Saturday, May 2

समाज

पोखराको वडा-१३ ले विदेशमा अलपत्र युवालाई स्वदेश ल्याउन सहयोग गर्ने
समाचार, समाज

पोखराको वडा-१३ ले विदेशमा अलपत्र युवालाई स्वदेश ल्याउन सहयोग गर्ने

नेपाल अखबार, पोखरा । पोखरा महानगरपालिका–१३ ले आर्थिक अभावका कारण विदेशमा अलपत्र परेका युवालाई स्वदेश ल्याउनका लागि सहयोग गर्ने भएको छ । कोभिड– १९, का कारण जारी बन्दाबन्दीले विदेशमा रोजगारी गुमाएर आर्थिक समस्या झेलिरहेका र स्वदेश फर्कन नसकेका साथै घरपरिवारको आर्थिक स्थिति कमजोर भएकालाई वडाले समन्वय गरी स्वदेश फर्काउन पहल थालेको वडाध्यक्ष दर्शन लामाले जानकारी दिए । लामाका अनुसार वडामा करिब तीन हजार ३० घरधुरी छन् । करिब दुई हजारको हाराहारीमा वैदेशिक रोजगारमा युवा छन् । लामाले स्वदेश फर्कनेका लागि आर्थिक स्रोत व्यवस्थापन भने महानगरभित्र क्वारेन्टिनमा रहेकालाई ८० रुपैयाँ छाक खाना खुवाएर बचेको रकमलाई परिचालन गर्ने बताए । उनले भने, “हामीले क्वारेन्टिनमा बसेका २४७ जनालाई अहिले महानगरले खर्चिदै आएको १३० मा ५० रुँपैया घटाएर ८० रुपैयाँ छाक खाना खुवाएका छौँ, शुरुको १५ दिन हामीले निःशुल्क खुवायौँ, आजसम...
बन्दाबन्दीमा बलात्कारका घटनामा वृद्धि
समाचार, समाज

बन्दाबन्दीमा बलात्कारका घटनामा वृद्धि

नेपाल अखबार,दाङ । बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले  बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा  बलात्कारका ३२ घटना भएको जनाएको छ । इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बलात्कारका घटनाबाट जिल्लामा  ४० महिला पीडित भएका छन् । सन् २०१९ को पहिलो ६ महिनामा  बलात्कार तथा बलात्कार प्रयासका ४२ घटना भएका थिए । रासस...
स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच छलफलको तयारी
राजनीति, समाज

स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच छलफलको तयारी

नेपाल अखबार, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुँदैछ । छलफल केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा केन्द्रित हुने बताइएको छ । स्थायी कमिटीको बैठक ११ बजे बस्दै छ । दुई अध्यक्ष बीचको भेटवार्ताको समय भने टुंगो लागेको छैन । नेकपाभित्रको विवाद स्थायी कमिटीबाट समाधान हुन नसकेपछि ओली इतर समूह केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगेको छ । त्यसमा सहमत गराउन प्रचण्डले ओलीलाई भेट्न लागेको बताइएको छ । बिहीबार ओली, प्रचण्ड र माधव नेपाल पक्षबीच बालुवाटारमा छलफल भइसकेपछि दुवै पक्षका नेताहरु अलग–अलग छलफलमा जुटेका थिए । प्रचण्ड–माधव नेपाल पक्षको खुमलटारमा भएको भेलाले केन्द्रीय कमिटी बोलाउने निष्कर्ष निकालेको थियो । यसैगरी बालुवाटारमा भेला भएका ओली निकट नेताहरुले प्रचण्ड–नेपाल पक्षको कडा प्रतिवाद गर्ने निर्णय गरेका थिए । उनीहरुले प्...
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरो जाँदा ३ जनाको मृत्यु
समाचार, समाज

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरो जाँदा ३ जनाको मृत्यु

नेपाल अखबार, पोखरा । कास्कीमा पहिरो जाँदा तीन जनाको ज्यान गएको छ । जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुखमा गए राती पहिरो जाँदा ३ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार प्रेमराज विकको घरमा पहिरो खस्दा ३ जनाको ज्यान गएको हो । उनका अनुसार पहिरोले प्रेमराजको माइलो छोराको छोरा १६ वर्षीय नाती कुशल विक, १६ वर्षकी नातिनी रोजिना विक र १४ वर्षीय नाती समिर विककको ज्यान गएको छ । अर्को कोठामा सुतेका प्रेमराजको दम्पती भने सकुशल नै छन् । पहिरोमा पुरिएका तीनै जनाको शव निकालिएको उनले जानकारी दिए ।...
टीकापुरमा आमाबुवा स्याहार्नेलाई अब पुरस्कार
समाचार, समाज

टीकापुरमा आमाबुवा स्याहार्नेलाई अब पुरस्कार

नेपाल अखबार,टीकापुर । बृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले ज्येष्ठ नागरिकको हेरचाहमा सन्तानलाई जिम्मेवार बनाउन पुरस्कार व्यवस्था गर्न लागेको हो ।  समितिका अध्यक्ष मोहनबहादुर रावलले आमाबुवाको स्याहार तथा हेरचाह गर्ने सन्तानलाई सम्मान तथा पुरस्कारका लागि आफ्नो व्यक्तिगत रकमबाट रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । “आमाबुवाको राम्रो स्याहार गर्ने सन्तानलाई प्रेरणा दिन यस पुरस्कार स्थापना गरिएको हो । कोषको ब्याजबाट आउने रु ५० हजार पुरस्कार दिइनेछ”, उनले भने, “जेष्ठ  नागरिकको सम्मान, स्याहार भएन । सन्तान जिम्मेवार नबन्दा धेरैले दुःख पाएका छन् । आमाबुवाप्रतिको जिम्मेवारी बोध गराउन पुरस्कार दिने व्यवस्था गरेका हौँ ।” वृद्ध सेवा समितिले यसबाहेक ज्येष्ठ नागरिकको हकहित तथा सेवामा समर्पित संस्था वा नागरिक र ज्येष्ठ न...
छुट्टाछुटै स्थानमा दुई जनाको शव फेला
समाचार, समाज

छुट्टाछुटै स्थानमा दुई जनाको शव फेला

नेपाल अखबार, सिरहा। सिरहाको छुट्टाछुटै खोलामा आज बिहान एक वृद्धसहित दुई जनाको शव फेला परेको छ । सिरहा बरियारपट्टी गाउँपालिका–२ श्रीपुरस्थित खोलामा स्थानीय ६८ वर्षीय रामदेव यादवको शव फेला परेको प्रहरीले जनाएको छ । आँपको बगैँचा हेर्न जान्छु भनी घरबाट निस्केको र घर फर्की नआएको कारण खोजतलास गर्ने क्रममा खोला छेउमा यादव मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिए । यस्तै सिरहाको मिर्चैया नगरपालिका–९ बतहाखोलामा तत्काल सनाखत नभएको एक पुरुषको शव फेला परेको छ । खोलाको पश्चिम साइडमा अन्दाजी ४० वर्षीय सो पुरुषको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले सो शव परीक्षणका लागि लहानस्थित अस्पताल ल्याइएको प्रहरी उपरीक्षक पञ्जीयारले बताए । घटनाको थप अनुसन्धा...
सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोः २ घर बगायो, ५ बेपत्ता
समाचार, समाज

सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोः २ घर बगायो, ५ बेपत्ता

नेपाल अखबार, काठमाडौं  ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित खोकुण्डोल बजारमाथि फुल्पिङमा गएराती गएको पहिरोले २ घर बगाएको छ । भने, ५ जना बेपत्ता भएका छन्  । प्रहरी घटनास्थल पुग्दै गरेको र आफूहरु पनि केही बेरमा घटनास्थल पुग्ने गाऊ पालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए । गत गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका जम्बुमा आएको बाढी र पहिरोले झण्डै १९ जना बेपत्ता बनाएको थियो ।...
ओली –प्रचण्ड तीन घण्टा वार्ता विना निष्कर्ष
राजनीति, समाज

ओली –प्रचण्ड तीन घण्टा वार्ता विना निष्कर्ष

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अआफ्नो अडानमा रहँदा बुधवार करीव ३ घण्टाको छलफल पनि विना निष्कर्ष टुंगिएको छ । साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्ने प्रयास स्वरुप ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेको छ । बुधबार भएको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । दुई अध्यक्षबीच सौहार्दपूर्ण ढंगले छलफल भएको र बिहीबार पनि सहमतिको प्रयासमा वार्ता हुने महासचिव पौडेलले बताए । ‘उहाँहरुबीच सकारात्मक कुराकानी भएको छ तर निष्कर्षमा पुगिसक्नुभएको छैन’ पौडेलले अनलाइनखबरसँग भने, ‘उहाँहरुबीच भोलि पुनः छलफल हुन्छ । पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधान गर्दै पार्टी एकताको रक्षा गर्न हामी सफल हुनेछौं ।’ अध्यक्षद्वयबीच छलफल सकारात्...
सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ता २० जनाको खोजीकार्य जारी
समाचार, समाज

सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ता २० जनाको खोजीकार्य जारी

नेपाल अखबार, सिन्धुपाल्चो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको आशङ्का हुन थालेको छ । चार दिनदेखि मङ्गलबारसम्म स्काभेटर लगाएर खोजीकार्य जारी राखे पनि बेपत्ताको शव भेटिने सम्भावना ज्यादै न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । बाढी र पहिरोले सडकको सतहभन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठूला–ठूला ढुङ्गा थुपारेको हुँदा स्काभेटरले समेत हटाउन कठिनाइ परेकाले समस्या उत्पन्न भएको छ । उद्धारकार्यका लागि काठमाडौँबाट आएको २५ सदस्यीय टोली पनि मङ्गलबार फर्किसकेको छ । बाढी र पहिरोले बाह्रबिसेदेखि मितेरी पुलसम्म १५ ठाउँमा सडक बिग्रेको प्रहरी निरीक्षक न्यौपानेल...
बन्दाबन्दीमा ११९ मानवअधिकार उल्लङ्घनका घटना
समाचार, समाज

बन्दाबन्दीमा ११९ मानवअधिकार उल्लङ्घनका घटना

नेपाल अखबार, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले  बन्दाबन्दीका अवधिका तीन महिनामा एक हजार ११९ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकोे जनाएको छ । इन्सेकद्वारा बन्दाबन्दीको तीन महिनाको सोमबार सार्वजनिक गरेको आवधिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा २०७६ चैत ११ देखि २०७७ असार १० गतेसम्म रहेका पनि इन्सेकले जनाएको छ । यस अवधिमा राज्य पक्षबाट तीनजना महिलासहित ६४ र अन्य पक्षबाट ८४१ महिलासहित १५५ गरी एक हजार ११९ जना पीडित भएका घटना इन्सेकले जनाएको छ । अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४७६ र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २८४ जना पीडित भएका छन् । त्यसैगरी, यो अवधिमा अमानवीय व्यवहार ११, धम्की पाँच, घाइते ११२, कुटपिट १२, अपहरण छ, गिरफ्तार ३१, हत्या ७२, प्रहरी हिरासतमा यातना दुई र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेखमा उल्लेख छ...