिल र कर्मचारीहरुलाई निर्देशन दिएका छन् । जिल्ला सरकारी वकीलको कार्यालय गोरखाको नवनिर्मित भवन उद्घाटन गर्दै उनले सेवा प्रवाह र कार्यसम्पादनका क्रममा सधै पिडितको पक्षमा अडिक रहेर काम गर्न निर्देशन दिएका हुन् । ‘हाम्रो कार्यालय भनेको पिडितको अड्डा हो, यहाँ आएर उनिहरुले राहतको सास फर्न पाउनुपर्छ’ खरेलले भने ‘काम गर्दा दवाव प्रभाव दुवै आउन सक्छन्, त्यसमा नपरी सधै पिडितको वकालत गर्नु ।’ मुलुकको संबिधान र कानून अनुसार भएका व्यवस्थाहरुका आधारमा स–साना मुद्दाहरुलाई आपसी छलफलबाटै टुंग्याउन सके नागरिकले कानूनी झण्झट बहोर्न नपर्ने उनको तर्क छ । घटनाका आरोपीलाई हिरासतमा राखेर मात्र अनुसन्धान गर्न सकिन्छ भन्ने मान्यता परिवर्तन गर्नुपर्ने महान्यायधीवक्ता खरेलले बताए । ‘प्रमाण न...
उपसभामुख पाउन बार्गेनिङ छैन ः काँग्रेस नेता पाण्डे
प्रदेश ४, राजनीति, समाचार, हाइलाइट-समाचार

उपसभामुख पाउन बार्गेनिङ छैन ः काँग्रेस नेता पाण्डे

गोरखा । नेपाली काँग्रेसलाई उपसभामुख पदको कुनै लोभ नभएको राष्ट्रिय सभा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले बताएका छन् । सोमबार सदरमुकाममा नेपाल प्रेस युनियन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सभामुख पदका लागि काँग्रसले कसैसंग बार्गेनिङ नगरेको बताएका हुन् । ‘उपसभामुख पाउन सभामुखमा उम्मेदवार नउठाएको होइन’ उनले भने ‘पदको लोभ मानेर काँग्रेसले कसैसंग भिख माग्दैन ।’ सभामुख र उपसभामुख पदमा फरक–फरक पार्टीबाट हुनुपर्ने ब्यवस्था संविधानले नै गरेको नेता पाण्डेले बताए । ‘दुई पदमा पार्टी र लिङ्ग फरक फरक हुनुपर्छ भनेर संविधानले नै बोलेको छ, अहिले संसदमा ४ पार्टी छन् सत्तापछि ठूलो दल हामी छौ’ उनले भने ‘स्वभाविक रुपमा उपसभामुख काँग्रेसले पाउनुपर्ने हो, तर उहाँहरुको बहुमत भएकाले जे पनि हुन सक्छ ।’ एमसीसी देशका लागि हितकर रहेको स्पष्ट पार्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य...
पालुङटारमा एकै दिन ४ सय जनाको स्वास्थ्य परिक्षण, पुरुषको दाजोमा महिला बिरामी धेरै
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पालुङटारमा एकै दिन ४ सय जनाको स्वास्थ्य परिक्षण, पुरुषको दाजोमा महिला बिरामी धेरै

गोरखा । पालुङ्टारमा भएको निशुल्क स्वास्थ्य शिविरमा एकै दिन ४ सय जनाको स्वास्थ्य परिक्षण भएको छ । रोटरी क्लब अफ बज्र मनासलु गोरखाको आयोजना तथा पालुङ्टार नगरपालिकाको समन्वयमा वडा नम्बर ७ को खत्रीटारमा भएको एक दिने शिविरमा ४ सय ४ जनाको स्वास्थ्य जाँच भएको हो । जसमा पुरुषको तुलनामा महिला झण्डै तेब्बर छन् । २ सय ९४ जना महिलाले शिविरमा स्वास्थ्य परिक्षण गराउदा पुरुष भने १ सय १० जना मात्रै रहेको कार्यक्रम संयोजक विनोद अर्यालले जानकारी दिए । शिविरमा २ सय ८७ जनाले जनरल, १ सय १७ जनाले स्त्रीरोग सम्बन्धि समस्या तथा ९० जनाले भिडियो एक्स्रे गराएका छन् । विज्ञान पोलिक्लिनिक सेन्टर प्रा.लि. (अर्याल मेडिकल हल) को प्राविधिक सहयोगमा भएको शिविरमा वडा नम्बर ७ र ८ का जनता प्रत्यक्ष लाभाञ्वित भएका थिए । विभिन्न रोगका विशेषज्ञ चिकित्सक सहितको टोलीबाट चेकजाँच गरिएको शिविरमा पाठेघर, पेट, श्वासप्रश्वा...
गोरखाबाट बिप्लव समूहका दुई कार्यकर्ता पक्राउ
प्रदेश ४, राजनीति, समाचार, हाइलाइट-समाचार

गोरखाबाट बिप्लव समूहका दुई कार्यकर्ता पक्राउ

जिल्ला सदरमुकामबाट बिप्लव समूहमा आवद्ध दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व जनपरिषद् प्रमुख ६७ वर्षीय विष्णुप्रसाद रिजाल र किसान संगठनका जिल्ला अध्यक्ष ४८ वर्षीय रोहितप्रसाद पन्त रहेका छन् । उनीलाई गोरखा नगरपालिका–१० विरेनचोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । उनीहरुलाई शान्ती विरुद्धको कसुरमा मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले बताएको छ । रिजाल गण्डकी गाउँपालिका–७ घ्याल्चोक र पन्त शहिद लखन गाउँपालिका–४ ताक्लुङ निवासी हुन् । उनीहरुलाई राजद्रोह सम्बन्धी गतिबिधि गरेको प्रहरीले आरोप लगाएको छ । यो सँगै बिप्लब समूहका २१ नेता कार्यकता पक्राउ परेका छन् । सरकारले २०७५ माघमा विप्लब नेतृत्वको नेकपामा माथि प्रतिबन्धको घोषणा गरेपछि हालसम्म २१ जनालाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय गोरखा...
मन्त्रीबारे मेरो व्यक्तिगत सोच छैन :  नारायणकाजी श्रेष्ठ
राजनीति, समाचार, हाइलाइट-समाचार

मन्त्रीबारे मेरो व्यक्तिगत सोच छैन : नारायणकाजी श्रेष्ठ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले मन्त्री बन्ने विषयमा आफूले केही नसोचेको बताएका छन् । बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहेका श्रेष्ठ गण्डकी प्रदेशको अन्य समूहबाट निर्वाचित भएका हुन् । मन्त्री बन्ने चर्चाबारे सोधिएको प्रश्नमा उनले भने, ‘राष्ट्रियसभा सदस्यको चुनाव अगाडि नै सोच्ने कुरा भएन । दोस्रो मैले व्यक्तिगत रुपमा मैले केही सोच्दा पनि सोचेको छैन ।’...
नेपालमा पनि काेरोना भाइरस
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपालमा पनि काेरोना भाइरस

नेपालमा नोवेल कोरोना भाइरस फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एक साता अघि टेकु अस्पतालमा उपचारमा पुगेका चीनबाट नेपाल आएका ३५ वर्षीय  एक युवकमा सो भाइरस प्रमाणित भएको जनाइएको छ। उनको परिक्षण रिपोर्टमा भाइरस पोजिटिभ देखिएको आधारमा मन्त्रालयले सो जानकारी दिएको हो। नयाँ भाइरसको परिक्षण नेपालमा उपलब्ध नभएपछि राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपचारको लागि विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त ल्याव चीन पठाएको थियो। उनको रिपोर्ट विहिवार साँझ प्राप्त भएको हो।...
उच्च शिक्षामा छात्रवृत्ति पाउन ६ कक्षादेखि सरकारीमा पढ्नुपर्ने बाध्यकारी व्यवस्था
शिक्षा, समाचार, हाइलाइट-समाचार

उच्च शिक्षामा छात्रवृत्ति पाउन ६ कक्षादेखि सरकारीमा पढ्नुपर्ने बाध्यकारी व्यवस्था

प्रतिनिधि सभाको विधेयक समितिबाट हालै पास भएको शिक्षा सम्बन्धि ऐन संशोधन गर्न बनेको विधेयकले उच्च शिक्षामा छात्रवृत्ति पाउन अब ६ देखि १० कक्षासम्म सरकारी विद्यालयमा अध्ययन गरेको हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। उच्च शिक्षामा छात्रवृत्ति पाउनका लागि सरकारी विद्यालयमा कक्षा ६ देखि अध्ययन गरेकै हुनुपर्ने छ। सरकारी विद्यालयको शिक्षामा सुधार ल्याउन भन्दै सरकारले उक्त व्यवस्था गर्न लागेको हो।...
राष्ट्रियसभा सदस्यका लागि आज चुनाव हुदै
राजनीति, समाचार, हाइलाइट-समाचार

राष्ट्रियसभा सदस्यका लागि आज चुनाव हुदै

 राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा आज बिहीबार हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि बुधबार साँझसम्म पुगिसकेका छन । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमश: मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । उक्त निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६...