Saturday, August 15

समाज

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
समाचार, समाज

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

नेपालअखबार ,म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । गाउँपालिकाको केन्द्र लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १० दशमलव पाँच किलोमिटर  सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए। इमाटोल कन्ट्रक्सनले विसं २०७६ साउन ६ गते ठेक्का सम्झौता गरेको यो योजना विसं २०७७ फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पेस्कीबापत लगेको रु ९७ लाख फिर्ता गरेर जम...
साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम
समाचार, समाज

साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम

नेपालअखबार, हेटौंडा । नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१र८२ मा विशेष कार्यक्रम ल्याउने भएको छ । यसका लागि प्रदेशभित्रै उत्पादन र बजारीकरणमा संलग्न गराउने गरी युवा शक्तिलाई परिचालनका निम्ति प्रदेश सरकारले सूक्ष्म ढंगले अध्ययन गरिरहेको बताइएको छ । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, बागमती प्रदेशको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ–बागमती प्रदेशको संयोजनमा विहीबारबाट सञ्चालित साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम उद्घाटन गर्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले भन्नुभयो, ‘बागमती प्रदेशमा पर्यटन, वनक्षेत्र, उत्खनन क्षेत्रमा आधारित मौलिक हिसाबले बनाइएका बस्तुुहरुको माग छ । स्वदेशी तथा विदेशी पर्यटकह...
करेन्ट लागेर धनुषामा युवकको मृत्यु
समाचार, समाज

करेन्ट लागेर धनुषामा युवकको मृत्यु

नेपालअखबार, धनुषा। धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ। आज बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले घटनाको पूर्ण विवरण प्राप्त भई नसकेको बताउँदै वन्यजन्तुबाट बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धराप (करेन्ट) मा परेर महतोको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए। ‍महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए।...
महोत्तरीका किसानले पाए उखुको भुक्तानी
कृषि, समाचार, समाज

महोत्तरीका किसानले पाए उखुको भुक्तानी

नेपालअखबार , महोत्तरी। महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन्। जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो। उखुको मूल्य भने समुचित निर्धारण नभएको भन्दै किसानले गुनासो गरेका छन्। ‘यसपालि उखु मिलबाट सबै रकम पाइयो,’ भङ्गाहा–४ रामनगरका किसान अरुण गिरीले भने, ‘तर उखुको मूल्य निर्धारणमा भने हामी ठगिएका छौं।’ आफ्नो उत्पादनले कति मूल्य पाउने निधोबिना नै उखु तौलाएर उद्योगलाई बुझाउन परेको गिरीसहितका किसानको गुनासो छ। उखु किसानको प्रतिनिधि संस्था उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बर्सेनि चिनीको मूल्य अनुपात र खेती लागतको मूल्यांकनलाई मूल्य निर्धारणको आधार बनाइनुपर्ने बताए। अध्यक्ष कुशवाहका अनुसार किसानले चिनीको बिक्री मूल्य र खेतीको लागत मूल्याङ्कनका आधारमा कमसेकम रु सात सय प...
टोफल आईबीटी अंक अस्ट्रेलियाली भिसाका लागि मान्य हुने
विदेश, शिक्षा, समाचार, समाज

टोफल आईबीटी अंक अस्ट्रेलियाली भिसाका लागि मान्य हुने

नेपालअखबारकाठमाडौं । अब सबै अस्ट्रेलियाली भिसाका लागि टोफल आईबीटी अंक पनि मान्य हुने भएको छ । ईटीएसले बुधबार एक विज्ञप्ति जारी गर्दै ५ मे, २०२४ देखि टोफल आईबीटी अंक सबै प्रकारका अस्ट्रेलियाली भिसाका लागि मान्य हुने जानकारी दिएको छ । ईबीएसले विश्वव्यापी रूपमा टोफल परीक्षा सञ्चालन गर्दै आएको छ । योसँगै अस्ट्रेलियामा अध्ययन र काम गर्नुका साथै बसाइँ सर्न चाहनेहरूलाई थप सहज हुनेछ । टोफल आईबीटीलाई अष्ट्रेलियाका शतप्रतिशत विश्वविद्यालयहरूले स्वीकार गरेकाले अब टोफल आईबीटी अंकको आधारमा अष्ट्रेलियाली भिसाको लागि आवेदन दिन सक्ने जनाएको छ । ईटीएस भारत र दक्षिण एशियाका कन्ट्री म्यानेजर सचिन जैनका अनुसार अष्ट्रेलियाको गृह मामिला विभाग (डीएचए) ले समीक्षा गरेसँगै अस्ट्रेलिया जान अंग्रेजी भाषा परीक्षणको लागि टोफल आईबीटी अंकलाई मान्यता दिने भएको हो । ‘टोफल आईबीटी परीक्षणको मान्यतासँगै, ईटीएसले अ...
बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री
समाचार, समाज

बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री

नेपालअखबार,बेदकोट। बेदकोट पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा र छन्। छाप्रामा तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छन् भने कोही बिक्रीमा व्यस्त छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी तर्बुजा बेच्नेको भीड छ। महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरु यहाँ रोकिएर तर्बुजा खरीद गर्ने गर्छन्। कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले गत चैतदेखि राजमार्ग छेउमा तर्बुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थापेका हुन्। वनरा नदीको बगरमा तर्बुजा खेती गर्ने उनी बर्सेनि राजमार्गमा छाप्रो बनाएर तर्बुजा बिक्री गर्दै आएका छन्। ‘बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा तर्बुजा, काक्रा, फर्सी खेती गरेको छुँ । यसैबाट घरखर्च चलेको छ,’ रामकृष्णले भने, ‘दैनिक ३/४ हजारको बिक्री हुन्छ।’ उनका अनुसार चैत महिनादेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थाप...
ओमसाई पाथिभरा हस्पिटलद्वारा चार सय आमा सम्मानित
समाचार, समाज

ओमसाई पाथिभरा हस्पिटलद्वारा चार सय आमा सम्मानित

नेपालअखबार,भद्रपुर । मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने पर्वको अवसरमा ओमसाई पाथिभरा हस्पिटलले चार सयभन्दा बढी वृद्धाहरुलाई आज सम्मान गरेको छ । सम्मान ग्रहणका लागि विभिन्न क्षेत्रबाट आउनु भएको आमाहरुको भीडले भद्रपुर–८ स्थित हस्पिटलका अध्यक्ष दिपक पोखरेलको निवास आज दिनभरि खचाखच थियो । हस्पिटलका अध्यक्ष दिपक पोखरेल र प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम) लगायतले आमाहरुलाई साडी र नगद प्रदान गर्दै भोजन गराउनु भएको थियो । हस्पिटलले आमाको मुख हेर्ने पर्वका दिन यसरी ज्येष्ठ महिलाहरुलाई ठूलो संख्यामा सम्मान गरेको यो तेस्रोपटक भएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताउनुभयो । “आमाभन्दा ठूलो यस धरतीमा कोही पनि छैन,” अध्यक्ष पोखरेलले कार्यक्रम बारे जानकारी दिदै भन्नुभयो–“आज समाजमा कैयन बाबुआमाहरु बुढेसकालमा अपहेलित र एक्लो जीवन बिताउन बाध्य छन् । हामीले सबै आमाहरुलाई एकैठाउँमा भेला ...
मुस्ताङको चराङ-छोसेर सडक आयोजना बनेन
समाचार, समाज

मुस्ताङको चराङ-छोसेर सडक आयोजना बनेन

नेपालअखबार,  म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ-छोसेर खण्डमा सडक निर्माण अधुरो रहेको छ । पाँच वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको उक्त खण्डको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए । ‘विसं २०७३ मा सुरु भएको निर्माणले अझै पूर्णता पाएको छैन’, उनले भने, ‘पछिल्लो डेढ वर्षयता निर्माण कार्य झनै सुस्त बनेको छ ।’ लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट लोमान्थाङ गाउँपालिका-१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न विसं २०७२ मा तामाङ-गौरी-पार्वती-कोशी एन्ड न्यौपाने जेभीले रु २६ करोडमा ठेक्का लिएको थियो । धुलोमा गाडी फस्ने, उकालो, साँघुर...
मानहुँकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला
प्रशासन, समाचार, समाज

मानहुँकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला

नेपालअखबार, तनहुँ ।तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय मानहुँकोटमा घर निर्माण प्रक्रिया खुल्ला गरिएको छ। पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको मानहुँकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। मानहुँकोटमा स्थानीयवासीले बस्ती छाड्दै जाने र बाहिरबाट जानेहरुले जथाभावी घर निर्माण गर्न थालेपछि नगरपालिकाले घर निर्माण प्रक्रिया रोकेको थियो। पर्यटकीय क्षेत्रको मौलिकता कायम गर्नका लागि यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए। नगरपालिकाले निकास नखुलेका घरजग्गाहरु समेत समेटी मानहुँकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजना अगाडि बढाउने निर्णय गरेको उनको भनाइ छ। मानहुँकोटमा घर निर्माण गर्दा मौलिकता झल्कने खालका निर्माण गर्न दिने विषयमा छलफल भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए। यहाँ ...
मुग्लिन–पोखरा सडकका १३ वटा पुल सम्पन्न, ११ निर्माणधीन
समाचार, समाज

मुग्लिन–पोखरा सडकका १३ वटा पुल सम्पन्न, ११ निर्माणधीन

नेपालअखबार,तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ। पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन्। तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको १३ पुल सम्पन्न भएका छन् भने पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्ये ११ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ। पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर र पश्चिम खण्डको ३८ दशमलव ८८ किलोमिटर सडकमा निर्माण भइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए। उनका अनुसार पूर्वी सडकअन्तर्गत दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीनवटा ठूला पुल निर्माण भइरहेको छ। यस खण्डमा हालसम्म ५७ प्रतिशत कार्यप्रगति भएको छ। उक्त खण्डमा हालसम्म १८ किमी चार लेन र नौ किमी दुई लेन सडक कालोपत्र भइसकेको छ। त्यसैग...