Sunday, August 16

राजनीति

संविधान मिच्न बानी परेकाहरू कानुन मिच्न पनि अग्रसर छन्  : अध्यक्ष माधव
राजनीति, समाचार

संविधान मिच्न बानी परेकाहरू कानुन मिच्न पनि अग्रसर छन् : अध्यक्ष माधव

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस–नेकपा एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिंदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन् । शुक्रबार पार्टी केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘संविधानलाई मिच्ने बानी परिसकेका व्यक्तिहरू कानुन मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन् ।’ साना र प्रतिस्पर्धी दलहरूलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागु गर्ने कुचेष्टा भइरहेको उनको भनाइ छ । ‘संसदको नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहको छन् र आफ्ना आलोचक कोही छन् भने तिनीहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् ।’ दुई दलीय शासन एकदलीय तानाशाही सोच भएको अध्यक्ष नेपालले बताए । ‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको...
तनहुँका सहिद परिवारसँग अध्यक्ष प्रचण्डको भेट
राजनीति, समाज

तनहुँका सहिद परिवारसँग अध्यक्ष प्रचण्डको भेट

नेपालअखबार,तनहुँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । प्रचण्डले शुक्रवार तनहुँको दुलेगौडामा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् । भेटमा अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका सहिद तथा बेपत्ताहरूको सम्मान, राहत लगायतका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताए । ‘हामीले सरकारको नेतृत्व गर्दा जनयुद्ध र जनयुद्धका शहीद बेपत्ताको सम्मानमा महत्त्वपूर्ण काम गर्यौँ, जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिने, जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्यौँ । हाम्रै पहलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन टुङ्गो लगाएका छौँ आयोग बनाएर बाँकी काम पूरा गर्न सङ्घर्ष गर्छौं’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ । भेटमा सहिद परिवारका प्रतिनिधिहरूले अध्यक...
गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली
राजनीति, समाचार

गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली

नेपालअखबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी अधिवेशनबाटै गैरआवासीय नेपालीलाई संविधानले दिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रयोगका लागि मार्ग प्रशस्त गर्ने प्रतिबद्धता जनाएका छन्  । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग गएराति  भएको भेटमा प्रधानमन्त्रीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उक्त अवसरमा अध्यक्ष डा.बद्री केसीले यसअघिका भेटमा संसदमा हिउँदे अधिवेशन सुरु भएपछि आफ्ना मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले जारी अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, एनआरएन एक्ट सम्बन्धी विधेयक पास गरी तत्काल कार्यान्वयनमा ल्याउन समेत अनुरोध गरे ।  जवाफमा प्रधानमन्त्री आफूले प्रतिबद्धता अनुसार नै पहल भन्दै संविधानतः प्राप्त गर्ने सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारका बारेमा सरकारले उचित नि...
केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने
राजनीति, समाचार

केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने

नेपालअखबार, काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा संविधान सभा सदस्य विदुर सापकोटाको निधन भएको छ। सापकोटाको फागुन ८ गते  बिहान ३ः५० बजे हेल्पिङह्यान्ड हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएकोछ।  सापकोटाको पार्थिव शरीर नेकपा (एकीकृत समाजवादी) कार्यालयमा राखिने भएको छ। साथै आजदेखि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि सुरु हुने भएको छ। पार्टी उपसचिव रामकुमार भट्टराईका अनुसार सापकोटाको निधन भएको हुनाले आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक भोलि (शक्रबार) ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर बस्ने गरी स्थगित गरिएको छ।...
संविधान संशोधनका लागि राजनीतिक दलहरूबिच सहमति गर्छौँः गृहमन्त्री
राजनीति, समाचार

संविधान संशोधनका लागि राजनीतिक दलहरूबिच सहमति गर्छौँः गृहमन्त्री

नेपालअखबार, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि राजनीतिक दलहरूबिच सहमति कायम गर्ने बताएका छन् । बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरूबिच सहमति कायम गर्दै अघि बढ्ने बताएका हुन् । उनले केही दिनमा नै दुई दलको कार्यदल बनाइ संशोधनको काम सुरु गर्ने जानकारी दिए । गृहमन्त्री लेखकले मुलुकको आर्थिक स्थितिलाई सुधार गर्दै आर्थिक समृद्धिको दिशातर्फ सरकार अघि बढेको उल्लेख गरे । अहिलेको गठबन्धन मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको उद्देश्य पुरा गर्नका लागि गठन भएको उनको भनाइ छ । उनले मुलुकको आवश्यकताका आधारमा सरकारले अध्यादेश ल्याएको भन्दै सदनबाट पारित हुने दाबी समेत गरे ।...
नागरिकता विधेयकमा ३६ संशोधन प्रस्ताव
राजनीति, समाचार

नागरिकता विधेयकमा ३६ संशोधन प्रस्ताव

नेपालअखबार, काठमाडौं । नागरिकता ऐन संशोधन विधेयकमा ३६ वटा संशोधन प्रस्ताव परेको छ । ७२ घण्टाको संसोधन प्रस्ताव राख्ने समयभित्र सांसदहरूका ३६ वटा संशोधन परेका हुन् । सरकारले ल्याएको विधेयकमाथि गत आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । सोमबार प्रतिनिधिसभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो । योसँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न समय पाएका थिए । निर्धारित समयभित्र ३६ वटा संशोधन परेको हो ।...
कांग्रेसका सभापति देउवा भारत जाने कार्यक्रम रद्द
राजनीति, समाचार

कांग्रेसका सभापति देउवा भारत जाने कार्यक्रम रद्द

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत जाने कार्यक्रम रद्द गरेका छन्। सभापति देउवा बिहीबार भारत जाने र शुक्रबार उत्तरप्रदेशस्थित प्रयागराजमा इन्डिया फाउण्डेसनले गर्ने सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहे पनि अन्तिम समयमा सभापति देउवाले भ्रमण रद्द गरेका हुन्। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवा भारत जाने कार्यक्रम रद्द गरिएको  जानकारी दिए। ‘प्रयागराजमा हुने सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो, भिडभाड हुनेजस्ता कारणले गर्दा नजाने निर्णय गरिएको हो,’ उनले भने।...
सरकारले अध्यादेश स्वीकार भएको घोषणा गराउन अनेक षडयन्त्र गर्दै  : अध्यक्ष नेपाल
राजनीति, समाचार

सरकारले अध्यादेश स्वीकार भएको घोषणा गराउन अनेक षडयन्त्र गर्दै : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी दिनमा संसद्मा सत्ता पक्ष र प्रतिपक्षबिच चर्को विवाद हुने बताएका छन् ।फागुन ६ गते बसेको स्थायी कमिटी बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले सरकारले पेस गरेका ६ वटै अध्यादेशका विरुद्ध आफ्नो पार्टीले संसदीय इतिहासमै पहिलो पटक अस्वीकारको सूचना दर्ता गराएको पनि बताएका हुन् । अध्यक्ष नेपालको उक्त प्रतिवेदन पोलिटब्युरो बैठकबाट समेत पारित गरेर फागुन ८ र ९ गते बस्ने पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकमा पेस हुँदैछ । ‘संसद्मा सत्तापक्ष र प्रतिपक्षका बिचमा चर्को विवाद हुने देखिएको छ । सरकार अध्यादेश स्वीकार भएको घोषणा गराउन अनेक षडयन्त्र गर्दैछ’, अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनको ‘वर्तमान राजनीतिक अवस्था’ उपशीर्षक खण्डमा लेखिएको छ । नेता नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा पार्टीगत गतिविधिबारे ...
शहिदहरूको सपना वैज्ञानिक समाजवाद हासिल गर्नु हो: सम्मानित नेता खनाल
राजनीति, समाचार

शहिदहरूको सपना वैज्ञानिक समाजवाद हासिल गर्नु हो: सम्मानित नेता खनाल

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शहिदहरूको सपना वैज्ञानिक समाजवाद हासिल गर्नु रहेको स्मरण गराउनु भएको छ। ७५औँ प्रजातन्त्र दिवसका अवसरमा सम्मानित नेता खनालले वीर शहीदहरूले कल्पना गर्नुभएको लक्ष्य पूँजीवादी संसदीय लोकतन्त्र नभएर वैज्ञानिक समाजवाद र समाजवादी लोकतन्त्रको प्राप्ति भएको स्पष्ट पार्नु भएको हो। सम्मानित नेता खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज फागुन ७, प्रजातन्त्र दिवसको दिन, यो ऐतिहासिक दिन, नेपालको इतिहासमा निरंकुश तानाशाही राणा शासनका विरुद्ध लोकतन्त्रको आवाज घन्काउदै प्रजातन्त्र थालनी भएको महत्वपूर्ण दिन हो। यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान ...
लोकतन्त्रको रक्षा गर्नु साझा दायित्व हो: अध्यक्ष नेपाल
राजनीति, समाचार

लोकतन्त्रको रक्षा गर्नु साझा दायित्व हो: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु अहिलेको कार्यभार भएको बताउनु भएको छ। साथै उहाँले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण गराउनु भएको छ। ७५औँ प्रजातन्त्र दिवसका अवसरमा एक विज्ञप्ति जारी गरेर उक्त कुरा बताउनु भएको हो। अध्यक्ष नेपालद्धारा जारी विज्ञप्तिमा भनिएको छ,'मुलुकमा रहेको निरङ्कुश, जहांनिया र तानाशाही व्यवस्थाबाट देशलाई मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। यस अवसरमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यानको बलिदानी दिने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।...