Saturday, August 8

प्रशासन

‘मधेस दिवस’ मनाउने मधेसी आयोगको निर्णय
प्रशासन, समाचार

‘मधेस दिवस’ मनाउने मधेसी आयोगको निर्णय

नेपालअखबार, काठमाडौँ । मधेसी आयोगले मधेस दिवस मनाउने निर्णय गरेको छ । आइतबार आयोगको कार्यालयमा बसेको आयोगको ८५ औँ बैठकमा आयोगले मधेस दिवस कहिले मनाउने सम्बन्धमा विज्ञहरूसँग छलफल गरेको छ । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको अध्यक्षतामा बसेको सो बैठकमा पूर्व मन्त्रीद्वय लालबाबु पण्डित तथा अनिल झा, सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल, पूर्व न्यायाधीश लोकेन्द्र मल्लिक, लोकसेवा आयोगका पूर्व सदस्य ब्रह्मदेव राय, पूर्व सांसद सकलदेव सुतिहार सहितका विज्ञहरू सँग आयोगले मधेस दिवसको मिति निर्क्योल गर्ने सम्बन्धमा छलफल भएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले नेपाल र नेपाली, मधेस र मधेसीलाई गौरवान्वित हुने गरेको मिति निर्णय गर्ने र सो को लागि आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक आधारहरू मध्ये कुन राम्रो हुने उद्देश्यका साथ आगामी दिनहरूमा सरोकारवालाहरुसँग गहन छलफल गरी...
पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड
प्रशासन, समाचार

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड

नेपालअखबार, पाेखरा  । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको हो । यो चालु आर्थिक वर्षको भन्दा १८.५२ प्रतिशतले कम हो । चालु आर्थिक वर्षका लागि पोखरा महानगरपालिकाले ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । बजेट व्यहोर्ने स्रोत आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँड तथा संघ र प्रदेशबाट प्राप्त हुने अनुदान समेत घटेकाले बजेट घटाउनु परेको महानगरपालिकाले जनाएको छ ।...
बहिर्गमित लडाकुलाई रकम दिने विरुद्धको रिट हेर्न नमिल्ने न्यायाधीशको इजलासमा
प्रशासन, समाचार

बहिर्गमित लडाकुलाई रकम दिने विरुद्धको रिट हेर्न नमिल्ने न्यायाधीशको इजलासमा

नेपालअखबार, काठमाडौँ । बहिर्गमित लडाकुलाई जनही २ लाख रुपैयाँ दिने सरकारको निर्णयविरुद्धको रिट हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको छ । आइतबार उक्त रिट न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र डा. मनोजकुमार शर्माको इजलासमा परेको थियो । अनमिनको प्रमाणीकरणमा नपरी बहिर्गमनका परेका माओवादी लडाकुहरुको लामो समयको आन्दोलनपश्चात सरकारले बर्हिगमित लडाकुहरुलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर सरकारको निर्णयलगत्तै अधिवक्ता ज्ञानेन्द्रराज आरणले सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै गत वैशाख ३१ गते रिट दर्ता गराएका थिए । वैशाख ३१ गते दर्ता भएको रिटमा जेठ २ गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम दिई अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । अल्पकालीन अन्तरिम आदेशसँगै निस्क्रिय बनेको सरकारको निर्ण...
१३ वर्षदेखि राहदानी एउटै कम्पनीलाई
प्रशासन, समाचार

१३ वर्षदेखि राहदानी एउटै कम्पनीलाई

नेपालअखबार, काठमाडौँ । फितलो तयारीका कारण सरकारले खुला प्रतिस्पर्धा नगराई भेरिएसन गरेर करिब २० लाख थान राहदानी छाप्ने तयारी थालेको छ । समयमा बोलपत्र आह्वान नगरेपछि करिब १३ वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आडिमिया कम्पनीलाई फेरि पनि राहदानी छपाइको जिम्मा दिन लागिएको हो । अहिले करिब ५ लाख थान राहदानी मात्र मौज्दात छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टेन्डरमार्फत राहदानी छपाएर खरिद गर्न समय लाग्ने भएकाले भेरिएसनको छिटो माध्यमबाट आपूर्ति गर्न लागिएको हो । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री साउदले यस्तो बताएका हुन् । 'सार्वजनिक खरिद ऐनअनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्छ,' समितिको ...
हरेक ३० मध्ये १ बच्चाको ५ वर्ष उमेर नपुग्दै मृत्यु
प्रशासन, समाचार, समाज, स्वास्थ्य

हरेक ३० मध्ये १ बच्चाको ५ वर्ष उमेर नपुग्दै मृत्यु

नेपालअखबार, काठमाडौँ. । नेपालमा प्रत्येक ३० मध्ये १ बच्चाको पाँच वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ । शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले उक्त तथ्य देखाएको हो । सर्वेक्षणको नतिजा अनुसार विगतको तुलनामा बाल मृत्युदर भने घटेको छ । तर, निर्मूल भने हुन नसकेको हो । सन् १९९६ मा गरिएको पहिलो सर्वेक्षणको तुलनामा सन् २०२२ मा बाल मृत्युदर उल्लेखनीय रूपमा घटेको देखाएको स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले बताए । सन् १९९६ मा  जीवित जन्ममा प्रतिशत हजार ५ वर्ष मुनीका ११८ बालबालिकाको मृत्यु हुने गरेको थियो । सन् २०२२ को तथ्याङ्क अनुसार उक्त सङ्ख्या घटेर ३३ मा झरेको देखाएको छ ।...
लोक सेवाको परीक्षामा चिट चोर्ने एक जनालाई कारवाही
प्रशासन, समाचार

लोक सेवाको परीक्षामा चिट चोर्ने एक जनालाई कारवाही

नेपालअखबार, काठमाडौं । लोक सेवा आयोगले परीक्षामा चिट चोर्ने एक जनालाई कारवाही गरेको छ । आगामी एक वर्षको लागि लोक सेवा आयोगबाट लिइने कुनै पनि परीक्षामा सहभागी हुन रोक लगाएको हो । शाखा अधिकृत वा सो सरहको पदको वैशाख २७ देखि २९ गतेसम्म लिइएको लिखित परीक्षामा सहभागी सृजना पन्थीले प्रवेश पत्रको पृष्ठ भागमा परीक्षालाई सहयोग पुग्ने सामग्री उतार गरेको आयोगले जनाएको छ । सोही आधारमा आयोगको ऐन २०७९ को दफा ४१ को १ (क) बमोजिमको कसुर गरेको पाइएको भन्दै उनलाई कारवाही गरिएको आयोगले जनाएको छ । परीक्षामा चिट चोरेमा वा चोराएमा, अर्काको नक्कल गरेमा वा गराएमा वा विद्युतीय उपकरण प्रयोग गरी परीक्षामा अनियमित काम गरेमा दुई वर्षसम्म आयोगबाट लिइने परीक्षमा उम्मेदवार हुन नपाउने गरी लोक लगाउन सकिने कानूनी प्रावधान रहेको छ । सोही आधारमा आयोगले पन्थीलाई एक वर्षका लागि रोक लगाइएको जनाएको छ ।...
नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना
प्रशासन, समाचार

नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपालअखबार । नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकहरुको संख्या १८० पुगेको छ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा २२ जुन २०२३ मा आयोजित एक संक्षिप्त समारोहमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई र संयुक्त राष्ट्रसंघका लागि क्यामरुनका स्थायी प्रतिनिधि मिशेल टोमो मोन्थोले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा दुवै देशका प्रतिनिधिहरुले द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार विमर्शसमेत गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । क्यामरुन २४० भन्दा बढी जनजाती र २३० भाषाको धनी क्यामरुन पश्चिम अफ्रिकी मुलुक हो । क्यामरुन देश चाड, मध्य अफ्रिकी गणतन्त्र, कंगो गणतन्त्र, ग्याबोन, इक्व...
शिक्षा मन्त्रालयले गर्‍यो डेढ दर्जन कानुन र नीतिमा सुधार
प्रशासन, समाचार

शिक्षा मन्त्रालयले गर्‍यो डेढ दर्जन कानुन र नीतिमा सुधार

नेपालअखबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ मा शिक्षासम्बन्धी डेढ दर्जन नीतिगत र कानुनी सुधार गरेको छ । चार मन्त्रीले कार्यकाल सम्हालेको सो आर्थिक वर्षमा शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार भएको देखाइएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदनमा शिक्षा क्षेत्रमा गरिएको सुधारको विषय उठान गरिएको छ । प्रतिवेदनमा शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गर्न शिक्षाको सोचपत्र–२०७९ जारी गरिएको उल्लेख छ । सो अवधिमा मदन भण्डारी विज्ञान तथा प्रविधि शिक्षा ऐन, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक जारी गरिएको छ । सो आ.व.मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र वर्तमान मन्त्री अशोककुमार राईले वागडोर सम्हालेका थिए । वार्...
पाटन क्याम्पसमा भूकम्पपछि टाँसिएका रातो स्टिकर अझै हटेन
प्रशासन, समाचार

पाटन क्याम्पसमा भूकम्पपछि टाँसिएका रातो स्टिकर अझै हटेन

नेपालअखबार,काठमाडाैं। विसं २०११ मा स्थापना भएको ललितपुरको पाटन क्याम्पसको भौतिक संरचना झन नाजुक बन्दै गएको छ। विसं २०७२ को भूकम्पले पाटन क्याम्पसका भवनमा क्षति पु¥याएपछि प्रयोग गर्न नमिल्ने गरी रातो स्टिकर टाँसिएको भए पनि आजसम्म तिनै भवनमा पठनपाठन भइरहेको छ। रातो स्टिकर हटाएर नयाँ भवन निर्माण भएका छैनन्। दिनप्रतिदिन जीर्ण बन्दै गएका भवनमा नै पठनपाठन भइरहेको क्याम्पस प्रशासनले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पसका रुपमा रहेको यस क्याम्पसका विज्ञान विभाग, समाजशास्त्र र मानवशास्त्र विभागको भवनमा त पानी नै चुहिन्छ। प्रत्येक पुराना भवनको झ्यालका सिसा फुटेका छन्।भवन छेउछाउमा फोहरसँगै घाँस उम्रेको छ। भवनमा विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि ९ वटा भवन प्रयोग गर्न नमिल्ने भनी रातो स्टिकर टाँसेको पाटन संयुक्त क्याम्पसका क्याम्पस प्रमुख डा लक्ष्मणसिंह कुँवरले जानकारी दिए।...
होन्डुरसको महिला कारागारमा दंगा, कम्तीमा ४१ जनाको मृत्यु
प्रशासन, विदेश, समाचार

होन्डुरसको महिला कारागारमा दंगा, कम्तीमा ४१ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। होन्डुरसको महिला कारागारमा दंगा भड्किँदा ४१ जनाको मृत्यु भएको छ। मंगलबार कारागारभित्र रहेको दुई ग्याङबीच झडप भएको बिबिसीले जनाएको छ। जसमध्ये एउटा पक्षले कारागारमा आजगनी समेत गरेको थियो। कारागारमा आगलागी भएपछि कतिपयको मृत्यु भएको हो। कतिपयको भने गोली लागेर समेत मृत्यु भएको छ। उपसुरक्षामन्त्री जुलिसा विलानुभाले आपतकालिन घोषणा गरी दंगालाई नियन्त्रणमा लिने वाचा समेत गरेकी छन्। उनले कारागारभित्र अग्निनियन्त्रक, प्रहरी र सेनालाई पनि खटाएकी छन्। ‘मानवीय क्षति सह्य छैन,’ उनले भनेकी छन्। यस घटनामा संलग्नहरूमाथि अनुसन्धान गरी कारबाही गर्ने पनि उनले चेतावनी दिएकी छन्। राजधानी तेगुसिगाल्पाबाट २० किलोमिटर टाढा रहेको कारागारमा ज्यान गुमाउने सबै कैदी मात्रै हुन् भन्ने यकिन भइसकेको छैन। उक्त कारागारमा ९ सय जना कैदी छन्। कतिपय कैदीलाई अस्पताल समेत लगिएको छ।...