Saturday, August 8

प्रशासन

साउदी अरबमा वर्षको ठुलो सामूहिक मृत्युदण्ड
प्रशासन, विदेश, समाचार

साउदी अरबमा वर्षको ठुलो सामूहिक मृत्युदण्ड

नेपालअखबार, रियाद । साउदी अरबमा यस वर्षकै सबैभन्दा ठुलो सामूहिक मृत्युदण्ड दिइने भएको छ ।आतङ्कवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागिएको हो । मिडियाका अनुसार यी अपराधीहरूले मस्जिदमा आक्रमण गरेका थिए । यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए । यी पाँच दोषीमध्ये चार साउदी र एक इजिप्टका नागरिक थिए। आधिकारिक साउदी प्रेस एजेन्सीले प्रकाशित गरेको आन्तरिक मन्त्रालयको विज्ञप्तिमा आक्रमण कहिले भएको हो वा पूजा स्थललाई कसरी निशाना बनाइएको थियो ? भन्ने विषय चाहिँ उल्लेख गरिएको छैन मृत्युदण्ड दिने विधिबारे पनि विस्तृत जानकारी दिइएको छैन तर विगतमा साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइने गरेको घटना सार्वजनिक भइरहेका हुन्थे, जसकाकारण यो सामूहिक मृत्युदण्ड पनि सामूहिक रूपमा टाउको काटेर दिइने अनुमान गरिएको छ । यससँगै साउदी अरेबियाले यस वर्ष अहिलेसम्...
पोखरा महानगरपालिकाका साविक लेखनाथका वडाध्यक्ष एकठाँउमा जग्गाको मुल्यांकन नबढ्ने
प्रशासन, समाचार, समाज

पोखरा महानगरपालिकाका साविक लेखनाथका वडाध्यक्ष एकठाँउमा जग्गाको मुल्यांकन नबढ्ने

नेपालअखबार, पाेखरा।  पोखरा महानगरपालिका वडा नं. २६ देखी ३३ का वडाध्यक्षहरुले यस क्षेत्रको जग्गाको मुल्यांकन नबढाउने सहमति गरेका छन् । वडा नं. २६ को कार्यालयमा सोमबार भेला भएका वडाध्यक्षहरुले मालपोत कार्यालय लेखनाथले आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि प्रस्ताव गरेको जग्गाको मुल्यांकन यथावत राख्ने सहमति गरेका हुन । मालपोत कार्यालय लेखनाथका प्रमुख नारायण ढकालले आर्थिक बर्ष २०८०÷०८१ का लागि लेखनाथ क्षेत्रका जग्गाहरुको बर्गिकरण र मुल्यांकनका बिषयमा धारणा राखेपछि वडाध्यक्षहरुले जनतालाई मर्का पर्ने गरी मुल्यांकनमा संसोधन गर्न नहुने सुझाव दिएका थिए । यता पोखरा महानगरपालिकाको १३ औं नगरसभाले पनि सम्पत्ति तथा मालपोत कर प्रयोजनका लागि चालु आर्थिक बर्षको तुलनामा रोपनीमा ठाँउहेरी केही बढाएर प्रस्ताव गरेको थियो । महानगरले मालपोतकै मुल्यांकनलाई सम्पत्तिकर र मालपोतकरका लागि आधार बनाउँदै आएको छ । लेखनाथ क...
कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी काठमाडौं महानगर आफैंले छनोट गर्ने
प्रशासन, शिक्षा, समाचार

कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी काठमाडौं महानगर आफैंले छनोट गर्ने

नेपालअखबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैं विद्यार्थी छनोट गर्ने भएको छ । मेयर बालेन शाहले महानगरपालिका आफैंले विद्यार्थी छनोटका लागि परीक्षा सञ्चालन गर्ने बताए । उक्त परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, आदिवासी जनजाति, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने बताएका हुन् । यसरी छनोट गरेका विद्यार्थीलाई निजी विद्यालयहरुले छात्रवृत्तिमा पढाउनुपर्नेछ ।...
यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको अन्तरिम आदेश
प्रशासन, समाचार

यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको अन्तरिम आदेश

नेपालअखबार,काठमाडाैं। सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न आदेश दिएको छ। बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले निवेदक जो र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न भनेको हो। इजलासले विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरेको हो। अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ समेत पेश गर्न भनेको छ। ‘हाललाई प्रस्तुत रिट निवेदनका निवेदकहरू र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्नू/गराउनू भनी सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ। पिंकी गुरूङ भन्ने सञ्जीव गुरूङसहित ९ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए।...
पर्वतका तीन पालिकाको बजेटबारे अन्योल
अर्थ, प्रशासन, समाचार

पर्वतका तीन पालिकाको बजेटबारे अन्योल

नेपालअखबार, पर्वत । नेपालको संविधानको धारा २३० मा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम असार १० भित्र स्थानीय तहले आगामी आर्थिक वर्षका बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर पर्वतका तीन स्थानीय तहमा भने निर्धारित मितिमा बजेट, नीति तथा कार्यक्रम ल्याउन त परै जाओस् कहिले सार्वजनिक हुन्छ भन्ने अन्योल देखिएको छ । जिल्लाका कुश्मा र, फलेवास नगरपालिका तथा जलजला गाउँपालिकामा जनप्रतिनिधिबीचको विवादले बजेट ल्याउन सकस परेको हो । जलजला गाउँपालिकाले आइतबार १४औँ गाउँसभा अधिवेशन आह्वान गरी नयाँ आर्थिक वर्ष २०८०-८१ बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम थियो । अधिवेशनबाट रु ४७ करोड १० लाखको बजेट पेस गर्ने कार्यसूचीसहितको प्रस्तावको तयारी भएको थियो । प्रदेशसभाबाट पारित स्थानीय तहको सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ को दफा ६ को उपदफा १ बमोजिम गणपूरक सङ्ख्या नपुगेको भन्दै ...
एयरपोर्टमा आफ्नो मान्छे स्वागत वा बिदाइ गर्न अब तीन जना भन्दा बढी जान नपाउने
प्रशासन, समाचार

एयरपोर्टमा आफ्नो मान्छे स्वागत वा बिदाइ गर्न अब तीन जना भन्दा बढी जान नपाउने

नेपालअखबार, काठमाडौँ । अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो मान्छेको स्वागत गर्न वा बिदाइ गर्न तीन जनाभन्दा बढी व्यक्ति जान नपाउने भएको छ । विमानस्थलमा अनावश्यक भिडभाड बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । यस्तो व्यवस्था आन्तरिक (डोमेस्टिक) र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा लागू गरिएको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक टेकनाथ सिटौलाले जानकारी दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै सिटौलाले हाल त्रिभुवन विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको सङ्ख्या बढ्दो क्रममा रहेको र आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिरको स्थानको सीमितताका कारण यस्तो नीति लिनुपरेको जनाएका छन् । विमानस्थलको व्यस्त समयमा यात्रुलाई बिदाइ तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरुको भिडभाडले विमानस्थलमा सवारी ट्राफि...
सरकारले बकर इदका अवसरमा देशभर दियो सार्वजनिक बिदा
प्रशासन, समाचार

सरकारले बकर इदका अवसरमा देशभर दियो सार्वजनिक बिदा

नेपालअखबार, काठमाडाैं। नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार  नेपाल राजपत्रमा मिति २०७९÷१२÷२ गते प्रकाशित सूचना अनुसार असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।...
संयुक्त राष्ट्र सङ्घका उपमहासचिव नेपाल आउँदै
प्रशासन, समाचार

संयुक्त राष्ट्र सङ्घका उपमहासचिव नेपाल आउँदै

नेपालअखबार, काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका उपमहासचिव आज नेपाल आउँदै छन् । राष्ट्र सङ्घको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् । उपमहासचिव ल्याक्रोइक्सले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ । यसैगरी, उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । उनले यस क्रममा नेपालले विश्वको शान्ति प्रक्रियामा दिएको योगदानका बारेमा उनले प्रशंसा गर्ने तथा थप जानकारी लिने कार्यक्रमसमेत रहेको छ । संयुक्त राष्ट्र सङ्घको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठ...
पोखरा ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न , छाडा कुकुर बारे वडावासीको मुख्य गुनासो
प्रशासन, समाचार, समाज

पोखरा ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न , छाडा कुकुर बारे वडावासीको मुख्य गुनासो

नेपालअखबार, पोखरा। पोखरा महानगरपालिका वडा नं। ३ का स्थानीयले सडकमा छाडा कुकुर बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले छाडा कुकुरका कारण घर वरिपरिको वातावरण प्रदुषण भएको, सडक दुर्घटना हुने भएको र कुकुरकै कारण छिमेकीबीचमा मनमुटाव समेत हुने गरेको दुःखेको पोखेका छन् । रेडियो सफलतासँगको सहकार्यमा वडा कार्यालय पोखरा–३ ले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले यस्तो दुःखेसे पोखेका हुन् । सहभागीले वडाबाट हुने सेवा प्रवाह, विकास निर्माण, फोहोर व्यवस्थापनका साथै समसामयिक विषयमा चासो राखेका थिए । शान्तिवारी महिला मिलन समूह पोखरा–३ की अध्यक्ष गीता कुमारी अधिकारी कुँवरले बिहान घर वरिपरि रहेका कुकुरहरु लखेटेर र कुकुरको दिसा उठाएर मात्रै आफ्नो दैनिकी सुरु हुने बताइन् । उनले आफूले कुकुर नछाड्न भनेर छिमेकीसँग आग्रह गर्दा उल्टै झगडा गरेर बोलचाल नै बन्द भएको दुःखेसो पोखिन् । स्थानीय क...
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
अपराध, प्रशासन, समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

नेपालअखबार, काठमाडाैं। नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो। उनको खाता प्रयोग भएको देखिएकोले उनलाई अनुसन्धानको दायरामा ल्याइएको एसएसपी कार्कीले बताए। ‘उनको खातामा ट्रान्ज्याक्सन भएको देखिएको छ। त्यसैले उनलाई पक्राउ गरिएको हो’, उनले भने। यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका थिए। तीमध्ये २ जनाबाहेक १६ जनालाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनाको हकमा थु...