Monday, October 12

विदेश

भारतमा शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु
विदेश, समाचार, समाज

भारतमा शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु

नेपालअखबार, काठमाडाैँ । भारतको विशाखापट्‌टनममा बिहीबार शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु भएको छ।  कुटाइलगत्तै बालक शिक्षिकाकै काखमा ढलेको द‌ृश्य कक्षाकोठाको सीसीटीभीमा कैद भएको छ। शिक्षिकाले थप्पड हान्दा बालक अत्यधिक तर्सिएर हृदयाघात भएको आरोप परिवारका सदस्यले लगाएका छन्। लिटिल गार्डन्स स्कुलको युकेजीमा अध्ययनरत मृतक बालक प्रणय तेजा हुन्। होमवर्क नगरेको भन्दै बालकलाई लज्जित बनाउन शिक्षिकाले कपडा फुकाल्न खोजेको र थप्पड हानेको दृश्य सिसीटिभी फुटेजमा देखिएको छ। शिक्षिकाको काखमा ढलेका बालकलाई तत्काल किङ जर्ज अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। सामाजिक सञ्जालमा कक्षाकोठाको सिसीटिभी फुटेज सार्वजनिक भएपछि मात्र घटना बाहिर आएको हो। प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। अधिकारीहरूले सीसीटीभी फुटेजको अध्ययन गर्नुका साथै बालकमा पहिलेदेखि नै कुनै स्वास्थ्य समस्या...
इजरायली वैज्ञानिकले बोटमै बनाए दुधको प्रोटिन
विदेश, समाचार, समाज

इजरायली वैज्ञानिकले बोटमै बनाए दुधको प्रोटिन

नेपालअखबार,तेल अभिभ । इजरायलका वैज्ञानिकहरूले बोटमै गाईको दुधमा पाइने महत्त्वपूर्ण प्रोटिन बेटा–केसिन उत्पादन गर्ने प्रविधिको विकास गरेका छन् । यस प्रविधिले भविष्यमा गाई पाल्दै नपाली दुधजन्य प्रोटिन उत्पादन गर्ने बाटो खोल्न सक्ने आशा बढाएको जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले भनेका छन् । अनुसन्धान टोलीले सुरुमा प्रयोगशालामा अरबिडोप्सिस थालियाना नाम गरेको बोटमा बेटा–केसिन उत्पादन हुने गरी आनुवंशिक परिवर्तन गरेको थियो । त्यसपछि उनीहरूले सुक्खा मौसम सहन सक्ने र तेल उत्पादनका लागि प्रयोग हुने साफ्लावरको बोटमा पनि यही प्रविधि प्रयोग गरे । बेटा–केसिन दुधमा पाइने महत्त्वपूर्ण प्रोटिन हो । यसले चिजलाई जम्न, पग्लिन अनि यसको बनावट कायम राख्न भूमिका खेल्छ । साथै यो हड्डी निर्माणका लागि आवश्यक पोषणसँग पनि सम्बन्धित रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । वैज्ञानिकहरूले साफ...
पूर्वी इन्डोनेसियाको भूकम्पमा परेर मर्नेको संख्या ५१ पुग्यो
विदेश, समाचार, समाज

पूर्वी इन्डोनेसियाको भूकम्पमा परेर मर्नेको संख्या ५१ पुग्यो

नेपालअखबार,काठमाडौं । । पूर्वी इन्डोनेसियामा शनिबार बिहान गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पमा परेर हालसम्म ५१ जनाको मृत्यु भएको छ । भूकम्पपछि सडक अवरुद्ध हुनुका साथै पहिरो गएपछि करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । शनिबार बिहान पूर्वी नुसा तेङ्गारा प्रान्तमा भूकम्प गएको थियो । यसमा अरु ३६ जना गम्भीर घाइते भएको र ७७ जनालाई सामान्य चोट लागेको बताइएको छ । भूकम्पपछि करिब ३४१ वटा परकम्प पनि गइसकेको छ । यो इन्डोनेसियामा आएको २०२२ यताकै शक्तिशाली भूकम्प हो । सबैभन्दा बढी प्रभावित सिक्का क्षेत्रमा ३ हजार ३०० भन्दा बढी मानिसले घर छाडेर खेलकुद मैदान वा अन्य खुला स्थानमा आश्रय लिन बाध्य भएका छन् । धेरै घर भत्किएकोले मानिसहरू पाल र त्रिपालमुनि रात बिताउन बाध्य भएका छन् । भूकम्पपछि गएको पहिरोले माउमेरेलगायतका क्षेत्रमा सडक अवरुद्ध गरेको थियो। उद्धारकर्मीह...
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प
विदेश, समाचार, समाज

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

नेपालअखबार,काठमाडौँ । इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ५ बज्नुअघि पूर्वी नुसा तेंगारा प्रान्तको फ्लोरेस क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको केन्द्र नाजेकेओबाट करिब ३० किलोमिटर टाढा र जमिनको सतहबाट १५ किलोमिटर गहिराइमा रहेको अधिकारीहरूले बताएका छन्। भूकम्पमा परी अहिलेसम्म एक जनाको मात्रै मृत्यु भएको विवरण प्राप्त भएको बिबिसीले जनाएको छ। भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ। त्यहाँका स्थानीयहरुलाई बासिन्दालाई सुरक्षित स्थानतर्फ जान अधिकारीहरूले आदेश दिएका छन्। इन्डोनेसियाको संयुक्त खोज तथा उद्धार टोली (सार) का अनुसार भूकम्पका कारण एउटा भवन भत्किँदा ५४ वर्षीया महिलाको मृत्यु भएको हो। माउमेरे सार कार्यालयका प्रमुख फथुर रहमानले दुई जना अन्य व्यक्ति घाइते भएको पुष्टि गरेका छन्। राष्ट्रिय व...
रियादमा आगलागी, १६ बङ्गलादेशीको मृत्यु
विदेश, समाज

रियादमा आगलागी, १६ बङ्गलादेशीको मृत्यु

नेपालअखबार,काठमाडौँ। साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशी नागरिकको मृत्यु भएको छ । बङ्गलादेशको विदेश मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन साउदी अधिकारीसँग समन्वय भइरहेको जनाएको छ । रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो । घटनामा ज्यान गुमाउने सबै बङ्गलादेशी नागरिक रहेको बङ्गलादेशको विदेश मन्त्रालयले सोमबार पुष्टि गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै मृतकप्रति गहिरो दुःख तथा परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । कठिन परिस्थितिमा मृतकका परिवारसँग सरकार साथमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि मन्त्रालयले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै रियादस्थित बङ्गलादेशी दूतावासका अधिकारी घटनास्थल पुगेका थिए । दूतावासले साउदी अधि...
थाइल्यान्डमा १४ वर्षीय किशोरले चलाएको गोलीबाट ८ जनाको मृत्यु, कडा कानुन बनाउने प्रधानमन्त्रीको घोषणा
प्रशासन, विदेश, समाचार

थाइल्यान्डमा १४ वर्षीय किशोरले चलाएको गोलीबाट ८ जनाको मृत्यु, कडा कानुन बनाउने प्रधानमन्त्रीको घोषणा

नेपालअखबार,बैंकक । थाइल्यान्डको राजधानी बैंककमा १४ वर्षीय एक किशोरले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । गोली लागेर २२ जना घाइते भएका छन् । सुरुमा आफू बस्दै आएको घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेका उनी पछि देब्सिरिन नामको विद्यालयमा पुगेर गोली चलाएका थिए । विद्यालयमा उनले चलाएको गोली लागेर पाँच शिक्षकको ज्यान गएको थियो । गोली लागेर घाइते भएका एक विद्यार्थीको पनि उपचारका क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तमा किशोरले आफैंलाई गोली हानेका थिए । प्रहरीका अनुसार किशोरले शुक्रबार स्थानीय समयअनुसार बिहान करिब ५ बजे ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीया हजुरआमालाई गोली हानेका थिए । त्यसपछि उनी बन्दुक र दर्जनौँ गोली बोकेर विद्यालय जाने बसमा चढेको रोयटर्सले जनाएको छ । उनी बिहान ८:३० बजे पहिलो कक्षामा सहभागी भएका थिए भने ९:२० बजे दोस्रो कक्षा सुरु भएको थियो । दोस्रो क...
फ्रान्स र स्पेनमा भीषण डढेलो, साढे २ लाखभन्दा बढी मानिस विस्थापित
विदेश, समाचार, समाज

फ्रान्स र स्पेनमा भीषण डढेलो, साढे २ लाखभन्दा बढी मानिस विस्थापित

नेपालअखबार,काठमाडौं । फ्रान्स र स्पेनमा नियन्त्रणबाहिर फैलिएको भीषण डढेलोका कारण दुवै देशमा २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। लगातारको गर्मी, जलवायु परिवर्तन र तीव्र हावाका कारण आगो झन् तीव्र बनेपछि उद्धार र नियन्त्रणका प्रयासहरू चुनौतीपूर्ण बनेका छन्। स्पेनमा करिब ७० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने फ्रान्समा १ लाख ९७ हजार मानिस विस्थापित भएका छन्। तीमध्ये ठूलो संख्या दक्षिणपश्चिमी वाइन उत्पादनका लागि प्रसिद्ध बोर्डो क्षेत्रका बासिन्दा हुन्। डढेलोको गम्भीर अवस्थालाई मध्यनजर गर्दै स्पेनले इतिहासमै पहिलोपटक डढेलोकै कारण राष्ट्रिय आपतकाल घोषणा गरेको छ। उता फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यसलाई सम्भवतः देशको शान्तिकालकै सबैभन्दा ठूलो सामूहिक विस्थापन भनेका छन्। दुवै देशमा सयौं अग्निनियन्त्रक आगो नियन्त्रणमा खटिए पनि डढेलो रोक्न सफल भएका छै...
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
राजनीति, विदेश, समाचार

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नेपालअखबार,काठमाडौँ । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। राष्ट्रिय योग्यता परीक्षा (नीट) को प्रश्नपत्र लिक भएको प्रकरणमा सोमबारदेखि आन्दोलन चर्किएपछि उनले शनिबार राजीनामा दिएका हुन्। कक्रोच जनता पार्टी (सिजेपी)को आह्वानमा भएको प्रदर्शन दिल्लीबाट अन्य राज्यहरूमा पनि फैलिएको थियो। उनीहरूले शिक्षामन्त्री प्रधानको राजीनामा मागेका थिए। विद्यार्थी आन्दोलनले चर्को दबाब सिर्जना गरेपछि प्रधानले शनिबार राजीनामा दिएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ। शुक्रबार सिजेपी प्रतिनिधिसँग सरकारले दिल्लीस्थित कन्स्टिच्युसन क्लबमा दुई घन्टा लामो वार्ता गरेको थियो। वार्तामा सरकारका तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डा र राज्यमन्त्री जितेन्द्र सिंह सहभागी थिए भने सिजेपीबाट प्रवक्ताद्वय सौरभ दास र आशुतोष रांका सहभागी थिए। वार्तापश्चात सरकारले शिक्षामन्त्री...
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
विदेश, समाचार, समाज

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

नेपालअखबार,काठमाडौं । फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति इमानुएल म्याक्रोनले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिँदै आफू यस विषयमा प्रतिबद्ध रहेको बताएका छन् । उनले छिट्टै यो निर्णयको कार्यान्वयन गरी १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने उल्लेख गरेका छन् । यो संवैधानिक परिषद्को निर्णयमा निर्भर रहने र आफ्ना बच्चाहरूलाई अनलाइनको असुरक्षाबाट जोगाउन सबैलाई आग्रह गरेका छन् । सिएनएनका अनुसार यो निर्णयसँगै फ्रान्स सामाजिक सञ्जालमा उमेर प्रतिबन्ध लगाउने युरोपेली सङ्घको पहिलो देश हुनेछ । यसअघि जुन महिनामा बेलायतले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । पूर्व प्रधानमन...
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
प्रविधि, विदेश, समाचार

फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

नेपालअखबार, पेरिस । फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने ऐतिहासिक कानुन पारित गरेको छ । यो कानुन लागू भएपछि फ्रान्स यस्तो कदम चाल्ने पहिलो युरोपेली देश बनेको छ । फ्रान्सको संसद्ले मंगलबार उक्त कानुन पारित गरेको हो । राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो कार्यकाल समाप्त हुनुअघि यो प्रतिबद्धता पूरा भएको भन्दै स्वागत गरेका छन् । कानुनअनुसार सेप्टेम्बर २०२६ देखि १५ वर्षमुनिका बालबालिकाले नयाँ सामाजिक सञ्जाल खाता खोल्न पाउने छैनन् । नयाँ खाता खोल्ने सबैले उमेर प्रमाणित गर्नुपर्नेछ । त्यस्तै, जनवरी २०२७ देखि यो नियम सबै विद्यमान खातामा पनि लागू हुनेछ । त्यसपछि फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्ने प्रत्येक व्यक्तिले आफू १५ वर्ष वा सोभन्दा माथिको भएको प्रमाणित गर्नुपर्नेछ । सामाजिक सञ्जाल कम्पनीहरूले फ्रान्सको गोपनीयता नियामक निकायबाट स्वीकृत उम...