Saturday, August 15

समाज

गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको मृत्यु
समाचार, समाज

गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

नेपालअखबार, बारा । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहारबाट मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताए । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि शुक्रबार अपराह्न गोली प्रहार गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरीक्षक ददिराम न्यौपानेले जानकारी गराए ।...
भारतमा आगलागी हुँदा ४ वन अधिकारीको मृत्यु
विदेश, समाचार, समाज

भारतमा आगलागी हुँदा ४ वन अधिकारीको मृत्यु

नेपालअखबार, नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउँदा ४ जना वन अधिकारीको मृत्यु हुनुका साथै अन्य ४ जना जलेको अधिकारीहरूले शुक्रबार बताएका छन् । उत्तराखण्डको राजधानी सहर देहरादुनबाट करिब तीन सय ७० किलोमिटर पूर्वमा रहेको अल्मोडा जिल्लाको सिभिल सोयाम वन डिभिजनअन्तर्गत रहेको बिनसर वन्यजन्तु आरक्षणमा आगलागी भएको उनीहरूले बताएका छन् । वन विभागका अधिकारीहरूका अनुसार बिहीबार साँझ आगो निभाउन ८ सदस्यीय टोली घटनास्थलमा पुगेको थियो । यद्यपि तीव्र हावाले आगो अझ फैलिँदा टोलीका ४ सदस्यहरूको मृत्यु भयो र अन्य ४ जना गम्भीररूपमा जलेका थिए । घाइतेहरूलाई एयरलिफ्ट गरेर अस्पताल लगिएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै बिनसर वन्यजन्तु आरक्षणमा लागेको आगो तत्काल नियन्त्रण गर्न वायुसेनाको सहयोगमा वन विभागका शीर्ष अधिकारी...
सडक बनेको १८ वर्षपछि कालोपत्रे र ढलान
प्रशासन, समाचार, समाज

सडक बनेको १८ वर्षपछि कालोपत्रे र ढलान

नेपालअखबार, काठमाडौं । बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ। विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो। गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिए। ‘आर्थिक वर्ष २०६४/६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्वको बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक मार्ग पनि हो,’ उनले भने, ‘आगामी आर्थिक वर्षका लागि प्रदेश समपूरक बजेटमार्फत यो सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिन प्रस्ताव गरेका छौं।’ चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ५० लाख र  बेनी नगरपालिकाले ३० लाख विनियो...
नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो
कृषि, समाचार, समाज

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

नेपालअखबार,मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए। विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए । “चैतेधान थन्काएपछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीलाई बेवास्ता गर्दै किसानहरू धान भित्रउन व्यस्त छन्”, उनले भने, “यस वर्ष छ हजार सात सय ५५ मेट्रिक टन चैतेधान उत्पादन हुने अनुमान छ ।” दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानले चैतेधान लगाउने गरेका छन् । तुलनात्मक रूपमा यहाँ मकैभन्दा धान बढी उत्पादन हुने र दुई बाली धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने हुँदा किसानहरू यसतर्फ आकर्षित...
पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलमै आउँदैन खानेपानी
प्रशासन, समाचार, समाज

पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलमै आउँदैन खानेपानी

नेपालअखबार,काठमाडौं । मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन्। सुन्दरीजल बागमती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ बाट २७ दशमलव ५ किमी सुरूङ पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका-१ महाकालमा प्रशोधन हुन्छ। दैनिक मेलम्चीबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने सुक्खा मौसममा काकाकुल छन्। यहीँबाट  बागमती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरण गरिन्छ। वर्षायाममा बागमतीबाट करिब १३ करोड लिटर पानी वितरण गरिन्छ। यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिँदै आएको बागमती नदीको पानी पनि पिउन पाएका छैनन्। खानेपानीक...
म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
समाचार, समाज

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

नेपालअखबार, म्याग्दी । जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजारदेखि १२.५ किलोमिटर मङ्गला गाउँपालिका-२ सिमसम्म कालोपत्र गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत– बाबियाचौर-लाम्पाटा- पानाबगर हुँदै रणवाङको सिमानासम्म पुर्‍याएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो ।चौबिस किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो ।...
मुग्लिन-पोखरा सडक विस्तार तीव्र, कति सकियो काम ?
प्रशासन, समाचार, समाज

मुग्लिन-पोखरा सडक विस्तार तीव्र, कति सकियो काम ?

नेपालअखबार,तनहुँ ।  मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पूर्व र पश्चिम दुई खण्डमा सडक विस्तारलाई तीव्रता दिइएको छ । पृथ्वीराजमार्गको पूर्वतर्फ ३३ र पश्चिमतर्फ २० किमि सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ । पूर्वतर्फ ४१ दशमलव ७ किमि र पश्चिमतर्फ ३८ दशमलव ८८ किमी सडक विस्तार भइरहेको छ । आँबुखैरेनीदेखि जामुने सडक खण्डमा २७ किमि चार लेन र छ किमि दुई लेनको सडक कालोपत्र गरिएको पूर्व खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनले भने, “पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी, डुम्रे, व्यास, चापाघाट, म्याग्दे र जामुनेलगायतका स्थानमा कालोपत्र गरिएको छ ।” पूर्व खण्डमा ७० प्रतिशत बढी कार्य प्रगति भइसकेको उनले जानकारी दिए ।  विसं २०८१ बैशाख २ गते सम्झौता म्याद सकिएपछि पुनः एक सय ५५ दिन म्याद थप गरी निर्माणलाई निरन्तरता दिइएको हो । कोभिड-१९ का बेला काम प्रभावित भएकाले म्याद थप गरिएको इन्...
गण्डकीको पर्यटन नीति : पहिले घरदेश अनि परदेश
समाचार, समाज

गण्डकीको पर्यटन नीति : पहिले घरदेश अनि परदेश

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटनलाई बढवा दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संसदमा प्रस्तुत गरेको नीति कार्यक्रममा पोखरा केन्द्रित पर्यटनलाई प्राथमिकता दिइएको हो । पोखरालाई २ महिनाअघि पर्यटनको राजधानी घोषणा गरिएको छ । पोखरालाई केन्द्र बनाएर ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम लागू गर्ने सरकारी घोषणा छ । यस्तै, पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएकाले सोही अनुरूप नीतिगत सुधार एवम् पर्यटनमैत्री वातावरण निर्माणमापनि जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘पहिले घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गर्ने सरकारले जनाएको छ । यसका लागि पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवर्द्धन, पर्यटकको सेवा र सुविधा विकास तथा ...
७१ जिल्लामा फैलियो डेंगु
समाचार, समाज, स्वास्थ्य

७१ जिल्लामा फैलियो डेंगु

नेपालअखबार, काठमाडौँ । देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १ सय ३० जनामा डेंगु पुष्टि भएको छ । मनसुन सुरु भएसँँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाइ छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ । नेपालमा बाह्रैमास डेंगु सङ्क्रमण देखिएको सरकारी तथ्याङ्क छ ।...
अवैध रुपमा अमेरिका पठाउने गिरोहका व्यक्ति पक्राउ
अपराध, समाचार, समाज

अवैध रुपमा अमेरिका पठाउने गिरोहका व्यक्ति पक्राउ

नेपालअखबार,काठमाडौं । अवैध रुपमा अमेरिका पठाउने गिरोहका एक व्यक्ति भारतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ठ नगरपालिका–११का ४६ वर्षीय नारायणकुमार खड्का छन् । उनी अवैध रुपमा अमेरिका पठाउने गिरोहका मुख्य व्यक्ति रहेको दाबी प्रहरीले गरेको छ । स्रोतका अनुसार उनलाई भारतको दिल्लीबाट पक्राउ गरेर ल्याइएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खड्कालाई सार्वजनिक गरेको छ । उनले अमेरिका पठाउने नाममा ४ करोड ३३ लाख ६८ हजार ११२ रुपैयाँ ठगी गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ । जाहेरी आउने क्रम जारी रहेकाले ठगीको रकम अझै बढ्न सक्ने बताइएको छ । दुर्गाबहादुर वली रु कमला डाँगीसहितका व्यक्तिले उनीविरुद्ध जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । खड्काले आफ्नो हाई लिंक एजुकेशन कन्सल्टेन्सी रहेको र वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप छ...