Friday, July 31

समाचार

खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
समाचार, समाज

खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे

नेपालअखबार,काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनले निर्माण व्यवसायीलाई मात्र नभई समग्र राज्य संयन्त्रलाई नै फाइदा पुर्याउने विश्वास व्यक्त गरेका छन् । नेतृत्व सम्हालेको १०० दिन पूरा भएको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले ऐनमा गरिएका सुधारहरूले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । अध्यक्ष पाण्डेकाअनुसार विगतमा न्युन पूँजीगत खर्च हुनुमा निर्माण व्यवसायीहरूको पनि केही हिस्सा रहेको थियो । टेण्डर प्रक्रियामा ४० प्रतिशतसम्म घटेर कबोल गर्ने प्रवृत्तिका कारण राज्यको खर्च गर्ने क्षमता सोही अनुपातमा कम हुन पुगेको र यसले गर्दा बजारमा पर्याप्त पैसा आउन नसकेकाले अर्थतन्त्र सुस्ताएको बताए । यो समस्या समाधानका लागि नयाँ ऐनमा ‘एभरेज बिडिङ’ (औसत बोलकबोल) र जटिल कार्यहरूमा ‘रेटेड क्राइटेरिया’ (मूल्...
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
राजनीति, विदेश, समाचार

इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु

नेपालअखबार,तेहरान ।  इरानका विभिन्न प्रान्तहरूमा जारी अमेरिकी आक्रमणका कारण कम्तिमा ३८ जनाको मृत्यु हुनुका साथै ४०० भन्दा बढी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणले पुल, उर्जा सुविधाहरू र समुद्री नियन्त्रण टावर सहित नागरिक पूर्वाधारलाई लक्षित गरेको जनाइएको छ । इरानको प्रेस टिभीका अनुसार होर्मोजगन, बुसेहर, सिस्तान र बलूचिस्तान, खुजेस्तान र लोरेस्तान प्रान्तका प्रभावित क्षेत्रहरूमा आक्रमण गरिएको थियो । आक्रमणमा चाबहारको शाहिद कलन्तरी बन्दरगाहमा रहेको सामुद्रिक नियन्त्रण टावर ध्वस्त भएको जनाइएको छ । यद्यपि, प्रेस टिभीको रिपोर्ट अनुसार बन्दरगाहको कार्गो–सुविधाहरू र अन्य पूर्वाधारमा कुनै हताहत भएको रिपोर्ट गरिएको छैन । युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले शुक्रबार चाबहारको इरानको शाहिद कलान्तरी बन्दरगाहमा रहेको निगरानी टावरलाई “सफलतापूर्वक नष्ट“ गरेको पुष्टि गर्दै यो इरा...
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
कृषि, समाचार, समाज

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

नेपालअखबार, जनकपुरधाम । यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा सबैभन्दा कम महोत्तरीमा ३९ दशमलव ५९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको मधेस प्रदेश कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिए। जिल्लागत हिसाबले सप्तरीमा ६८ हजार हेक्टर जग्गमध्ये ३४ हेक्टर, सिरहामा ५४ हजार हेक्टर जग्गामध्ये ४३ हजार २०० हेक्टरमा धान रोपाइँ भएको अधिकृत विश्वकर्माले जानकारी दिए । यस्तै, धनुषामा ४३ हजार ७०० हेक्टर जग्गामध्ये २१ हजार ८५० हेक्टर, महोत्तरीमा ४० हजार हेक्टर जग्गामध्ये १५ हजार ...
पूर्व अर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश
राजनीति, समाचार

पूर्व अर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

नेपालअखबार, काठमाडौं । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीनवटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको निर्क्यौल निकालेको हो । अदालतले विष्णु पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको, आरोपमाथि उनले इन्कारी बयान दिएको र दीपक भट्टसँग उनले वित्तिय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै विशेष अदालतले उनलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो । पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत ८ असारमा सुर्खेतबाट नियन्त्रणमा लिएको थियो । पटकपटक म्याद थप गरी उनीमाथि अनुसन्धान भएको थियो ।...
भारतमा गुड्यो पहिलो हाइड्रोजन ट्रेन
विदेश, समाचार, समाज

भारतमा गुड्यो पहिलो हाइड्रोजन ट्रेन

नेपालअखबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा भारतको पहिलो हाइड्रोजन ट्रेनको उद्घाटन गरेका छन्। यो ट्रेन जिन्द र सोनिपत बीच सञ्चालन हुनेछ । यस कदमलाई रेल्वे क्षेत्रमा सफा राख्ने र दिगो मोबिलिटीको लागि महत्त्वपूर्ण मानिएको छ। १२ हजार ४७० करोड रुपैयाँभन्दा बढीका राष्ट्रिय राजमार्ग प्रोजेक्टको शिलान्यास गरेका मोदीले १५७ किलोमीटर लामो दिल्ली-अमृतसर-कटरा एक्सप्रेस वे पनि राष्ट्रलाई समर्पित गरे। यस एक्सप्रेस वेले दिल्ली र कटरा बीचको यात्रा समय १४ घण्टाबाट घटाएर ६ घण्टामा सीमित गर्नेछ। मोदीले सभालाई सम्बोधन गर्दै भने, ‘विगत १२ वर्षमा भारतीय रेल्वेले ठूलो रूपान्तरण देखेको छ।’ उनले जिन्द अब बीजेपी र एनडीएको सुशासनको मोडल बनेको दाबी गरे। यो हाइड्रोजन ट्रेनले जिन्द-सोनिपत रुटमा ९० किलोमीटर दूरी तय गर्नेछ। ३ हजार २०० हर्सपावर क्षमताको यस र...
आज सुनको मूल्य घट्यो
कर्पोरेट, समाचार

आज सुनको मूल्य घट्यो

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो । बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँ रहेको चाँदी आज प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ६ सय १ रुपैयाँ निर्धारण गरिएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुन–चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।...
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
राजनीति, विश्व, समाचार

कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते

नेपालअखबार, दोहा । कतारको रक्षा मन्त्रालयले शुक्रबार बिहान सबेरै इरानले गरेको मिसाइल आक्रमणलाई आफ्नो सशस्त्र बलले सफलतापूर्वक विफल पारेको जनाएको छ। उक्त सैन्य कारबाहीका क्रममा मिसाइल खसाल्दा निस्किएको छर्रा लागेर एक बालक घाइते भएको कतारी गृह मन्त्रालयले पुष्टि गरेको छ। गृह मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै घाइते बालकको हाल उपचार भइरहेको बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार राजधानी दोहामा विस्फोटका ठुला आवाजहरू सुनिएका थिए । सोही समयमा सरकारले नागरिकहरूको मोबाइल फोनमा सुरक्षासम्बन्धी आकस्मिक सन्देश समेत पठाएको थियो । हालैका दिनहरूमा इरानले खाडी मुलुकहरूमा आफ्ना आक्रमणहरू तीव्र पारेको छ। अमेरिकाले इरानी भूमिमा गरेको आक्रमणको प्रतिक्रिया स्वरूप इरानले यस क्षेत्रमा अमेरिकी सेनाले प्रयोग गर्दै आएका सैन्य अखडाहरूलाई लक्षित गरी आक्रमण सुरु गरेको हो। यसअघि पनि इरानले...
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
प्रशासन, समाचार, समाज

मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी

नेपालअखबार, काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबिच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबिच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने  तयारी भएको हो। यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (सिंहदरबार) मा सरकारी वार्ता टोली र मिटरब्याजी पीडित पक्षका प्रतिनिधिहरूबिच अन्तिम चरणको निर्णायक वार्ता जारी छ । यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबिच सघन छलफल भएको थियो। हिजोको सोही छलफल र सहमतिलाई जग मानेर आज अन्तिम सम्झौताको तयारी गरिएको हो। वार्ता टोलीमा को–को छन्? सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन् । टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद परा...
ट्रम्पको दाबी: अघिल्लो चुनावमा धाँधली भएको थियो, चीनले २२ करोड अमेरिकीको डाटा चोर्‍यो
राजनीति, विश्व, समाचार

ट्रम्पको दाबी: अघिल्लो चुनावमा धाँधली भएको थियो, चीनले २२ करोड अमेरिकीको डाटा चोर्‍यो

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चुनावी सुरक्षाको विषयमा राष्ट्रको नाममा विशेष सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनका क्रममा उनले सन् २०२० को राष्ट्रपति चुनावमा धाँधली भएको पुरानो दाबीलाई पुनः दोहोर्‍याउँदै अमेरिकी जासुसी संस्थाहरूमाथि गम्भीर आरोप लगाएका छन्। ट्रम्पले ह्वाइट हाउसबाट केही गोप्य चुनावी सुरक्षा कागजातहरू सार्वजनिक गर्दै चीनले २०२० को चुनावमा २२ करोड अमेरिकी मतदाताको डाटा चोरेको सनसनीपूर्ण दाबी गरेका छन्। ट्रम्पले आफ्नो सम्बोधनमा २ लाख ७८ हजार गैर-नागरिक मतदाता दर्ता भएको आरोप लगाए । उनले अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) को अनुसन्धानलाई उद्धृत गर्दै संघीय चुनावका लागि करिब २ लाख ७८ हजार गैर-नागरिकहरू मतदाताको रूपमा दर्ता भएको दाबी गरे। डेमोक्र्याट शासित राज्यहरूले डाटा नदिएका कारण वास्तविक सङ्ख्या यो भन्दा धेरै हुन सक्ने उनको भनाइ छ। ...
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
राजनीति, विश्व, समाचार

अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार

नेपालअखबार, बेइजिङ । अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको तथा करोडौँ अमेरिकी मतदाताको विवरण प्राप्त गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोप  चीनले अस्वीकार गरेको छ । वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले बिहीबार सीएनएनलाई दिएको प्रतिक्रियामा चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त पालना गर्दै आएको बताएका छन् । ‘अमेरिकी निर्वाचन अमेरिकाको आन्तरिक विषय हो। यसको परिणाम अमेरिकी जनताको मतबाट निर्धारण हुन्छ । चीनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कहिल्यै हस्तक्षेप गरेको छैन र भविष्यमा पनि गर्ने छैन’ प्रवक्ताले भने । यसअघि पनि अमेरिका, अस्ट्रेलिया, क्यानडा र बेलायतलगायत पश्चिमी मुलुकहरूले लगाएका निर्वाचन हस्तक्षेप तथा राजनीतिक प्रभाव पार्ने आरोपहरू चीनले पटक–पटक अस्वीकार गर्दै आएको छ । यस विषयमा थप प्रतिक्रिया लिन सीएनएनले चीनको परराष्ट्र म...