Sunday, August 16

राजनीति

जनताको अवस्था बदल्न एकताबद्ध प्रयास गरौं : प्रचण्ड
राजनीति, समाचार

जनताको अवस्था बदल्न एकताबद्ध प्रयास गरौं : प्रचण्ड

नेपालअखबार,काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशीला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन्। 'नेपाली जनताको बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको छ,' अध्यक्ष प्रचण्डले भनेका छन्, 'यी उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, जनयुद्ध, २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनको निर्णायक भ...
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
राजनीति, समाचार

जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।     राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताए । “मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ”, राष्ट्रपति पौडेलले शुभकामनामा भनेका छन्, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । विसं २००७ को क्रान्तिको जगमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौँ ।” राष्ट्रपति पौडेलले...
प्रधानमन्त्रीले दिए प्रजातन्त्र दिवसको शुभकामना
राजनीति, समाचार

प्रधानमन्त्रीले दिए प्रजातन्त्र दिवसको शुभकामना

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना व्यक्त गरेका हुन् ।‘फागुन ७ गते । आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण सङ्घर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो’, प्रधानमन्त्री ओलीले नेपालको नक्सासँगै नेपालको राष्ट्रिय झण्डा ‘पोष्ट’ गर्दै लेखेका छन्, ‘जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुभएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत अमर सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान !!’...
आज पनि एकीकृत समाजवादीको स्थायी कमिटी बैठक
राजनीति, समाचार

आज पनि एकीकृत समाजवादीको स्थायी कमिटी बैठक

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा हिजोबाट सुरु भएको बैठकले आज पनि निरन्तरता पाउने भएको हो । हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित भएको थियो ।  बैठकले उक्त प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको छ। उक्त प्रतिवेदन यही फागुन ८ गते केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ । बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, तत्कालीन कार्ययोजना, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव पारित गरेको थियो । बैठकले अध्यादेश देश र जनताको हितमा नभएकाले संसद्मा निर्णयार्थ प्रस्तुत गरिएमा त्यसको विपक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ ।...
इ–कमर्श विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा पारित
राजनीति, समाचार

इ–कमर्श विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा पारित

नेपालअखबार,काठमाडौँ । विद्युतीय व्यापार (ईकमर्श) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो । राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक उक्त सभाबाट गत वर्षको कात्तिकमै प्रतिनिधिसभामा आएको थियो । उक्त विधेयकलाई प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दफावार छलफल समेत भएर आएको थियो । विधेयकका अनलाइनबाट व्यापार गर्न अनिवार्य रूपमा प्लेटफर्म दर्ता गर्नुपर्ने व्यवस्था राखिएको छ । विधेयकले मुख्यगरी यी मध्यस्थ अनलाइन प्लेटफर्मलाई नियमन गर्ने व्यवस्था गरिएको छ । विक्रेतासँग सम्झौता नगरी मध्यस्थकर्ताले सामान प्रदर्शन वा विक्रीमा राखेमा, वारेन्टी तथा ग्यारेन्टी सम्बन्धी सर्त पालना नगरेमा, प्रदर्शनमा राखिएको सट्टा अर्...
सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
राजनीति, समाचार

सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

नेपालअखबार, काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारले संसदमा दर्ता गराएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकपछि प्रचार विभागका प्रमुख प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएका अध्यादेशहरूमा संसदमा पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरेको उल्लेख छ। सरकारले माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश दर्ता गरे पनि निर्णयार्थ पेस हुन सकेको छैन। भूमिसम्बन्धी अध्यादेशमा राष्ट्रिय सभामा बहुमत पुग्ने नदेखिएपछि सरकारले अध्यादेश निर्णयार्थ पेस नगरेको हो। ‘संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको छ। संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर...
नेपाली कांग्रेसले प्रदेशस्तरीय अभियान आयोजना गर्दै
राजनीति, समाचार

नेपाली कांग्रेसले प्रदेशस्तरीय अभियान आयोजना गर्दै

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसले पार्टीले गरेका कामबारे जानकारी दिन सातै प्रदेशमा प्रदेशस्तरीय अभियान आयोजना गर्ने भएको छ ।  कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन बहादुर बिश्वकर्माले विज्ञप्ति जारी गर्दै सातैवटा प्रदेशका राजधानीमा “राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान” भन्ने नाराका साथ प्रदेशस्तरीय अभियान आयोजना गरिएको जनाएका हुन् । कांग्रेसले फागुन ९ गते कोशी प्रदेशको विराटनगर, १० गते मधेस प्रदेशको जनकपुर, १७ गते गण्डकीको पोखरा, १८ गते लुम्बिनीको बुटवल, २० गते कर्णालीको सुर्खेत र २१ गते सुदूरपश्चिमको धनगढीमा कार्यक्रम आयोजना गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यक्रममा नेपाली कांगेसका सम्बन्धित प्रदेशका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, प्रदेश सभाका माननीय सदस्यहरू, जिल्ला कार्यसमितिका...
प्रकृति लम्साल प्रकरणमा छानबिन गर्न एकीकृत समाजवादीको माग
राजनीति, समाचार

प्रकृति लम्साल प्रकरणमा छानबिन गर्न एकीकृत समाजवादीको माग

नेपालअखबार,काठमाडौं । भारतको ओडिसा राज्यमा रहस्यमय निधन भएकी प्रकृति लम्साल प्रकरणमा छानबिन अघि बढाउन नेकपा एकीकृत समाजवादीले माग गरेको छ । स्थायी कमिटी बैठकले लम्साल मृत्यु प्रकरणको छानबिन अगाडि बढाउन सरकारसँग माग गरेको हो ।बैठकले त्यहाँ रहेका अरु विद्यार्थीको सुरक्षाका निम्ति कूटनीतिक पहल लिन पनि माग गरेको छ ।...
राष्ट्रिय सभा बैठकमा पानीजहाज सञ्चालनसम्बन्धी विधेयक प्रस्तुत हुँदै
राजनीति, समाचार

राष्ट्रिय सभा बैठकमा पानीजहाज सञ्चालनसम्बन्धी विधेयक प्रस्तुत हुँदै

नेपालअखबार,काठमाडौँ । संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक मंगलबार बस्दैछ। आज दिउँसो १ः१५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को पैंसठ्ठीऔं वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नेछन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।...
संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ ।। संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै उनले विद्युतीय व्यापार (इ–कमर्श) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ।...