पोखरामा सुस्मिता थापाको सम्झनामा दीप प्रज्वलन
नेपाल अखबार,पाेखरा। मेची–महाकाली बुहारी संयुक्त आवाज कास्कीले कार्यक्रम आयोजना गरेको छ ।आफ्नै परिवारबाट बलात्कार प्रयासपछि हत्या भएकी सुस्मिता थापाको सम्झनामा शनिबार पोखरामा दीप प्रज्वलन गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बुहारी आवाजको आन्दोलनप्रति ऐक्यबद्धता जनाए । उनले महिला हिंसा, घरेलु हिंसाका साथै सबै खाले हिंसा न्यूनीकरणका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसकी नेतृ सरस्वती गुरुङले कानुनमा महिला हिंसा सम्बन्धी कडा नीति भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा हिंसा कमी हुन नसकेको बताइन् ।
कलाकार मिलन शेरचनले महिलाको आवाज उठाउन पुरुषहरुले पनि सहयोग गर्नुपर्ने खाँचो औँल्याइन् ।
कार्यक्रममा सञ्चारकर्मी कञ्चन थापा, व्यवसायी ईशा अग्रवाल, संस्थाका कानुनी सल्लाहकार तारा शर्मा, उपाध्यक्ष मनु शर्मा र कार्यक्रम संयोजक तथा प्रेस सल्...
