Thursday, September 10

समाचार

काेराेनाका कारण निर्माणाधिन ठूला आयोजना प्रभावित
पर्यटन, समाचार, समाज, हाइलाइट-समाचार

काेराेनाका कारण निर्माणाधिन ठूला आयोजना प्रभावित

विश्वव्यापी रूपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमणले नेपालका निर्माणाधीन जलविद्युत् आयोजना एक वर्ष पछि धकेलिने भएका छन्। सरकारले चालु आर्थिक वर्षभित्र सरकारी तथा निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट हजार मेगावाटभन्दा धेरै बिजुली उत्पादन हुने प्रक्षेपण गरेको थियो। तर विकास, निर्माणको मुख्य सिजनमै कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले तोकेको लक्ष्य अनुसार बिजुली उत्पादन हुनेमा आशंका उब्जिएको छ। नेपालमा मुख्य गरी मंसिरदेखि असारसम्म निर्माण सिजन हो। मुलुकका अधिकांश जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी र कामदार प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जोडिएकोले जलविद्युत् क्षेत्रमा ठूलो असर पर्ने देखिएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले कोरोना भाइरसकै कारण निर्माणाधीन १५ सय मेगावाटका जलविद्युत् आयोजना प्रत्यक्ष, अप्रत्यक्ष रूपमा प्रभावित भएको बताए। ‘जलवि...
गृहले भन्यो : होली नेखेल्नू, कोरोना सर्न सक्छ
धर्म/संस्कृति, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

गृहले भन्यो : होली नेखेल्नू, कोरोना सर्न सक्छ

कोरोना भाइरसको संक्रमण फैलिने खतरा रहेकाले यस वर्ष फागु (होली) पर्व नमनाउन गृह मन्त्रालयले सबै नागरिकलाई आग्रह गरेको छ। होली मनाउन भिडभाड गर्ने, लोलापानी फ्याँक्ने, रङ/अबिर दल्ने गर्दा कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिन जोखिम बढ्ने भएकाले यसपटक होली नमनाउन गृहले विशेष आग्रह गरेको हो। ‘भिडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला, कार्यक्रम कोभिड १९ को सम्भावित जोखिमका सन्दर्भमा हाललाई स्थगित गर्न र सन्निकट होलदीमा विगतमा जस्तै भिडभाड, भेला जम्मा हुने, लोलापानी फ्याँक्ने, शरीरमा रङ, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्न/नगराउन हुन आम दाजुभाइ, दिदीबहिनीहरूमा अनुरोध छ,’ शनिबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले भनेको छ। यस वर्ष फागु पूर्णिमा भोलि सोमबार परेको छ। पहाडी भेगमा सो दिन फागु पर्व मनाउने चलन छ भने तराई भेगमा त्यसको भोलिपल्ट होली मनाउने चलन छ। ...
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् । मिर्गौला प्रत्यारोपणको चौथो दिन ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो । ओलीको बुधवार त्रिभुवन शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । अस्पतालले शनिवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो । ‘उहाँलाई नर्मल खाना दिन थालिएको छ, र सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ । अस्पतालका अनुसार प्रम ओलीको भाइटल तथा ल्याब सूचकांकहरु सामान्य अवस्थामा छन् ।...
आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस
समाचार, समाज, हाइलाइट-समाचार

आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस

११० औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता गर्ने सहमति
राजनीति, समाचार, हाइलाइट-समाचार

राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । शनिबार राति भएको १० बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् । एकताको घोषणा २८ गते बताइएकाे छ । सहमतिअनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ भने कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी तीन जना अध्यक्ष रहनेछ । पार्टीको नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाको रुपमा राजसंस्था रहने लगायत हुनेछ । अहिले राप्रपाको झण्डा नै एकीकृत पार्टीको झण्डा हुनेछ भने चुनाव चिन्ह टुंगो लागेको छैन । यसबारे पार्टीको उपयुक्त निकायबाट ६ महिनाभित्र निर्णय लिने...
गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद
राजनीति, समाचार

गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद

काठमाडौं – ललिता निवास प्रकरणमा विशेष अदालत काठमाडाैंले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई अदालतमा उपस्थिति हुन १५ दिने म्याद जारी गरेको छ। उनीमाथि सरकारी तथा सार्वजनिक जग्गा हिनामिना गरेको आरोप लगाइएको छ। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ करोड ६५ लाख ७६ हजार बिगो र आठदेखि १० वर्ष कैदसजाय मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ। शुक्रबार अदालतले गच्छदारसहित ७४ जना आरोपितलाई अदालतमा उपस्थिति हुन म्याद जारी गरेको हो। अदालतले पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ।...
तत्काल विद्यालय बन्द नगर्ने सरकारको योजना
शिक्षा, समाचार, हाइलाइट-समाचार

तत्काल विद्यालय बन्द नगर्ने सरकारको योजना

कोरोना (कोभिड–१९) भाइरसको जोखिमका कारण विभिन्न देशले विद्यालयहरु बन्द गरेपनि नेपाल सरकारले भने तत्काल विद्यालय बन्द नगराउने पक्षमा देखिएको छ। यदि बीचमा केही समस्या आइपरे तत्काल नयाँ निर्णय गरी सोहिअनुसार अघि बढ्ने सरकारी तयारी छ। यसैहप्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विद्यालयहरुलाई चैत्र ५ गतेसम्म वार्षिक अन्तिम परिक्षा सक्न आह्वान गरेको थियो। त्यसैअनुसार अहिले देशभरिका विद्यालयहरुले वार्षिक परिक्षाको तयारी गरिरहेको शिक्षा मन्त्रालयका सचिव महेश दाहालले बताए। ‘मन्त्रालयले अहिले विद्यालय बन्द गर्ने भनेको छैन। चैत्र ५ गतेसम्म ९ कक्षासम्मको परिक्षा सक्न भनेर आह्वान गरेका छौं,’ दाहालले भने, ‘चैत्र ६ गतेबाट हुने भनिएको माध्यमिक शिक्षा परिक्षा (एसईई) पनि नियमित हुन्छ। यदि अवस्था परिवर्तन हुँदैगयो भने सरकारले नयाँ निर्णय गर्छ। अहिले बन्द गर्नेबारे केही निर्णय भएको छ...
कोरोनाबाट इटलीमा एकै दिन ४९ जनाको मृत्यु
विदेश, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाबाट इटलीमा एकै दिन ४९ जनाको मृत्यु

काठमाडौं । इटलीमा कोरोना भाइरसका कारण २४ घन्टामा मात्रै ४९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ ।कोरोनाको प्रकोप सुरु भएयता संक्रमणका कारण एकैदिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ)का अनुसार डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म एक लाख बढी मानिस संक्रमित भएका छन् भने तीन हजार बढीको मृत्यु भएको छ । जसमध्ये तीनमा मात्र ८० हजारबढी संक्रमित भएका छन् भने तीन हजार बढीको ज्यान गएको छ ।...
युवा अभियान्ता इराकीले बाँडे १ हजार जनालाई 'माक्स'
प्रदेश २, समाचार, स्वास्थ्य

युवा अभियान्ता इराकीले बाँडे १ हजार जनालाई 'माक्स'

गोरखा । विराटनगरका युवा अभियान्ता चाँद इराकीले एक हजार जनालाई निशुल्क माक्स वितरण गरेका छन् । पछिल्लो समय चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण नेपाली समाज समेत त्रसित छ । हालसम्म नेपालमा सो भाइरसको संक्रमण नदेखिएपनि नेपाली बजारमा माक्सको अभाव र कालोबजारी सुरु भइरहेका बेला इराकीले बिराटनगरका बिभिन्न स्थानमा एक हजार जनालाई निशुल्क माक्स दिएका दिएका हुन् । ‘माक्सको कालोबजारी सुरु भएको छ, एउटा माक्स किन्न मान्छेहरु घण्टौसम्म मेडिकलमा लाइन बस्नुपरेको अवस्था छ’ अभियान्ता इराकीले भने ‘जसलाई कोरोना भाइरसका बारेमा जानकारी छैन, जो माक्स किन्ने पहुँचबाट टाढा छन् त्यस्तालाई मैले एक महिनाको आफ्नो तलवबाट १ हजार प्रति माक्स किनेर बाँडेको हुँ ।’ कार्यक्रममा मोरङका एसपी विश्व अधिकारी, युवा नेता ओसिम आलम लगायतको सहभागिता रहेको थियो । कार्यक्रम बोल्दै उनिहरुले कोरोना भाइरसको नाममा कालोबजार...
सार्वजनिक स्थानमा धूमपान रोक्न स्थानीय तहलाइ सरकाकाे  निर्देशन
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

सार्वजनिक स्थानमा धूमपान रोक्न स्थानीय तहलाइ सरकाकाे निर्देशन

काठमाडौं । सरकारले सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थ निषेध गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ स्थानीय तहलाई पत्र लेख्दै सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थ निधेषलाई कार्यान्वयन गराउन निर्देशन दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आग्रहमा देशभरका सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थलाई पूर्ण निधेष गर्न भनिएको छ। मन्त्रालयको निर्देशनअनुसार अब स्थानीय तहहरूले आ–आफ्ना नगरपालिका/गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान निषेध गरिएको र त्यससम्बन्धी कारबाहीको जानकारी दिन अनिवार्य रूपमा होर्डिङ बोर्ड राख्नुपर्नेछ। ‘कानुनले सार्वजनिक स्थानमा धुम्रपान एवं सुर्तीजन्य पदार्थ प्रयोग गर्न रोक लगाएको छ तर सार्वजनिक स्थलमा सर्वसाधारणलाई निषेधबारे जानकारी हुनेगरी सूचना टाँस नगर...