प्रतिपक्षी दलहरूको‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ संविधान विरोधी रहेकोले विरोध गर्ने
नेपालअखबार,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा बुधबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेक दलहरूको बैठकले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ संविधानविरोधी रहेकोले यसको विरोध गर्ने निष्कर्ष निकालेको छ।
निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ ल्याउँदै यही साउन २२ गतेभित्र सुझाव दिन राजनीतिक दलहरू र सर्वसाधारणहरूलाई आग्रह गरेको थियो।
सोही सन्दर्भमा अध्यक्ष प्रचण्डले आह्वान गरेको बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जनमतलगायत दलका नेताहरू सहभागी थिए।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निर्वाचन आयोगले बनाएको कार्यविधि संविधानविरीत रहेको निष्कर्षमा आफूहरू पुगेको बताए।
‘निर्वाचन आयोगले बनाएको कार्यविधि संविधान र राजनीतिक दलसम्...









