परदेशमा भोगेको दुःखले मिल्यो स्वदेशमै उद्यमी गर्ने उत्प्रेरणा
गोरखा । विष्णु मग्राती २०५६ साल ताका गाउँकै नवज्योती माध्यामिक विद्यालयमा शिक्षक थिए ।
गोरखा नगरपालिका–७ डण्डीडाँडाको उक्त विद्यालयको नीजि स्रोतमा झण्डै साढे ३ बर्ष पढाउदा उनलाई मनमा कत्ति सन्तोष मिलेन ।
सँगैका साथीभाई विदेश गएर कमाउन थालेपछि मग्रातीलाई प्रावि तहको तलब आँखा लाग्नै छाड्यो । त्यसपछि उनि पनि मलेशिया हानिए । धेरै पैसा कमाउने सपना बोकेर २०५९ सालमा मलेशिया गएका मग्रातीलाई विदेश पुगेपछि मात्र थाहा भयो प्रदेशीको पिडा । ‘न भाषा बुझ्ने, न काम जानेको, सुरुमा त लाटो जस्तै भइयो’ उनि सम्झनछन् ‘सुरुका केहि महिनाका रात त रोएरै कटाए, अहँ आँखा झिमिक्कै नलाग्ने ।’
बिस्तारै वातावरण सहज बन्दै त गयो तर जुन सपना बोकेर गएका थिए त्यहाँ पनि उनले त्यो सम्भावना देख्न छाडे । तर के गर्नु, जादाँ ऋण गरेका गएका उनलाई जसो तसो साहुको ऋण तिर्नुपर्ने बाध्यता पनि थियो ।
त्यति मात्रै होइन विदेश गएका छ...
