Monday, October 5

स्वास्थ्य

लम्पी स्किनबाट नवलपरासी पूर्वमा मात्र ४१३ गाईभैँसी मरे
कृषि, समाचार, स्वास्थ्य

लम्पी स्किनबाट नवलपरासी पूर्वमा मात्र ४१३ गाईभैँसी मरे

नेपालअखबार, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा लम्पी स्किनका कारण छ हजार २४ पशुचौपाया सङ्क्रमित भएका छन् । जिल्लामा यस रोगबाट हालसम्म चार सय १३ गाईभैँसीको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख पशु चिकित्सक डा. ऋषभ गुरागाईंले जिल्लाका गाईभैँसीमा लम्पी स्किन महामारीका रुपमा फैलिएको बताए । ‘जिल्लामा लम्पी स्किन नियन्त्रणका लागि खोप तथा औषधिको व्यवस्था गरिएको भए पनि नियन्त्रण बाहिर गएको छ’, उनले भने, ‘लम्पी स्किनबारे सचेतना जगाउँदै सावधानी अपनाउनु नै अहिलेका लागि लम्पी स्किनको जोखिमबाट जोगिन सकिन्छ ।’ उनले जिल्लाको कावासोती नगरपालिकामा लम्पी स्किनको सङ्क्रमणदर उच्च रहेको बताए । कावासोतीमा हालसम्म सबैभन्दा बढी एक सय ५१ पशु चौपाया मरेका जनाउँदै डा. गुरागाईंले दुई हजार १३ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका जानकारी दिए । मध्यविन्दु नग...
लम्पी स्किनबाट सुदूरपश्चिममा मात्रै २६ हजार पशुचौपाया मरे, ६ लाख संक्रमित
अर्थ, कृषि, समाचार, स्वास्थ्य

लम्पी स्किनबाट सुदूरपश्चिममा मात्रै २६ हजार पशुचौपाया मरे, ६ लाख संक्रमित

नेपालअखबार, । ‘लम्पी स्किन’ रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार ९९१ पशुचौपाया मरेका छन्। प्रदेशका ९ वटै जिल्लामा ६ लाख ३४ हजार ७९९ पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ। तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन्। पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशमा ६३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगायएको छ। ‘तीन वर्षदेखि लम्पी स्किनबाट पशुचौपाया संक्रमित हुँदै आएका छन्,’ डा. अवस्थीले भने, ‘यस वर्ष पहाडी जिल्लामा कडा खालको सङ्क्रमण देखियो।’ ‘पोक्स’ भाइरसको सङ्क्रमणबाट हुने लम्पी स्किनबाट सब...
डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित
समाचार, समाज, स्वास्थ्य

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

नेपालअखबार, चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९-८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए । भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी नगरपालिकामा एक सय ८४ जना सङ्क्रमित भएका थिए । यस्तै राप्ती नगरपालिकामा एक सय जना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकमना गाउँपालिकामा १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए । डेङ्गु एडिस...
बागलुङका सबै वडामा लम्पी स्किनविरूद्धको खोप
कृषि, समाचार, समाज, स्वास्थ्य

बागलुङका सबै वडामा लम्पी स्किनविरूद्धको खोप

नेपालअखबार, बागलुङ। बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ । दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए। केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुलाई पुग्ने खोप पठाएको छ। लम्पी स्किनबाट बागलुङमा एक सय ६६ गाईको मृत्यु भएको छ। लम्पी स्किन लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा एक सय चार डिग्रीभन्दा बढी ज्वरो आउने हुन्छ। फार्म नै सञ्चालन गरेका किसानका गाईगोरु यस रोगबाट बढी बिरामी भएको पाइएको छ। वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलोपटक लम्पी स्किनको सङ्क्रमण देखिएको थियो। त्यसपछि क्रमशः अन्यत्र फैलिएको सापकोटाले बताए। पशु बिरामी हुँदा दूध उत्पादन घटेको...
डेंगु संक्रमण ह्वात्तै बढ्यो, १० जिलामा बढी संक्रमण
समाचार, स्वास्थ्य

डेंगु संक्रमण ह्वात्तै बढ्यो, १० जिलामा बढी संक्रमण

नेपालअखबार, काठमाडौं । पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए । उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेङ्गु सङ्क्रमण हुन्छ । एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् । महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भ...
काभ्रेमा लम्पी स्किन रोकथामका लागि खोप अभियान
प्रशासन, समाचार, समाज, स्वास्थ्य

काभ्रेमा लम्पी स्किन रोकथामका लागि खोप अभियान

नेपालअखबार, काभ्रे । लम्पी स्किन रोगको सङ्क्रमणबाट पशु मर्न थालेपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले खोप अभियान सुरु गरेका छन् । सङ्क्रमण भएका गाईवस्तुलाई औषधि उपचारसँगै निःशुल्क रुपमा खोप अभियान सञ्चालन गरिएको हो । बेथानचोक गाउँपालिकाले सङ्क्रमण फैलिन नदिन निःशुल्क खोप अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । “विशेष गरी लम्पी स्किन सङ्क्रमणबाट गाई मर्न थालेको जानकारी पाएपछि पशु प्राविधिक खटाएर खोप लगाउन अनुरोध गरेका थियौँ”, उनले भने, “त्यसले नधान्ने अवस्था भएपछि तत्काल विपद् कोषबाट बजेट व्यवस्थापन गरी निःशुल्क खोप लगाउने काम गरिरहेका छौँ ।” यस गाउँपालिकामा मात्रै हालसम्म लम्पी स्किनको सङ्क्रमणबाट २१ वटा गाई मरेका छन् । पालिकाका ६ वटा वडामध्ये १ र ६ मा अभियान सञ्चालन भइरहेको र अन्य वडामा सम्पन्न भइसकेको पालिकाले जनाएको छ । पालिकाले सुरुमा पाँच सय डोज ...
१६ संघीय अस्पतालबाट साढे ३ हजार बेड निःशुल्क हुने
प्रशासन, समाचार, स्वास्थ्य

१६ संघीय अस्पतालबाट साढे ३ हजार बेड निःशुल्क हुने

नेपालअखबार,  काठमाडौँ । सरकारले देशभरका अस्पतालबाट तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले संघ अन्तर्गतका १६ अस्पतालबाट गरिब, विपन्न, बेवारिसे तथा असहायहहरूको उपचारका लागि सो संख्याको बेड निःशुल्क उपलब्ध गराएको हो । यसअघि मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरुको उपचारमा १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउन स्थानीय, प्रादेशिक र संघीय, सामुदायिक तथा निजी अस्पतालहरूमा परिपत्र गरेको थियो । कहाँ कति बेड उपलब्ध ? निःशुल्क बेडमध्ये वीर अस्पतालले ७ सय, कान्ति बाल अस्पतालले २४८, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ४५०, राष्ट्रिय ट्रमा सेन्टरले १५०, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ९०, ललितपुर मानसिक अस्पतालले ४०, कोशी अस्पतालले ३३० शय्या निःशुल्क उपलब्ध गराउने भएको हो । यसै गर...
वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा
प्रशासन, समाचार, स्वास्थ्य

वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा

नेपालअखबार, काठमाडाैं। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा(ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ। यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो। वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिए। दुबै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २:३० बजेसम्म निर्धारण गरिएको उनले बताए। वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले  सबै कर्मचारीको ई–हाजिरी अनिवार्य गरिएको जनाएको छ। अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपिडी सेवा लिइरहेका छन्। ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बिहान ८:१५ बजेदेखि ओपिडी सेवा सुरु गरिएको जानकारी दिए। उनका अनुसार ट्रमा सेन्टरअन्तर्गत रहेका सबै विभागमा बिहानैदेखि ओपिडी सेव...
विना अनुमति मेडिकल सञ्चालन गर्ने १५ जना पक्राउ
प्रशासन, समाचार, स्वास्थ्य

विना अनुमति मेडिकल सञ्चालन गर्ने १५ जना पक्राउ

नेपालअखबार, कञ्चनपुर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। ‘वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ,’ उनले भने, ‘यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको पाइएको छ।’ औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा अवैध मेडिकल सञ्चालन गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुर दर्ता भएको छ। प्र...
चीनमा सार्वजनिक शौचालयमा पिसाब फेर्दा मूत्र परीक्षणको रिपोर्ट
विश्व, समाचार, स्वास्थ्य

चीनमा सार्वजनिक शौचालयमा पिसाब फेर्दा मूत्र परीक्षणको रिपोर्ट

नेपालअखबार, बेइजिङ । चीन आफ्नो आधुनिकताका लागि विश्वभर प्रसिद्ध छ। तपाईले यहाँ यस्ता आविष्कारहरू र अनौठो चीजहरू देख्नु हुनेछ, जुन तपाईले अरू कतै विरलै देख्नुहुनेछ। चिनियाँ युरिनल अर्थात् हाईटेक युरिनल चर्चामा छ, जसमा पिसाब गरेपछि सजिलै जाँच गर्न सकिन्छ। यसको प्रयोगको लागि त्यहाँ मूल्य तिर्नुपर्छ। अडिटी सेन्ट्रल न्युज वेबसाइटको रिपोर्ट अनुसार बेइजिङ लगायत चीनका अन्य सहरहरूमा (चाइना युरिन टेस्ट इन युरिनल) सार्वजनिक ठाउँका बाथरुममा विशेष युरिनल (शुल्क तिरेर युरिनले पिसाब परीक्षण) स्थापना भइरहेका छन् । यी पिसाबहरू मल वा घुम्न जाने ठाउँहरूमा पनि जडान गरिएको छ। यिनीहरूको विशेषता यो हो कि यसमा पिसाब गर्दा कसैले चाहेमा आफ्नो पिसाब पनि परीक्षण गर्न सक्छ । हाइटेक युरिनलमा डिजिटल डिस्प्ले र बिल्ट-इन भुक्तानी विधि छ।युरिनलमा लुकेका सेन्सरहरू पनि छन्, जसबाट क्याल्सियम, ग्लुकोज, प्रोटिन, किटोन बडी...