दुई बर्षको तलबभत्ता समाजिक काममा
मोहसिन अलि मियाँगोरखा । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले हालसम्मको तलब सुविधा समाज सेवामा लगाएको बताएका छन् ।
नेपाल प्रेस युनियन गोरखाले सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै साँसद दवाडीले प्रदेश सभा सदस्य बापत सरकारले दिने तलबमा आफ्नो समेत केहि रकम थप गरी समाज सेवामा खर्च गरेको बताएका हुन् ।
दुई बर्षमा उनले झण्डै २२ लाख रुपैया समाज सेवामा लगाएको बताए । ‘मैले साँसदको सपथग्रहण गरेकै दिन घोषणा गरेको थिए, मैले पाउने सम्पूर्ण सुविधा आफ्नो निर्वाचन क्षेत्रको विकासमा लगाउछु भनेको थिए’ उनले भने ‘सोही अनुसार मलाई सरकारले दिएको तलबमा मेरो ब्यक्तिगत रकम समेत थपेर बिभिन्न क्षेत्रमा खर्च गरेको छु ।’
उनले बिहिबार पत्रकार सम्मेलन मार्फत दुई बर्षमा खर्च गरेको रकमको विवरण समेत सार्वजानिक गरेका छन् ।
साँसद निर्वाचित भएपछि अघिल्लो बर्षको पुससम्म उनले सरकारबाट पाएको सुविधा ७ लाख ३० ...
