मन्त्रिपरिषद् बैठकले गरेका यस्ता छन् १७ निर्णय
काठमाडौं– मन्त्रिपरिषद् बैठकले गरेको १७ वटा निर्णय सार्वजनिक भएको छ। बिहीबार सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेका हुन्।
१. २०७६ पुस ४ गते शुक्रबार बेलुका ४ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।
२. बाग्मती नदी तटिय क्षेत्र सुधार आयोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ६३ मिलियन अमेरिकी डलर (करिव ७ अर्ब १२ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।
३. पृथ्वी राजमार्गको मुग्लिङ्ग–पोखरा सडक सुधारका लागि सासेक राजमार्ग सुधार आयोजना अन्तर्गत एशियाली विकास बैंकबाट सहायताका रूपमा प्रस्ताविक १९५ मिलियन अमेरिकी डलर (करिब २१ अर्व ४५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको छ।
४. युरोपेली लगानी बैंक (ई...
