धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्ने
नेपालअखबार, काठमाडौँ । असार ११ गते देशका विभिन्न सहरहरूमा मौसमको विविध रूप देखिने भएको छ। केही सहरहरूमा अत्यधिक गर्मी र तातो हावा चल्ने अनुमान छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्ने छ। धनगढीको अधिकतम तापमान ३८ देखि ४० डिग्री सेल्सियस र नेपालगञ्जको ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ, जहाँ वर्षाको सम्भावना शून्य छ। यसैगरी वीरेन्द्रनगर, घोराही, भैरहवा र सिमरामा आज तातो दिन रहने छ। यी क्षेत्रहरूमा पनि दिउँसो वर्षा हुने कुनै सम्भावना छैन। भैरहवाको अधिकतम तापमान ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्न सक्छ।
अर्कातर्फ, देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। काठमाडौँमा आज दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने अनुमान छ, ...










