Tuesday, August 11

समाज

रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
धर्म/संस्कृति, समाचार, समाज

रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

नेपालअखबार,महोत्तरी।  जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ। भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो। मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित मटिहानी नगरवासीले जन्तीको स्वागत गरेका हुन्। मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ, सामाजिक संघसंस्थाका अगुवा, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका आचार्य र राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकूल)का  शिक्षक, वटुकहरू र महोत्तरी उद्योग वाणिज्य संघका पदाधिकारी सहभागी भए। यसपटकको रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रष्टका उच्च पदाधिकारी र साधुसन्तसहितको पाँच सय जनाको जन्ती टोली मटिहानी आइपुगेको ...
तमिलनाडुमा चक्रवातका कारण पहिरो, पाँच जनाको शव भेटियो
विदेश, समाचार, समाज

तमिलनाडुमा चक्रवातका कारण पहिरो, पाँच जनाको शव भेटियो

नेपालअखबार,नयाँ दिल्ली । भारतको तमिलनाडुमा चक्रवाती तूफान फङ्गलका कारण गएको पहिरो फसेका पाँच जनाका शव भेटिएको छ । राज्यको तिरुवन्नमलाईमा पहिरोमा परेर पुरिएका सातमध्ये पाँच जनाको शव निकालिएको छ । २४ घण्टासम्म चलेको उद्धार कार्यपछि सोमबार ५ जनाको शव निकालिएको हो । प्रदेशका उपमुख्यमन्त्री उदयनिधि स्टालिनले घटनास्थलमा पुगेर बाँकी व्यक्तिको शव उद्धारका लागि उद्धार टोली खटिरहेको बताए । मुख्यमन्त्री स्टालिनले घटनामा ज्यान गुमाएकाका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन् । चक्रवाती तूफान फङ्गलले तिरुवन्नमलाईमा भारी वर्षा गराएको थियो । वर्षाका कारण डिसेम्बर १ मा वीयूसी नगर क्षेत्रको अन्नामलाईयार पहाडमा पहिरो खसेको थियो । यस दुर्घटनामा दुई घरमा क्षति पुगेको छ ।...
नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा
अपराध, समाचार, समाज

नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा

नेपालअखबार, खोटाङ। बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ। शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजयराम चमार र  जितेन्दरराम चमार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिए। ‘शहीद लखन गाउँपालिकामा जम्मा नौवटा मात्रै वडा छ। उनीहरुले प्रयोग गर्दै आएको आर्थिक सहयोगको पत्रमा ११ नं वडा लेखिएको छ,’ उनले भने, ‘पत्रमा उनीहरू जन्मदेखि लाटो र कान नसुन्ने भनेर लेखिएको रहेछ। तर, उनीहरू मजाले बोल्ने र...
बेमौसमी काँक्राखेतीबाट ३ महिनामै डेढ लाख आम्दानी
कृषि, समाचार, समाज

बेमौसमी काँक्राखेतीबाट ३ महिनामै डेढ लाख आम्दानी

नेपालअखबार,कञ्चनपुर । बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै रु डेढ लाख बढी आम्दानी गरेका छन् । तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गरेका छन् । हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताए । काँक्रा प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री हुँदै आएको छ । काँक्रा रोप्नेदेखि टिपेर बजारसम्म लैजाने कार्यमा चौधरी खटिँदै आएका छन् । बारीमा उत्पादित काँक्रा स्थानीय झलारी, कलुवापुर र अत्तरियालगायत बजारमा बिक्री हुने गरेको छ । ‘स्थानीय व्यापारीले काँक्रा बारीबाटै खरिद गरेर लैजाने गरेका छन्’, चौधरीले भने, ‘व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पुर्‍याएर बिक्री गरिँदै आएको छ।’ अझै बारीमा रु एक लाख मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उनले बताए । गत वर्ष उनले २ लाख मूल्यका बेमौसमी काँक्रा बिक्री गर्नुभएको थियो । पिपलाडी ग...
तीन वर्षयता धान र चामलको आयात निरन्तर घट्दो
कृषि, समाचार, समाज

तीन वर्षयता धान र चामलको आयात निरन्तर घट्दो

नेपालअखबार,काठमाडौँ । नेपालमा तीन वर्षयता धान र चामलको आयात निरन्तर घट्दै गएको सरकारी तथ्याङ्क छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको छ । यो वर्ष अघिल्लो वर्ष २०७९/०८० को तुलनामा १४ अर्ब ४३ करोड रुपैयाँको कम धान र चामल आयात भएको हो । आर्थिक वर्ष २०७९/०८० मा ३६ अर्ब ६५ करोड रुपैयाँको धान र चामल आयात भएको थियो । आर्थिक वर्ष २०७८/२०७९ मा ४७ अर्ब ५७ करोड रुपैयाँको धान र चामल आयात भएको थियो । यो वर्षको तुलनामा अघिल्लो आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब ९२ करोड रुपैयाँको धान र चामलको आयात कम भएको विभागको तथ्याङ्क छ । यसरी धान र चामल आयातमा गिरावट आउनु विभिन्न पक्ष हुन सक्ने विज्ञ बताउँछन् । तथ्याङ्कमा गडबडी हुन सक्ने, नेपालको उत्पादन वृद्धि, भातमात्रै नखाएर अन्य खाद्यान्न उपभोग बढेको जस्ता कारणले पनि धान र चामल आयात घटेको ह...
हेटौंडामा एक सय दुई वर्षीय वृद्धले गरे मतदान
समाचार, समाज

हेटौंडामा एक सय दुई वर्षीय वृद्धले गरे मतदान

नेपालअखबार,मनहरी (मकवानपुर) । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । आइतबार जारी वडाध्यक्ष पदका लागि भएको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति छ । निर्वाचन कार्यालयले दुई वटा मतदानस्थलको व्यवस्था गरेको छ । मतदान केन्द्रमा मतदाताहरू अहिले पनि मतदान गर्न लामबद्ध छन् ।निर्वाचन आयोगका अनुसार दिउँसो ४ बजेसम्म देशभर करिब ६१ प्रतिशत मतदान भएको छ ।...
कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द
प्रशासन, समाचार, समाज

कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द

नेपालअखबार,कालीकोट। उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ। सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो। तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले सो दिन यातायातका साधन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए। सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट–जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचल्ने उहाँले बताए। 'मङ्सिर १६ गते आइतबार बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको छ,' उनले भने, 'स्थानीय तह उपनिर्वाचन २०८१ मङ्सिर १६ गते हुने भएकाले शान्ति सुरक्षा कायम राख्न र निर्वाचन आचारसंहिता पूर...
चार महिनामा १४ करोडभन्दा बढीको कुखुराको चल्ला आयात
अर्थ, कृषि, समाचार, समाज

चार महिनामा १४ करोडभन्दा बढीको कुखुराको चल्ला आयात

नेपालअखबार,काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म (चार महिनाको अवधि) मा विभिन्न मुलुकबाट १४ करोडभन्दा बढीको कुखुराको चल्ला आयात भएको छ । चार महिनाको अवधिमा १४ करोड ३७ लाख ५० हजार रुपैयाँको १८५ ग्राम तौलका चल्ला  १ लाख ४७ हजार २३७ वटा चल्ला आयात गरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आयात भएको छ । अमेरिकाबाट पाँच करोड ६८ लाख १२ हजार रुपैयाँको  ५६ हजार ६०८ चल्ला आयात भएको उल्लेख छ । दोस्रोमा स्पेनबाट दुई करोड ८३ लाख ३७ हजार रुपैयाँको १५ हजार ६८० वटा, तेस्रोमा  एक करोड ९९ लाख ४९ हजार रुपैयाँको १४ हजार ७२८ वटा फ्रान्सबाट आयात भएको छ । यसैगरी भारतबाट एक करोड ९७ लाख ३० हजार रुपैयाँको ३६ हजार ३५८ वटा र मलेसियाबाट एक करोड ८९ लाख २२ हजार रुपैयाँको २३ हजार ८६३ वटा चल्ला आयात भएको छ ।...
सडक स्तरोन्नतिको काम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर चार जना घाइते
समाचार, समाज

सडक स्तरोन्नतिको काम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर चार जना घाइते

नेपालअखबार,जाजरकोट । जाजरकोटमा सडक स्तरोन्नतिको काम गरिरहेका चार जना कामदार माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन्। मध्यपहाडी लोकमार्गबाट जुनीचाँदे गाउँपालिका जोड्ने सडक स्तरोन्नति गर्ने क्रममा वडा नम्बर २ को देसीपाटा खण्डमा काम गरिरहेका कामदार माटोको ढिस्कोमा पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाका अनुसार शनिबार बिहान सडकको नाली बनाउनका लागि बालुवा निकाल्न लाग्दा माथिबाट माटोको ढिस्को खसेको हो। ढिस्कोमा पुरिएर जुनीचाँदे गाउँपालिका–२ का ३२ वर्षीय रामबहादुर वड, २५ वर्षीया निर्मला शाही, २२ वर्षीया पुलमाया लुहार र ३५ वर्षीय नरबहादुर वड घाइते भएका हुन्। घाइतेमध्ये तीन जना गम्भीर रहेको प्रहरीले जनाएको छ। उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेत एअरबेसबाट पठाउने तयारी भइरहेको जुनीचाँदे–२ का वडाध्यक्ष रामबहादुर नेपालीले जानका...
अकाशेपानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी
समाचार, समाज

अकाशेपानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी

नेपालअखबार,खोटाङ। खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा अकासे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ। विद्यालयका प्रधानाध्यापक तेजकुमार राईका अनुसार नगरपालिको पहलमा ‘वेस्ट वाटर’ संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी छानेर पिउनयोग्य बनाइएको छ। वर्षात्को पानीलाई ३० हजार लिटरका तीनवटा ट्याङ्कीमा जम्मा गरिएको छ । उक्त संस्थाको १२ लाख र विद्यालयको रु एक लाख ९० हजारको लागतमा शुद्धीकरण उपकरण जडान गरिएको हो। उक्त संस्थाले गत आइतबार विद्यालयलाई औपचारिक रूपमा खानेपानी योजना हस्तान्तरण गरेको छ। नगरपालिकाको ११ वटा वडामा वर्षौंदेखि खानेपानीको समस्या छ। स्थानीयवासी ट्रयाक्टर तथा गाग्रीमा दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन्। चार हजार ८९७ उपभोक्ता दूधकोशी नदीको पानी लिफ्ट गरेर वितरण गर्नेगरी...