Saturday, August 15

समाज

वनमा डढेलो सल्काउने दुई जना पक्राउ
अपराध, समाचार, समाज

वनमा डढेलो सल्काउने दुई जना पक्राउ

नेपालअखबार,ओखलढुंगा। वनमा आगो लगाएको अभियोगमा ओखलढुंगामा दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ बर्षीय सुजन विकलाई पक्राउ गरिएको हो।  ओखलढुंगा जिल्ला अदालतले अभियुक्तहरूलाई  हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ। जिल्लाका वनमा आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको प्रहरी निरीक्षक सिंहले बताए। गत सोमबार सिद्धिचरण नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो।...
सुनसरीबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो एक क्विन्टल गाँजा
प्रशासन, समाचार, समाज

सुनसरीबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो एक क्विन्टल गाँजा

नेपालअखबार,काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी  बल नेपाल नं.४ गण सुनसरी मातहत  प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो । मङ्गलवार राति  सुनसरी जिल्ला बर्जू गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले छोपी लुकाई छिपाई राखेको ३ बोरा गाँजा बरामद गरिएको हो । सो ठाउँमा गाँजा लुकाइ छिपाइ तस्करी गर्न राखिएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा ३ वटा बोराभित्र पनि स–साना प्याकेट बनाइ राखिएको गाँजा फेला परेको सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।...
आज मातातीर्थ औंसी
समाचार, समाज

आज मातातीर्थ औंसी

नेपालअखबार,काठमाडौँ।बुधबार मातातीर्थ औंसी। आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ। आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन्। यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ। धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ। आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ। पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान  छ। आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ। आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (व...
गोरखामा रोट महोत्सव हुने
समाचार, समाज

गोरखामा रोट महोत्सव हुने

नेपालअखबार, गोरखा । गोरखामा रोट महोत्सव हुने भएको छ। गोरखनाथ मन्दिरमा जेठ १० गतेदेखि सवा लाख रोट महोत्सव हुने भएको हो। सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले सवा लाख रोट महोत्सव गर्न लागिएको बताए। उनले महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने र रोट महोत्सवमा धार्मिक प्रवचनसहित भजनकीर्तन हुने बताए। चामलको पिठो, नरिवल, ल्वाङ, अलैँची, चिनी लगायतका विभिन्न प्रकारका मसला मिसाएर रोट पकाइन्छ। यहाँ भुङ्गे र तावाँ रोट पकाइन्छ। गोरखनाथको मन्दिरमा गोरखनाथलाई दिनहुँ रोट चढाउने चलन छ। विश्वशान्तिको कामनासहित धार्मिक पर्यटन प्रवर्द्धनका लागि सवा लाख रोट महोत्सव गरिँदै आएको संयोजक अकेलाले बताए। वैशाख पूर्णिमाको दिन दिव्य तथा ऐतिहासिक गोरख गुफाबाट प्रकट भएको दिनलाई गोरक्ष प्रकट दिवसको रुपमा पनि मनाउने गरिन्छ। सो दिनको अवसर पारेर रोट महोत्सव सुरुआत गरिएको हो। एघ...
अनुदान पाएपछि व्यावसायिक बाख्रा पालनमा चितवनका चेपाङ समुदाय
कृषि, समाचार, समाज

अनुदान पाएपछि व्यावसायिक बाख्रा पालनमा चितवनका चेपाङ समुदाय

नेपालअखबार, चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका–१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा छिन् । गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप्ने सोचमा रहेको उनी बताउँछिन् । उनको खोरमा अहिले १५ वटा बाख्रा छन् । यस वर्ष ६ वटा खसीबोका बिक्री गरेर ६० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । ‘छानो बनाउन नसकेर खोर निर्माण अधुरै थियो, गाउँपालिकाले २५ हजार रुपैयाँ सहयोग गरेपछि केही रकम आफैँ जोहो गरेर खोर सम्पन्न भएको छ’, स्मृति भन्छिन् । वडा नं १ तार्सिलिङकै अञ्जु चेपाङ गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा खोर निर्माण गरेपछि व्यावसायिक बाख्रापालन गर्ने सोचमा रहेको बताइन् । उनले भनिन्, ‘गाउँपालिकाको सहयोगले खोर सुधार भएको छ, बाख्राको सङ्ख्या बढाएर अब व्यावसायिक रूपमै बाख्रा पाल्छु ।’ गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई समृद्ध बनाई आयआर्जन बढाउन कृषि...
ओखलढुंगामा आगलागीबाट आमा-छोराको मृत्यु
समाचार, समाज

ओखलढुंगामा आगलागीबाट आमा-छोराको मृत्यु

नेपालअखबार,ओखलढुंगा।ओखलढुंगामा आगलागीबाट आमा-छोराको मृत्यु भएको छ। सोमबार दिउँसो सिद्धिचरण नगरपालिका-१० बेतेनीस्थित बसाहा हरिबोले सामुदायिक वनमा लागेको आगलागी नियन्त्रणमा लिन खोज्दा दुई जनाको मृत्यु भए हो। डढेलो आफ्नो खरबारीमा आएपछि निभाउन खोज्दा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ५५ वर्षीया पुण्यमाया धमला र उनका १६ वर्षीय छोरा कञ्चन धमलाको मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।...
राजमार्गको कन्तबिजोग : कहिले हिलैहिलो, कहिले धुलैधुलो
समाचार, समाज, हाइलाइट-समाचार

राजमार्गको कन्तबिजोग : कहिले हिलैहिलो, कहिले धुलैधुलो

नेपालअखबार,पोखरा । पर्यटकीय राजधानी पोखरा जोड्ने दुवैतर्फका ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ । पोखरा-मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक-याम्दी सडक समयमा नबन्दा वर्षातमा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । दुवै राजमार्गबाट आउजाउ गर्ने सर्वसाधारण यात्रु र स्थानीयबासीले हिलो र धुलोको सास्तीबाट कहिले मुक्ति पाउँछन् भन्ने कुनै टुंगो छैन । ‘प्रि-मनसुन’को याम चलिरहेकाले पानी पर्दासाथ सडक हिलाम्मे हुने र घाम लाग्दा धुलाम्मे हुने गरेको छ । स्तरीय सडक नहुँदा पैदलयात्रीसमेत समस्या व्यहोर्न बाध्य छन् । पोखरा-दमौली चल्ने बसका सहचालक दीपक परियारले सडककै कारण सवारी जामलगायतका समस्या भोग्नुपरिरहेको सुनाउँछन् । ‘निर्माणका क्रममा भएकाले सडक ठाउँठाउँमा भत्किएको छ, यात्रामा ...
चितवनमा बाघ र गैँडा मृत फेला
समाचार, समाज

चितवनमा बाघ र गैँडा मृत फेला

नेपालअखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा पोष्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ फेला पारेको हो । अहिले घटनास्थलमा सेना र निकुञ्जको टोली पुगेको छ । घटनास्थल सौराहा नजिक पर्दछ । बाघको मृत्युको कारण खुल्न सकेको छैन । यस्तै नवलपरासीको कावासोती नगरपालिका–१५ स्थित गुन्द्रइढाका मध्यवर्ती सामुदायीक वन क्षेत्रमा एक भाले गैंडा मृत फेला परेको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए । गैँडाको खाग र खुर सुरक्षित छ ।रासस...
चट्याङ लागेर बालकको मृत्यु
समाचार, समाज

चट्याङ लागेर बालकको मृत्यु

नेपालअखबार,अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए । चट्याङले एकै परिवारका तीन घाइते यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन्भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ  ।...
खोटाङका अग्निपीडितलाई शिक्षकको सहयोग
समाचार, समाज

खोटाङका अग्निपीडितलाई शिक्षकको सहयोग

नेपालअखबार,खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई १ लाख ७६ हजार रुपैयाँ सहयोग गरिएको छ । उनीहरुलाई खोटाङका विभिन्न स्कुलमा कार्यरत १ सय ५१ शिक्षकले चन्दा संकलन गरेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । वैशाख १४ गते जंगलमा लागेको डढेलो गाउँमा फैलिँदा घर जलेर ७ परिवार विस्थापित भएका थिए । पीडितलाई क्षतिको मूल्यांकन गरेर १२ देखि ४५ हजार रुपैयाँसम्म प्रदान गरिएको सहयोग संकलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिए । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका परिवारलाई ४५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । संकलित रकम सल्लेका वडाध्यक्ष काशीराज राईको उपस्थितिमा प्रदान गरिएको हो । आगलागीबाट एक करोड ३३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेका प्रहर...