नक्कली पत्रकार सक्कली पत्रकारको फेला परेपछि नक्कली पत्रकार जेलमा
कपिल पौडेल ,पोखरा । नक्कली पत्रकार सक्कली पत्रकारको फेला परेपछि नक्कली पत्रकार अहिले पोखरा रामबजार वडा प्रहरी कार्यलयको हिरास्तमा रहेका छन् । नेपालअखबार डट कमका सम्पादक जैनव खातुनलाई पोखरा वडा नम्बार १०मा रहेको उहाँको आफ्नो पसलमा बसि रहेको अवस्थामा तिन जना अपरिचित व्यक्तिले पत्रकार र आफुहरुसंग प्रशासन पहुच भएको भन्दै धम्कि दिएका थिए ।
धम्कि दिने व्यक्तिहरु पोखरा महानगर पालिका वडा नम्बार २६ वस्ने वर्ष ५६को टिकाराम अधिकारी, वर्ष २२को सुदिप तामाङ्ग र वर्ष ४५को नरेश राज भाट रहेका थिए ।
अहिले तिनै जना प्रहरी हिरासतमा रहेका छन् । रामबजार प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको बताएको छ । म पत्रकार हुँ भन्दै सम्पादक जैनवलाई धम्कि दिने टिकराम अधिकारीले आफ्नो नजिकको मान्छे सिडियो रहेको बताउदै धम्कि दिएका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले यस्ता नक्कली पत्रकारहरुले गर्दा पत्र...










