यंसि (इन्द्रजात्राका लागि लिङ्गो) लिन मानन्धर समुदायका अगुवा बन प्रस्थान
नेपालअखबार, काठमाडौं । इन्द्रजात्राका अवसरमा बसन्तपुर क्षेत्रमा गाडिने यसिं (इन्द्रध्वज) लिन मानन्धर समुदायका अगुवा आज बन प्रस्थान गरेका छन् । बिहान १० बजेर ४७ मिनेटको साइतमा उनीहरु हनुमानढोकाबाट गुर्जुको पल्टनसहित बन प्रस्थान गरेका हुन् । यसरी यसिं ल्याउने बन (भक्तपुरको चित्तपोल) बाट रुख ल्याउनका लागि होली पूर्णिमापछि गुंला सुरु हुनु अघि क्षमा पूजा गरेर रुख कटान गर्न स्वीकृत माग्ने चलन रहेको, केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्र मानन्धर बताउनुहुन्छ ।
येँया जात्राका अवसरमा हुने सांस्कृतिक तथा सामाजिक गतिविधिमा मानन्धरहरुको विभिन्न दायित्व छन् । यी दायित्वमध्ये यसिं ल्याउने, उठाउने, दागिंका दिन बौमता निकाल्ने, यसिं पतन गराउने जस्ता क्रियाकलाप मुख्य हुन् ।
यसिं लिन उनीहरु भक्तपुरको चित्तपोल पुग्नेछन् । केन्द्रीय मानन्धर संघबाट इन्द्रजात्राका लागि संयोजकका रुपमा प्रतिनिधित्व ...










