Monday, July 13

समाचार

पुस १५ सम्म बुटवलका विद्यालयमा सार्वजनिक बिदा
शिक्षा, समाचार, समाज

पुस १५ सम्म बुटवलका विद्यालयमा सार्वजनिक बिदा

नेपालअखबार,काठमाडौँ । बुटवलका विद्यालयहरू भोलिदेखि पुस १५ गतेसम्म बिदा हुने भएका छन्। बुधबार बिहानैदेखि हुस्सुसँगै अत्यन्त चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो। उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुधबार सूचना जारी गर्दै केही दिनदेखि सुरू भएको बाक्लो हुस्सु र बुधबारदेखि शितलहर पर्न थालेपछि अत्यधिक चिसो बढेकोले उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरिएको जनाएका हुन्। उपमहानगरपालिकाले वार्षिक बिदाबाट कट्टी हुने गरी पुस ११, १३ र १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ। भोलि १० गते क्रिसमसको अवसरमा सरकारले यसअघि नै सार्वजनिक बिदा घोषणा गरिसकेको छ भने १२ गते शनिबार तथा १५ गते तमु ल्होसार परेकोले सार्वजनिक बिदा परेको छ। यही बीचमा चिसो बढेपछि उपमहानगरपालिकाले पनि तीन दिन बिदा...
समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरू
प्रशासन, राजनीति, समाचार

समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरू

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ। आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ। यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा नजिकिँदै गर्दा राजनीतिक दलले आन्तरिक तयारी तीव्र पारेका हुन्। विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दल र नयाँ दर्ता भएका सबै दलले समानुपातिक सूची तय गर्न आवश्यक राजनीतिक छलफल तथा तयारी गरिरहेका छन् । मङ्गलबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेका थिए। सरकारले निर्वाचनका लागि आवश्यक ...
सर्वपक्षीय सरकार गठन गर्न विप्लव नेतृत्वको नेकपाको माग
राजनीति, समाचार

सर्वपक्षीय सरकार गठन गर्न विप्लव नेतृत्वको नेकपाको माग

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाको कदर नगरेको भन्दै विरोध जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग १३ बुँदे माग सम्बोधन गर्न भनेका हुन् । उनले वर्तमान अन्तरिम सरकारलाई भंगगरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न माग गरेका छन् । संविधान संशोधन गर्नुपर्ने उनको अर्को माग छ । ‘जेनजी विद्रोहको भावनाअनुरुप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई गर्नुपर्छ’ उनलेको माग छ । यस्ता छन् उनका मागहरू...
प्रचण्ड र माधव नेपालले भेटे झलनाथ खनाल पत्नी रविलक्ष्मीलाई
राजनीति, समाचार

प्रचण्ड र माधव नेपालले भेटे झलनाथ खनाल पत्नी रविलक्ष्मीलाई

नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई भेटेका छन्। जेनजी आन्दोलनमा घर आगजनीमा पर्दा रविलक्ष्मी घाइते भएकी थिइन्। कीर्तिपुर बर्न अस्पतालमा उपचार गराएर उनलाई उप उपचारका लागि भारतका अस्पताल लगिएको थियो। उपचार गराएर उनी हालै स्वदेश फर्केकी थिइन्। संयोजक र सहसंयोजकले रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ। चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी प्राप्त भएको संयोजक प्रचण्डको सचिवालयको भनाइ छ।...
पाथीभरा क्षेत्र विकास समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने
समाचार, समाज

पाथीभरा क्षेत्र विकास समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने

नेपालअखबार,काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने भएको छ । आफूसँग भएको सुनचाँदी लिलाम बिक्री गर्ने भन्दै समितिले बुधबार बोलपत्र सूचना निकालेको छ । सूचनाअनुसार समितिले सिफाइन सुन १७८ तोलामा ८२ लाल र रिफाइन चाँदी ५ हजार २९८ तोलामा १२ लाल लिलाम बिक्री गर्न लागेको हो । इच्छुक व्यक्ति वा फर्महरूले बुधबारको मितिले २१ दिनभित्र तोकिएको प्रक्रिया पूरा गरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।...
एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान
प्रशासन, समाचार

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

नेपालअखबार,खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२-८३ का लागि स्वीकृत भएको रु ६६ करोड बराबरको १२३ आयोजनाको ठेक्का गर्नुपर्ने जनाइएको छ । ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए । उनले भने, “जग्गाको स्वामित्व नरहेको तथा स्थानीयको विवाद रहेको जस्ता आयोजनाको ठेक्का आह्वान गर्न बाँकी छ । ती आयोजनाको पनि चाँडै ठेक्का आह्वान गरेर प्रक्रिया अगाडि बढाउँछौँ ।” दश स्थानीय तह रहेको खोटाङमा आव २०८२-८३ का लागि प्रदेश सरकारबाट स्वीकृत भएको रु एक अर्ब बढीका १६४ आयोजना परेका छन् । पूर्वाधार कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा सडक कालोपत्र, सडक विस्तार तथा स्तरोन्नति, मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्मा...
राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो ८० जना कर्मचारी
प्रशासन, समाचार

राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो ८० जना कर्मचारी

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार ८० जना कर्मचारी माग गरेको छ । कार्यालयले एक सूचनामार्फत मोरङ, धनुषा, काठमाडौँ, कास्की, दाङ, सुर्खेत र कैलालीका लागि सुपरीवेक्षक २० र गणक ६० जना माग गरेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले करार सेवामा नियुक्तिका लागि आजको मितिबाट १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।...
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
कृषि, समाचार, समाज

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

नेपालअखबार, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेका छन् । शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गरेका छन् । गाईभैँसीको गहुँतलाई भकारोबाट पाइपमार्फत ड्रममा सङ्कलन गरी त्यसमा तितेपाती, असुरो, वनमारा र खिर्रोको पात मिसाएर विषादी बनाई सुन्तला र तरकारीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेको शर्माले बताए । ‘रासायनिक मल र विषादीको विकल्पमा जैविक मल उत्पादन गर्न फार्ममै एक भैँसी, तीन गाई र १४ वटा बाख्रा पालेको छु”, उनले भने, ‘जैविक विषादीको प्रयोगबाट दिगो कृषि, स्वस्थ्य उपज उत्पादनका साथै पर्यावरण सन्तुलन कायम राख्न सहयोग पुगेको छ ।’ जैविक विषादीलाई पानीको मात्रा मिलाएर सुन्तलाको बोट र तरकारी बालीमा छर्कँदा मल र शत्रुजी...
प्रतिनिधिसभा विघटनविरुद्ध ६८ सांसदको रिटमा आज पेसी
राजनीति, समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध ६८ सांसदको रिटमा आज पेसी

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटमा आज पेसी तोकिएको छ । ६८ सांसदहरुको वारेसमार्फत् पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार रिट दायर गरेका थिए । सो रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनर्स्थापनाको माग गरिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि प्रतिनिधि सभा विघटन गरी २७ गते सुशीला कार्की नेतृत्वको चुनावी सरकार गठन गरिएको थियो । प्रतिनिधि सभा विघटन र चुनावी सरकार गठन असंवैधानिक भएको जिकिर गर्दै यसअघि गत मंसिर १० गते नेकपा एमालेका ७५ सांसदहरुले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट दायर गरेका थिए । यसैगरी मंसिर २३ गते कांग्रेसका ८ जना सांसदहरुले पनि रिट दायर गरेका थिए । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतले दायर गरेको रिटमा यही पुस २ गते सर्वोच्चले कारण ...
कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अनलाइन इन्ट्री आज मध्याह्न १२ बजेसम्म मात्रै
राजनीति, समाचार

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अनलाइन इन्ट्री आज मध्याह्न १२ बजेसम्म मात्रै

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको नवीकरण आज (बुधबार) मध्याह्न १२ बजेसम्म मात्रै गर्न सकिने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार मध्याह्न १२ बजे नवीकरणको ‘डाटा इन्ट्री’ बन्द हुन लागेको हो । बैठकपछि समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ले ‘क्रियाशील सदस्यता नवीकरणको अनलाइन ‘सिस्टम’ बुधबार मध्याह्न १२ बजे लक गरिने जानकारी दिएका थिए । उनकाअनुसार बुधबार साँझ नै समितिले नवीकरण भएका क्रियाशील सदस्यता प्रमाणीकरण गरेर पार्टीलाई बुझाउने छ । समितिका अनुसार नयाँ क्रियाशील सदस्यताको विवरण भने बिहीबार राति १२ बजेसम्म ‘इन्ट्री’ गर्न पाइने छ ।  यो सिस्टम पनि ‘अटो लक’ हुने छ । समितिले शुक्रबार नयाँ क्रियाशील सदस्यता प्रमाणीकरण गरेर पार्टीलाई बुझाउने तयारी गरेको छ ।समितिले सदस्यता नवीकरणको ‘इन्ट्री’ जिल्ला सभापतिमार्फत् र नयाँ सदस्यत...