Thursday, November 19

समाचार

सोनाम लोसार मनाइयो
धर्म/संस्कृति, प्रदेश ४, समाचार

सोनाम लोसार मनाइयो

गोरखा । तामाङ समुदायले सोनाम लोसार नयाँ वर्ष पर्व रुपमा धुमधामले मनाएका छन् । मञ्जुश्री पात्रोअनुसार २८५६ औँ वर्ष शुरु भएको अवसरमा शुभकामना आदानप्रदान गरी पर्व मनाइएको हो । शनिवारदेखि सुँगुर वर्ष समाप्त भई मुसा वर्ष वर्ष सुरु भएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । तामाङ लोसारको अबसरमा नेपाल तामाङ घेदुङ नगर कार्यसमिति गोरखाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नगर अध्यक्ष सूर्यबहादुर तमाङ अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाका सचिव प्रेमध्वज थापामगर, गोरखा ब्रिटिस वल्डफयेर कार्यालयका प्रमुख श्रीप्रसाद तामाङ, तमाङ घेदुङका पूर्व सचिव श्याम तामाङ, महिला घेदुङकी पूर्व अध्यक्ष स...
सामुदायिक सेवा केन्द्र गोरखामा श्रेष्ठ
प्रदेश ४, समाचार, समाज

सामुदायिक सेवा केन्द्र गोरखामा श्रेष्ठ

गोरखा । सामुदायिक सेवा केन्द्र गोरखाको अध्यक्षमा शुसिलबाबु श्रेष्ठ (कैलाश) चयन भएका छन् । जिल्ला सदरमुकाममा भएको तेश्रो साधारण सभा एवं दोस्रो अधिवेशनले श्रेष्ठलाई सर्वसम्बत रुपमा अध्यक्षमा चुनेको हो । सेवा केन्द्रका आजिवन तथा साधारण सदस्यहरुको भेलाले रामहरी केसीलाई उपाध्यक्ष, सरदबाबु कट्टेललाई सचिव, काजिराम श्रेष्ठलाई कोषाध्यक्ष र भोला मरहट्टालाई सह–सचिवमा निबिरोध चयन गरेको छ । यसैगरी बाबुराम श्रेष्ठ, देवु मास्के, शान्तीदेवी श्रेष्ठ, मिनादेवी श्रेष्ठ, सुमन श्रेष्ठ, विष्णुबहादुर थापा, अन्जनबाबु खत्री, दण्डपाणी कट्टेल, रिक्त बानियाँ, बिक्रम बस्नेत, शोभा प्रधान दवाडी र फणिन्द्र बानियाँलाई सदस्य बनाइएको छ । १७ सदस्यीय नयाँ कार्यसमितिले जिल्लाको शान्ती सुरक्षा र अपराध नियन्त्रणका लागि विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने योजना बनाएको छ । ‘बजार क्षेत्रमा जडान गरिएको सिसि टिभीलाई प्रभाव...
मन्त्रीबारे मेरो व्यक्तिगत सोच छैन :  नारायणकाजी श्रेष्ठ
राजनीति, समाचार, हाइलाइट-समाचार

मन्त्रीबारे मेरो व्यक्तिगत सोच छैन : नारायणकाजी श्रेष्ठ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले मन्त्री बन्ने विषयमा आफूले केही नसोचेको बताएका छन् । बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहेका श्रेष्ठ गण्डकी प्रदेशको अन्य समूहबाट निर्वाचित भएका हुन् । मन्त्री बन्ने चर्चाबारे सोधिएको प्रश्नमा उनले भने, ‘राष्ट्रियसभा सदस्यको चुनाव अगाडि नै सोच्ने कुरा भएन । दोस्रो मैले व्यक्तिगत रुपमा मैले केही सोच्दा पनि सोचेको छैन ।’...
नेपालमा पनि काेरोना भाइरस
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपालमा पनि काेरोना भाइरस

नेपालमा नोवेल कोरोना भाइरस फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एक साता अघि टेकु अस्पतालमा उपचारमा पुगेका चीनबाट नेपाल आएका ३५ वर्षीय  एक युवकमा सो भाइरस प्रमाणित भएको जनाइएको छ। उनको परिक्षण रिपोर्टमा भाइरस पोजिटिभ देखिएको आधारमा मन्त्रालयले सो जानकारी दिएको हो। नयाँ भाइरसको परिक्षण नेपालमा उपलब्ध नभएपछि राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपचारको लागि विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त ल्याव चीन पठाएको थियो। उनको रिपोर्ट विहिवार साँझ प्राप्त भएको हो।...
सकियो कांग्रेसभित्रकाे विवाद
राजनीति, समाचार

सकियो कांग्रेसभित्रकाे विवाद

काठमाडौं- शीर्ष नेताहरुको लामो प्रयासपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको छ। शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा भएको शीर्ष नेताहरुको छलफलले विवाद समाधान गर्दै अगाडी बढ्ने सहमति गरेको हो। शीर्ष नेताहरुबीच महाधिवेन तोकिएकै समयमा गर्ने सहमति भएपनि तल्ला तहको मिति भने केही हेरफेर हुने भएको छ। नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ। तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शनिबार टुंगो लाग्ने छ। गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार कांग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत रहनेछ। शुक्रबार नै नेताहरुबीच नेविसंघ र तरुण दलसम्बन्धि सहमति पनि जुटेको छ। उपसभापति विमेलन्द्र निधिका अनुसार नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापतिले तोकेकै व्यक्ति हुने सहमति जुटेको हो। कार्यसमितिमा वरिष्ठ नेता प...
सिरानचोककाे दोश्रो राष्ट्रपति रनिङ शिल्डकाे उपाधी महेन्द्रलीला माविलाइ
खेलकुद, प्रदेश ४, समाचार

सिरानचोककाे दोश्रो राष्ट्रपति रनिङ शिल्डकाे उपाधी महेन्द्रलीला माविलाइ

सिरानचोक गाउँपालिका स्तरिय दोश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा महेन्द्रलीला मावि हर्मी पहिलो भएको छ । महेन्द्र लीलाले ८ स्वर्ण, ६ रजत र ४ सहित १८ पदक प्राप्त गरेको छ । यसैगरी ७ स्वर्ण, ३ रजत, ३ कास्य गरी १३ पदक सहित परोपकार आर्दश मावि जौवारी दोश्रो भएको छ । संसारी महेन्द्र मावि नयाँसाघु भने तेश्रो भएको छ । नयाँसाघुले ६ स्वर्ण, ८ रजत, ५ कास्य सहित १९ पदक प्राप्त गरेको छ । वडा नम्बर ७ कोखेलमैदानमा माघ ३ गतेबाट सुरु भएको प्रतियोगिता मंगलबार सकिएको हो । प्रतियोगितामा १६ विद्यालयका विद्यार्थीले विभिन्न ३० विद्यामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको एक कार्यक्रममा वीच जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले समापन गरेका हुन् । सो अबसरमा बोल्दै गुरुङ विद्यार्थीमा लुकेर रहेका प्रतिभा उजागर गर्न प्रतियोगिता सफल भएको बताए । गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्य...
उच्च शिक्षामा छात्रवृत्ति पाउन ६ कक्षादेखि सरकारीमा पढ्नुपर्ने बाध्यकारी व्यवस्था
शिक्षा, समाचार, हाइलाइट-समाचार

उच्च शिक्षामा छात्रवृत्ति पाउन ६ कक्षादेखि सरकारीमा पढ्नुपर्ने बाध्यकारी व्यवस्था

प्रतिनिधि सभाको विधेयक समितिबाट हालै पास भएको शिक्षा सम्बन्धि ऐन संशोधन गर्न बनेको विधेयकले उच्च शिक्षामा छात्रवृत्ति पाउन अब ६ देखि १० कक्षासम्म सरकारी विद्यालयमा अध्ययन गरेको हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। उच्च शिक्षामा छात्रवृत्ति पाउनका लागि सरकारी विद्यालयमा कक्षा ६ देखि अध्ययन गरेकै हुनुपर्ने छ। सरकारी विद्यालयको शिक्षामा सुधार ल्याउन भन्दै सरकारले उक्त व्यवस्था गर्न लागेको हो।...
राष्ट्रियसभा सदस्यका लागि आज चुनाव हुदै
राजनीति, समाचार, हाइलाइट-समाचार

राष्ट्रियसभा सदस्यका लागि आज चुनाव हुदै

 राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा आज बिहीबार हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि बुधबार साँझसम्म पुगिसकेका छन । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमश: मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । उक्त निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६...
‘ब्यवसायमा महिला’ कार्यशाला गोष्ठी सम्पन्न
अर्थ, प्रदेश ४, समाचार

‘ब्यवसायमा महिला’ कार्यशाला गोष्ठी सम्पन्न

गोरखा । महिलालाई ब्यवसायमा आकर्षित गर्ने उदेश्यका साथ सदरमुकाममा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजना तथा पूर्णिमा परियोजनाको सहयोगमा भएको कार्यक्रममा जिल्लाका बिभिन्न स्थानीय तहबाट महिला उद्यमीहरुको सहभागिता रहेको थियो । बिशेष गरेर महिलाहरुले ब्यवासय सञ्चालनका क्रममा भोगिरहेका समस्या, चुनौती, अवरोध पहिचान गर्ने उदेश्यका साथ गोष्ठीको आयोजना गरिएको पूर्णिमा परियोजनाका जिल्ला उद्यम विकास अधिकृत शेर बहादुर बोहोराले जानकारी दिए । त्यस्तै महिला उद्यमीहरुका लागि सम्भावित महिलामैत्री ब्यवसायको पहिचान गर्न समेत कार्यक्रमले सहयोग गर्ने उनले बताए । गोरखा उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समितिका अध्यक्ष रीता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख जनुका अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गोरखा नगरपाल...
अवैद्य लागुपदार्थ गाँजा सहित ३ जना गोरखा प्रहरीको फन्दामा
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

अवैद्य लागुपदार्थ गाँजा सहित ३ जना गोरखा प्रहरीको फन्दामा

अवैध लागूऔषध गाँजा सहित गोरखामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अजिरकोट गाउँपालिका ५ रातामाटाबाट गाँजा खरिद बिक्रीमा संलग्न भएको आरोपमा मंगलबार ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा अजिरकोट ५ का नरबहादुर नेपाली, काभ्रेको दाप्चा नगरपालिका ४ का १९ वर्षीय सागर तामाङ र चितवनको गीतानगर बस्ने २४ वर्षीय गणेश भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्एयालय गाेरखाका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।...