Monday, July 13

समाचार

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त
प्रशासन, समाचार

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । ७ जिल्ला न्यायाधीशहरूलाई पुस १५ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगका सूचना अधिकारी नारायाणप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन अधिकृतहरूले पुस १६ गते सम्बन्धित प्रदेशमा कार्यालय स्थापना गर्नेछन् । को कहाँ अधिकृत ? कोशी प्रदेश– न्यायाधीश भीष्मराज प्रसाईं मधेश प्रदेश– न्यायाधीश शुभाषबाबु पुरी बागमती प्रदेश– न्यायाधीश गीता श्रेष्ठ गण्डकी प्रदेश– न्यायाधीश हिमलाल वेल्वासे लुम्बिनी प्रदेश– न्यायाधीश प्रकाशप्रसाद पण्डित कर्णाली प्रदेश– न्यायाधीश दीपक ढकाल सुदूरपश्चिम प्रदेश– भुवनसिंह थापा...
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफू नेपाली नै हुन नसकेको भन्दै गुनासो
राजनीति, समाचार

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफू नेपाली नै हुन नसकेको भन्दै गुनासो

नेपालअखबार, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफू नेपाली नै हुन नसकेको भन्दै गुनासो गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले टीकापुर विद्रोहबारे सरकारलाई थाहा भए पनि यसमा जोडेर आफूलाई नेपाली बन्न नदिइएको गुनासो गरेका हुन् । ‘टीकापुर विद्रोहबारे सरकारलाई राम्रो जानकारी छ । पटक–पटक प्रधानमन्त्री बनेका ठूला दलका तीनैजना नेतालाई थाहा छ । तर पनि नेपाली बन्न सकिनँ । जेलबाट विद्रोह गरेर जन्माइएको पार्टी नागरिक उन्मुक्ति पार्टी नेपाल हो,’ उनले भने, ‘टीकापुर घटनामा ३०० जना थारुविरुद्ध मुद्दा लगाइयो । साढे आठ वर्ष जेल जीवन बिताउन बाँध्य बनाएपछि निर्दोष भनेर कसैलाई अदालतले पनि रिहा गरिदियो तर त्यसको क्षतिपूर्ति सिंगो समुदायलाई के ?’ उनले थारुहरू राज्यको कार्यकारी भूमिका पुग्न नसक्नुको कारण के हो ? भन्दै प्रश्न पनि गरे ।...
अमेरिका, अस्ट्रेलिया पठाउने भन्दै ठगी, पक्राउ परे कन्सल्टेन्सी सञ्चालक
प्रशासन, समाचार

अमेरिका, अस्ट्रेलिया पठाउने भन्दै ठगी, पक्राउ परे कन्सल्टेन्सी सञ्चालक

नेपालअखबार, काठमाडौं । अमेरिका, अस्ट्रेलिया, क्यानडा, यूकेलगायतका देशहरूमा पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लैनचौरमा रहेको युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक सूर्यबहादुर डाँगी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले कलेज फि, इन्स्योरेन्स पोलिसीका लागि भन्दै २६ लाख ८ हजार ५६५ रुपैयाँ लिएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।...
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६५ निवर्तमान सांसदले गरेको हस्ताक्षर सर्वोच्चमा
राजनीति, समाचार

प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६५ निवर्तमान सांसदले गरेको हस्ताक्षर सर्वोच्चमा

नेपालअखबार, काठमाडौँ ।  नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको हस्ताक्षर सर्वोच्च अदालत पुगेको छ। कूल ८७ जनामध्ये ६५ जनाको हस्ताक्षरसहित पूरक निवेदन सर्वोच्च अदालत पुगेको हो। कांग्रेसका थप सांसदहरूले हस्ताक्षर वारेस पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीमार्फत दर्ता गराएको सर्वोच्च अदालतका सहरजिस्ट्रार एवं प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। ‘थप हस्ताक्षरसहित निवेदन आएको छ। भोलि पूरक निवेदनसहित पेसी चढ्छ,’ उनले भने। यसअघि कांग्रेसको विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ जनाले मंसिर २३ गते सर्वोच्चमा रिट दर्ता गरेको थियो। रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ। यसमै स्वतन्त्र निवर्तमान सांसद योगेन्द्र मण्डल, जसपा र जनमतका एक एक जना सांसदले पनि प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छन्। यस्तै नेकप...
राष्ट्रपतिसँग चिनियाँ राजदूतको बिदाइ भेट
राजनीति, समाचार

राष्ट्रपतिसँग चिनियाँ राजदूतको बिदाइ भेट

नेपालअखबार,काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् । कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आइतबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आएर बिदाइ भेट गरेका हुन् । भेटमा नेपाल-चीनबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।...
निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी छ : वर्षमान पुन
राजनीति, समाचार

निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी छ : वर्षमान पुन

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवाले देशको नेतृत्व गर्ने बेला अएको बताएका छन् । मंगलबार काठमाडौंमा शहीद स्मृति स्पोर्टस एकेडेमीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुनले यस्तो बताएका हुन् । जेनजी आन्दोलनपछि युवा पुस्ताले देशको नेतृत्व गर्न चाहेको बताउँदै उनले युवाहरूले आफूूभन्दा अग्रजहरूलाई सम्मान गर्दै, उनीहरुको अनुुभवलाई लिएर आफूूलाई नेतृत्वका लागि तयार गर्ने समय आएको बताए । नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी गरेको पनि उनले बताएका छन् ।‘पचास प्रतिशतभन्दा बढी युवाहरु हाम्रो पार्टीको तर्फबाट प्रतिस्पर्धामा जाओस् भन्ने गरी हामीले तयारी गरिरहेका छौँ’ उनले भनेका छन्, ‘बढीभन्दा बढी युवाहरु आगामी निर्वाचनमा प्रतिस्पर्धामा आओस् र नेतृत्वमा पनि आउनुपर्छ भन्ने हाम्रो चाहना छ ।’...
जाँचबुझ आयोगले बयानका लागि लेखकलाई पठायो पत्र
राजनीति, समाचार

जाँचबुझ आयोगले बयानका लागि लेखकलाई पठायो पत्र

नेपालअखबार, काठमाडौँ । जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र नकाटिएको उनको भनाइ छ ।...
संयुक्त राष्ट्र संघको प्रतिबन्ध विपरित पाकिस्तानले लिबियाका विद्रोहीलाई ४ अर्ब डलरको हतियार बेच्दै!
प्रशासन, विश्व, समाचार

संयुक्त राष्ट्र संघको प्रतिबन्ध विपरित पाकिस्तानले लिबियाका विद्रोहीलाई ४ अर्ब डलरको हतियार बेच्दै!

नेपालअखबार,काठमाडौं । पाकिस्तानले संयुक्त राष्ट्र संघको हतियार प्रतिबन्ध विपरित भिषण गृहयुद्धमा फसेको लिबियाको लिबियन नेशनल आर्मीलाई (एलएनए) हतियार बेच्न लागेको छ। पाकिस्तानले लिबियाको अन्तर्राष्ट्रिय मान्यता पाएको सरकारविरूद्ध लडिरहेको सो लडाकू समूहलाई चार अर्ब डलरभन्दा बढीको हतियार बेच्ने सम्झौता गरेको भनेर चार पाकिस्तानी अधिकारीहरूको हवाला दिँदै समाचार संस्था रोयटर्सले जनाएको छ। गत हप्ता पूर्वी लिबियाको सहर बेन्गाजीमा पाकिस्तानका सेना प्रमुख असिम मुनिर र एलएनएका उप-कमाण्डर सद्दाम खलिफा हफ्तरबीचको भेटपछि सो सम्झौता टुङ्ग्याइएको हो। यो पाकिस्तानले अहिलेसम्म गरेको सबैभन्दा ठूलो हतियार बिक्रीमध्येको एक मानिएको छ। रोयटर्सले सम्झौताको मस्यौदा प्रतिलिपि फेला पारेको भन्दै पाकिस्तानले १६ वटा जेएफ-१७ लडाकु विमान र आधारभूत पाइलट प्रशिक्षणका लागि प्रयोग गरिने १२ वटा 'सुपर मुशाक' प्रशिक्षक ...
पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै राम्चेडाँडा
समाचार, समाज

पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै राम्चेडाँडा

नेपालअखबार,वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको हो । रमणीय ठाउँ रहेकाले यस ठाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी पूर्वाधार निर्माण गर्ने काम भइरहेको वालिङ–१२ वडाध्यक्ष विश्वजङ्ग गुरुङले जानकारी दिए । विभिन्न समयमा वडा, नगर, प्रदेश तथा सङ्घबाट यस ठाउँमा पर्यटन पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भइ काम भइरहेको उनले बताए । ‘गाउँका मानिसहरू सहरकेन्द्रित बसाइँ सर्ने दर दिनप्र...
कस्तो अवस्थामा अयोग्य हुन्छन् समानुपातिक सूचीमा रहेका उम्मेदवार ?
राजनीति, समाचार

कस्तो अवस्थामा अयोग्य हुन्छन् समानुपातिक सूचीमा रहेका उम्मेदवार ?

नेपालअखबार,काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ । निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० जना भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ । पछिल्लो पटक आयोगले समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा एक समिति गठनगरी आवश्यक अध्ययनसमेत गराएर जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गरिसकेको छ । प्रतिनिधिसभा सदस्...