Tuesday, September 1

प्रशासन

काठमाडौँ र ललितपुरका यी स्थानमा भोलि विद्युत् आपूर्ति बन्द हुने
प्रविधि, प्रशासन, समाचार

काठमाडौँ र ललितपुरका यी स्थानमा भोलि विद्युत् आपूर्ति बन्द हुने

नेपालअखबार, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले टेकु सब स्टेसनबाट आपूर्ति भइरहेको विद्युत् भोलि दिउँसो बन्द हुने बताएको छ । लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाद्वारा टेकु सब स्टेसन स्तरोन्नति गर्ने भएकाले भोलि  विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “टेकु स्युचाटार ६६ केभी लाइन १३२ के.भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ । प्रथम चरणको सब स्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुई वटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ ।” प्राधिकरणले आज सूचना जारी गरी साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो । सूचनामा थप भनिएको छ “टेकु सब स्टेसनबाट आपूर्ति भइरहेकाले विभिन्न क्षेत्रमा उल्लेखित फिडरहर...
ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रशासन, समाचार

ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालअखबार, पाेखरा। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरा-२५ हेम्जा मिलनचोक ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । पोखरा-बाग्लुङ सडक खण्डमा तिव्र गतिका कारण दिनानुदिन बढ्दै गरेको सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम समपन्न गरेको छ । जनचेतनामूलक प्ले कार्ड र पम्पलेट सहित सञ्चालन गरिएको उक्त कार्यक्रममा वडाका जनप्रतिनिधी, ट्राफिक प्रहरी, सवारी चालक तथा वडा वासिहरुको उपस्थिती रहेका थिए । उक्त कार्यक्रममा अस्थाई ट्राफिक प्रहरी पोष्ट बगरका ईन्चार्ज कृष्ण बहादुर लामिछाने आम नागरिकले आ-आफनो ठाउँबाट आपनो दायित्व पूरा गरेमात्र सडक दुर्घटना न्यूनीकरण र सुरक्षित समाज निर्माण गर्न सकिने बताउनु हुदै ट्राफिकको एकल प्रयासले मात्र सवारी दुर्घटना न्यूनीकरण गर्न असम्भव भएको भन्दै सबैको साथ र सहयोगको लागि अपिल समेत गरेका छन् । लामिछानेले उक्...
नेपालमा सुन तस्करी गरेको आशंकामा चिनियाँ नागरिक पक्राउ
प्रशासन, समाचार

नेपालमा सुन तस्करी गरेको आशंकामा चिनियाँ नागरिक पक्राउ

नेपालअखबार, काठमाडाैं। अवैध रूपमा आएको सुन बरामदको घटनामा थप एक जना पक्राउ परेका छन्। राजश्व अनुसन्धान कार्यालयले बिहीबार चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। लिन जेछियाङ नामका ती चिनियाँ नागरिक नेपालमा अवैध सुन भित्र्याउने प्रमुख व्यक्ति हुनसक्ने देखिएको स्रोतले बतायो। ‘अहिलेसम्मको अनुसन्धानमा उनी नै प्रमुख देखिन्छन्। थप अनुसन्धानबाट यो भन्दा माथिका मानिस समातिन सक्छन्,’ स्रोतले भन्यो। बुधबार साँझ उनी बस्ने ठाउँमा राजश्व अनुसन्धान कार्यालय र त्यहाँ रहेको सशस्त्र प्रहरी बलको टोलीले छापा मारेको थियो। छापा मारेर उनको पासपोर्टहरू समेत बरामद गरेको थियो।  जसकारण उनी भाग्न सकेनन्। उनी अध्यागन कार्यालयमा पुगेको बेलामा पक्राउ परेका हुन्। उनी बिगत ४-५ महिनादेखि नेपालमा थिए। मंगलबार विमानस्‍थलको भन्सार जाँचपास भएर निस्किएको ब्रेक शुबाट प्रहरीले अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको अनुमान ...
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
अर्थ, प्रशासन, समाचार

अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

नेपालअखबार, काठमाडौँ । चालु आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो । “वार्षिक स्वीकृत कार्यक्रममा समावेश भएको कार्यक्रम कार्यान्वयन गर्न कार्यविधि, निर्देशिका, मापदण्ड संशोधन गर्नुपर्ने वा नयाँ तर्जुमा गर्नुपर्ने भएमा अर्थ म...
चीन उड्न लागेका शंकास्पद चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
प्रशासन, समाचार

चीन उड्न लागेका शंकास्पद चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

नेपालअखबार, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ओसार–पसारमा संलग्न आशंकामा एक जनालाई पक्राउ गरिएको छ । चीन जान लागेका लिङ चुवानलाई पक्राउ गरिएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले बताए । ‘चिनियाँ नागरिकबारे शंका लागेको हुनाले नियन्त्रण गरिदिन आग्रह भएको थियो’ महानिर्देशक अधिकारीले भने– ‘ती चिनियाँलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएका छौँ ।’ बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद गरिएको करिब १ सय किलो सुन कारोबारमा उनी संलग्न रहेको विभागको आशंका छ ।...
त्रिभुवन विमानस्थलको भन्सार जाँचपासका कर्मचारीलाई निलम्बन गर्ने तयारी
प्रशासन, समाचार

त्रिभुवन विमानस्थलको भन्सार जाँचपासका कर्मचारीलाई निलम्बन गर्ने तयारी

नेपालअखबार, काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटतस्करीको सुन जाँचपास गराइएको प्रकरणमा संलग्न कर्मचारीलाई निलम्बनको तयारी भएको छ ।  भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जाँचपासमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गरी अनुसन्धान गर्न लागिएको बताए । कुराकानी गर्दै पौडेलले भने, ‘संलग्न कर्मचारीबारे छानबिन गरेर हदैसम्मको कारबाही हुन्छ । अहिले अनुसन्धान भइरहेको छ ।’ विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार बुधबार बिहान भन्सार जाँचपास गर्ने क्रममा शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा थिए । चन्द र ढकालले नै उक्त सामानको चेकजाँच र जाँचपास गराएको पाइएको छ । विमानस्थल भन्सार स्रोतका अनुसार पैठारीकर्ताले आफ्नो विवरण उल्लेख गरी कार्गोमार्फत् ती सामान नेपाल ल्याएका थिए । कार्गोमार्फत् नेपाल आएको सामान विमानस्थलको कार्गोबाट सोझै भन्सार कार्यालयको...
सुन बरामद प्रकरणः एजेन्टसहित ६ जना पक्राउ
प्रशासन, समाचार

सुन बरामद प्रकरणः एजेन्टसहित ६ जना पक्राउ

नेपालअखबार, काठमाडाैं। राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन्। विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। पक्राउ परेकाको पहिचान खुलाइएको छैन। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो। विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो। त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताउए। सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए। सुन ८० देखि १०० किलोग्राम भएको अनुमान गरिएको छ। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो। ‘तथ्य खुल्न बाँकी छ ...
बागलुङको भूजीखोलामाथि बसपार्क !
प्रशासन, समाचार

बागलुङको भूजीखोलामाथि बसपार्क !

नेपालअखबार, ढोरपाटन । साँघुरो बजार, नमिलेको भूगोल । छेउमै उर्लिएको भूजीखोला । त्यही भूजीखोलामाथि बन्दै छ बुर्तिबाङ बसपार्क । बन्दै गरेको बसपार्क देख्ने कसैले पनि भन्दैनन्, कि यो ठाउँ सुरक्षित । तर नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले यहाँ बसपार्क निर्माण जारी राखेको छ । ढोरपाटन नगरपालिका-२ खप्तरीबाङ बुर्तिबाङ बजार र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको केन्द्रमा पर्ने हुँदा आयोजना कार्यालयले बसपार्क बनाउन यो ठाउँ रोजेको हो । लामो समयदेखि सास्ती खेप्दै आएका यातायात व्यवसायी, यात्रु र बुर्तिबाङ बजारवासीका लागि खप्तरीबाङमा बसपार्क बन्नु सुखद विषय त हो । तर, जोखिमयुक्त ठाउँमा बसपार्क निर्माण हुँदा भोली ठूला दुर्घटना निम्तिने खतरा पनि उत्तिकै छ । डेढ दशक अगाडि सडकले बुर्तिबाङ बजार जोडिएसँगै पश्चिम बागलुङको मुहार फेरियो । तर अहिलेसम्म बसपार्क अभावमा अहिलेसम्म सास्तीनै छ । मध्...
६ जना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
प्रशासन, राजनीति, समाचार

६ जना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

नेपालअखबार,  काठमाडौं । विभिन्न मुलुक तथा नियोगका लागि प्रस्तावित ६ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । यसअघि सरकारले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्रीको नाम सिफारिस गरेको छ । यस्तै, कुवेतका लागि प्रस्तावित राजदूतमा घनश्याम लम्साल, थाइल्याण्डका लागि प्रस्तावित राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूतमा सुधीर भट्टाराई छन् । संसद सचिवालयका सहसचिव एकराम गिरीका अनुसार उजुरी दिने समय १० दिनको रहनेछ । बिहीबार गोरखापत्रमा सूचना प्रकाशन...
काभ्रेमा लम्पी स्किन रोकथामका लागि खोप अभियान
प्रशासन, समाचार, समाज, स्वास्थ्य

काभ्रेमा लम्पी स्किन रोकथामका लागि खोप अभियान

नेपालअखबार, काभ्रे । लम्पी स्किन रोगको सङ्क्रमणबाट पशु मर्न थालेपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले खोप अभियान सुरु गरेका छन् । सङ्क्रमण भएका गाईवस्तुलाई औषधि उपचारसँगै निःशुल्क रुपमा खोप अभियान सञ्चालन गरिएको हो । बेथानचोक गाउँपालिकाले सङ्क्रमण फैलिन नदिन निःशुल्क खोप अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । “विशेष गरी लम्पी स्किन सङ्क्रमणबाट गाई मर्न थालेको जानकारी पाएपछि पशु प्राविधिक खटाएर खोप लगाउन अनुरोध गरेका थियौँ”, उनले भने, “त्यसले नधान्ने अवस्था भएपछि तत्काल विपद् कोषबाट बजेट व्यवस्थापन गरी निःशुल्क खोप लगाउने काम गरिरहेका छौँ ।” यस गाउँपालिकामा मात्रै हालसम्म लम्पी स्किनको सङ्क्रमणबाट २१ वटा गाई मरेका छन् । पालिकाका ६ वटा वडामध्ये १ र ६ मा अभियान सञ्चालन भइरहेको र अन्य वडामा सम्पन्न भइसकेको पालिकाले जनाएको छ । पालिकाले सुरुमा पाँच सय डोज ...