Friday, July 10

समाचार

क्यानडामा विद्यालयभित्रै छिरेर एक महिलाले चलाइन् अन्धाधुन्ध गोली, १० जनाको मृत्यु
विश्व, समाचार, समाज

क्यानडामा विद्यालयभित्रै छिरेर एक महिलाले चलाइन् अन्धाधुन्ध गोली, १० जनाको मृत्यु

नेपालअखबार, काठमाडौं ।  क्यानडाको एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ। ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिजस्थित एउटा माध्यमिक विद्यालयभित्र अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको हो। गोली चलेको विद्यालय रहेको टम्बलर रिज उत्तरी ब्रिटिस कोलम्बियाको दुर्गम नगरपालिका हो। यो रकी पर्वत शृंखलाको फेदीमा पर्ने भएकाले अहिले हिउँ परिरहेको छ। स्थानीय समयअनुसार घटना मंगलबार अपराह्नतिरको हो। खैरो कपाल भएकी एक महिला खैरै पहिरनमा आएकी र अन्धाधुन्ध गोली चलाएकी थिइन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ६ जनाको शव विद्यालयभित्रै भेटिएको थियो। एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। विद्यालय नजिकैको एक भवनमा पनि दुई जना मृत भेटिएका छन्। घरमा मृत भेटिएकाहरू पनि विद्यालयमा भएको गोली काण्डको शिकार बनेको त्यहाँको प्रहरीले जनाएको छ। गोलीकाण्डमा कम्तिम...
चुनाव नजिकिँदै जाँदा सुरक्षामाथि प्रश्न उठ्नु गम्भीर : सांसद रोकाय
राजनीति, समाचार

चुनाव नजिकिँदै जाँदा सुरक्षामाथि प्रश्न उठ्नु गम्भीर : सांसद रोकाय

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुकको शान्ति–सुरक्षा अवस्थाबारे गम्भीर प्रश्न उठ्न थालेको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले वीरगञ्जमा प्रहरीमाथि भएको आक्रमणले निर्वाचनको लागि सुरक्षा चुनौती बढाएको जिकिर गरे । नेपाली कांग्रेसको राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहेका रोकायले प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ कि हुँदैन भन्नेबारे आम नागरिकमा चासो र चिन्ता बढिरहेको बताए । उनका अनुसार निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न सुरक्षा चुनौतीका घटनाहरू सार्वजनिक भइरहेका छन् । माघ २७ गते पर्साको वीरगञ्जस्थित आर्दशनगरमा अवैध रूपमा तस्करी गरी ल्याइएको सामान बरामद गर्न पुगेको सशस्त्र प्रहरी टोलीमाथि आक्रमण भएको घटना गम्भिर भएको उनको भनाइ छ । ‘मा...
भेनेजुएलामा तत्काल राष्ट्रपति चुनाव नहुने घोषणा
राजनीति, विश्व, समाचार

भेनेजुएलामा तत्काल राष्ट्रपति चुनाव नहुने घोषणा

नेपालअखबार,काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले देशमा तत्काल नयाँ राष्ट्रपति चयनका लागि चुनाव नहुने स्पष्ट पारेका छन् । अमेरिकी सञ्चारमाध्यम न्यूजम्याक्सलाई दिएको अन्तर्वार्तामा उनले अहिलेको मुख्य प्राथमिकता चुनाव नभई देशमा स्थिरता र सरकारी संस्थाहरूको पुनर्संरचना भएको बताए । रोड्रिगेजका अनुसार भेनेजुएलाले हाल पुनः–संस्थानीकरणको चरण पार गरिरहेको छ, जसअन्तर्गत न्यायालय, सुरक्षा निकाय, प्रशासन र संवैधानिक संरचनालाई फेरि पूर्ण रूपमा कार्यक्षम र सर्वस्वीकार्य बनाउने प्रयास भइरहेको छ । अहिलेको आवश्यकता निर्वाचन नभएर स्थिरता सुनिश्चित गर्नु भएकोमा उनले जोड दिए । भेनेजुएलामा राष्ट्रपति कार्यकाल छ वर्षको हुन्छ । पछिल्लो चुनाव २०२४ मा भएको थियो । जसलाई विपक्षी दलहरू र धेरै अन्तर्राष्ट्रिय समुदायले विवादास्पद र अपारदर्शी भनेका थिए । त्यसयता देशको राजनीतिक अवस्था थप जट...
बागलुङ-१ : जनमोर्चाको आधार इलाकामा कुन दलका उम्मेदवार कस्ता छन्?
राजनीति, समाचार

बागलुङ-१ : जनमोर्चाको आधार इलाकामा कुन दलका उम्मेदवार कस्ता छन्?

नेपालअखबार,बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ। राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी यसअघि निर्वाचित भएका यस क्षेत्र नेकपा (एमाले) र नेपाली कांग्रेसको उत्तिकै सङ्गठन भएको क्षेत्रको रुपमा चिनिन्छ। बागलुङ सदरमुकामसमेत रहेको यस क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११ दलका ११ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये दोहोरिरहने उम्मेदवार हुन् एमालेका हीराबहादुर केसी । तेस्रो पटक प्रसायमा संसद् भवन छिर्ने योजनामा रहेका केसी यसपटक अनुमोदित हुने आशामा छन् । तर केसीलाई पुरानै दलका नयाँ उम्मेदवार र नयाँ दलका युवा उम्मेदवारले चुनौती दिने निश्चित छ । यस निर्वाचन क्षेत्रमा आफ्नो विरासत जोगाउने योजनामा रहेको एमालेलाई कांग्रेस, जनमोर्चा र रास्वपालगायतका नयाँ उम्मेदवार...
पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग
राजनीति, समाचार

पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग

नेपालअखबार,बाँके । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सीमावर्ती क्षेत्रका मतदाताले विगतका हरेक निर्वाचनमा आश्वासन पाएको तर ती पूरा नभएको जनाउँदै पूर्वाधार विकास र शान्तिसुरक्षा सुदृढ हुनुपर्ने माग गरेका छन् । सीमावर्ती क्षेत्र हिरमिनिया, होलिया, पिप्रहवा र जमुनाहका मतदाताले पूर्वाधार विकासलाई उम्मेदवारसँग आश्वासन होइन वाचा पूरा गर्नेलाई मात्र भोट दिने बताउन बताउन थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवाका कैलाश यादव भारतले सीमावर्ती क्षेत्रमा बाँधजस्तो सडक बनाएर नेपाली भूभाग डुवानमा पर्ने गरेको हुँदा नेपाली भूमिमा पनि सडक निर्माण गर्नुपर्ने माग गरे। पिप्रहवाका सबैको यही माग भएका दोहोर्याउँदै उनी चोरी–डकैती हुन नदिन आफूहरूले सुदृढ सुरक्षा व्यवस्थाका निम्ति अनुरोध गर्दै आएको बताउछन् । सीमावर्ती क्षेत्र हिरमिनिया, होलिया, पिप्रहवा र जमुनाहका मतदाताले पूर्वाधार विकासलाई उम्मेदवा...
विज्ञान तथा प्रविधिमा महिलाको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड
विश्व, शिक्षा, समाचार

विज्ञान तथा प्रविधिमा महिलाको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड

नेपालअखबार, काठमाडौँ । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले २२ डिसेम्बर २०१५ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ११ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेअनुरुप सन् २०१६ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । विश्वभर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसम्बन्धी सबै तहका विषयहरूमा लामो समयदेखि लैङ्गिक असमानता रहँदै आएको छ । महिलाहरूले उच्च शिक्षामा सहभागिता विस्तार गर्ने दिशामा उल्लेखनीय प्रगति गरे तापनि यी क्षेत्रहरूमा उनीहरूको प्रतिनिधित्व अझै पनि न्यून छ । लैङ्गिक समानता संयुक्त राष्ट्रसङ्घको प्रमुख ‘एजेन्डा’मध्ये एक रहँदै आएको छ । महिला तथा बालिकाहरूक...
आबकि बार गगन सरकार : परिवर्तनको आवाजसँग मनोज साहको दृढ समर्थन
राजनीति, समाचार

आबकि बार गगन सरकार : परिवर्तनको आवाजसँग मनोज साहको दृढ समर्थन

मुस्ताक आलम, सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यही सन्दर्भमा महासमिति प्रतिनिधि मनोज साह ले नेपाली कांग्रेसका सभापति तथा लोकप्रिय नेता गगन थापा प्रति स्पष्ट समर्थन जनाउँदै “आबकि बार गगन थापा सरकार अभियानलाई मजबुत बनाएका छन्। मनोज साहले गगन थापालाई युवा नेतृत्व, स्पष्ट दृष्टिकोण र सुशासनको प्रतीक का रूपमा चित्रण गर्दै देशलाई नयाँ दिशा दिन सक्ने सक्षम नेताका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार अबको निर्वाचन केवल व्यक्तिको होइन, लोकतन्त्र र संबिधानको रक्षा स्थायी विकास र परिवर्तनको निर्वाचन हो। देशले अब पुरानो सोच होइन, नयाँ ऊर्जा र इमानदार नेतृत्व खोजिरहेको छ,” मनोज साहले भने, “गगन थापा त्यो भरोसाको नाम हो, जसले युवाको सपना र जनताको अपेक्षा दुवैलाई सम्बोधन गर्न सक्छ। महासमिति प्रतिनिधिका रूपमा निरन्तर संगठन मजबुत...
विकासे मन्त्रालयहरूकै बजेट खर्च दयनीय
प्रशासन, समाचार

विकासे मन्त्रालयहरूकै बजेट खर्च दयनीय

नेपालअखबार,काठमाडौं । ठूलो बजेट ओगटेका विकासे मन्त्रालयहरू नै बजेट खर्चमा दयनीय अवस्थामा रहेको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार सहरी विकास मन्त्रालयले पुस मसान्तसम्म ६.३१ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ । यस वर्ष सहरी विकास मन्त्रालयले ९१ अर्ब ३५ करोड रुपैयाँ बजेट ओगटेको छ । खर्च भने ५ अर्ब ७६ करोडमात्र गर्न सकेको छ । उता, अर्को ठूलो बजेट ओगट्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १८.१२ प्रतिशतमात्र खर्च भएको छ । यस मन्त्रालयले चालु आव कुल १ खर्ब ५३ अर्ब रुपैयाँ बजेट ओगटेको छ । खर्च भने २७ अर्ब ८७ करोडमात्र भएको छ । त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अर्को ठूलो बजेट ओगटेको मन्त्रालय हो । यो मन्त्रालयको ६ महिनाको खर्च १६.५६ प्रतिशतमात्र छ । ४२ अर्ब ७७ करोडको बजेट राखेको यस मन्त्रालयले ७ अ...
जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक, समसामयिक सुरक्षामा छलफल
प्रशासन, समाचार

जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक, समसामयिक सुरक्षामा छलफल

नेपालअखबार,काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डा भद्रकालीमा पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ । मंगलबारबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुहरु र पृतनापतिहरुको सहभागितामा पृतनापति समन्वयतात्मक बैठक सुरु भएको हो । नियमित अर्ध वार्षिक रुपमा हुने बैठक रहेको जंगी अड्डाले बताएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतित्थ्यमा कार्यक्रम उद्घाटन भएको थियो । कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत मन्तव्य राखेका थिए । बैठकमा आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिती, सम्पादन गरेका कार्यहरुको समीक्षा एंव सुझावहरु प्रस्तुत गर्नुका साथै समसामयिक विषयमा छलफल हुने बताइएको छ कार्यक्रममा रक्षा सचिव केदारनाथ शर्मा, बलाधिकृत रथी, रथीहरू लगायत रक्षा मन्त्रालय तथा नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।...
कास्की क्षेत्र नं १ मा घरदैलोमा व्यस्त राजकाजी
राजनीति, समाचार

कास्की क्षेत्र नं १ मा घरदैलोमा व्यस्त राजकाजी

नेपालअखबार,पोखरा। नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं. १ का उम्मेदवार राजकाजी गुरुङले पोखरा महानगरपालिका वडा नं. २९ अन्तर्गत विभिन्न टोल र बस्तीहरूमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रमअन्तर्गत मिलन आमा समूह, सैनिक बस्ती नवदुर्गा आमा समूह, दुर्गा आमा समूहलगायत विभिन्न आमा समूहहरूसँग भेटघाट गरिएको थियो। भेटघाटका क्रममा नवदुर्गा आमा समूहकी उपाध्यक्ष बबिता गुरुङले राष्ट्रलाई सही दिशातर्फ लैजान तमु समुदायबाट राजकाजी गुरुङलाई जिताउन आमा समूहले मत दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आमा समूहहरूले सामुदायिक भवन तथा खानेपानीको समस्या समाधानका लागि सहयोग गर्न अनुरोध गर्दै सुशासनका लागि कहिल्यै सम्झौता नगर्न सुझाव दिएका थिए। घरदैलो कार्यक्रम नमुना आमा समूह, जलकुनी आमा समूह, परिवर्तन आमा समूह, शान्ति टोल विकास संस्था, बिरौटा आमा समूह, पिपलडाली आमा समूहलगायतका स्थानहरूमा पनि सम्प...