Wednesday, July 8

हाइलाइट-समाचार

अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा हजारौँको र्‍याली
विश्व, समाचार, हाइलाइट-समाचार

अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा हजारौँको र्‍याली

नेपालअखबार,साना । यमनमा अमेरिकी हवाई आक्रमण र गाजामा इजरायलको आक्रमणको विरोधमा यमनको राजधानी सानामा दशौं हजार यमनीहरूले सामूहिक र्याली निकालेका छन् ।  उत्तरी यमनको धेरैजसो भाग नियन्त्रण गर्ने हुथी नेता अब्दुलमलिक अल–हुथीले यो र्याली आह्वान गरेका थिए । बासिन्दा र हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार अमेरिकी सेनाले शहर र वरपरका धेरै स्थानहरूमा ११ वटा हवाई आक्रमण गरेको केही घण्टापछि मध्य सानाको अल–सबीन स्क्वायरमा र्याली आयोजना गरिएको थियो । र्यालीको क्रममा प्रदर्शनकारीहरूले यमन र प्यालेस्टाइनको झण्डा बोकेका थिए । अमेरिकी हवाई आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए । उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई गाजामाथिको युद्ध अन्त्य गर्न र इजरायललाई अति आवश्यक खाद्यान्न र औषधिलाई क्षेत्रमा प्रवेश दिन दबाब दिन पनि आह्वान गरेका छन् । यमनमा, हुथी नियन्त्रित स्वास्थ्य अधिकारीहरूका अनुसार मार...
माइतीघरमा पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध प्रदर्शन
समाचार, समाज, हाइलाइट-समाचार

माइतीघरमा पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध प्रदर्शन

नेपालअखबार, काठमाडौं । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो । उनको हत्याको विरोधमा आज बिहान नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । आज पत्रकार महासंघको स्थापना दिवससमेत हो तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो ।...
एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड राजावादीले गरे
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड राजावादीले गरे

नेपालअखबार,काठमाडौँ  ।राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी गरेको छ । झुन्डझुन्डमा तोडफोड गर्दै हिँडेका राजावादीले एसको कार्यालय तोडफोड र आगजनी गरेका हुन् । उनीहरूले तीनकुनेका विभिन्न घरभवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । तीनकुनेमा राखेको सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।...
४ नेताले सम्बोधन गर्ने समाजवादी मोर्चाको सभामा
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

४ नेताले सम्बोधन गर्ने समाजवादी मोर्चाको सभामा

नेपालअखबार, काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गर्न लागेको प्रदर्शनमा ४ जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव र महेन्द्र राय यादवले सभालाई सम्बोधन गर्ने भएका हुन् । मोर्चाले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सुरु गरेको छ । जुलस काठमाडौंको भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ । भृकुटीमण्डपमा सभाका लागि मञ्च तयार भइसकेको छ ।अहिले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।...
सत्तारूढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थाले: अध्यक्ष नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

सत्तारूढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थाले: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेको बताउनुभएको छ। साथै उहाँले वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा जारी सचिवालय बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘लोकतन्त्रको रक्षा, संघीय गणतन्त्रको रक्षा र प्रतिगामी यथास्थितिवादीहरुले टाउको उठाउन थालेका छन्। यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ।’...
कपिलवस्तुमा माओवादी, एमाले परित्याग गरी १७ सय नेताकार्यकर्ता एकीकृत समाजवादीमा
राजनीति, समाचार, हाइलाइट-समाचार

कपिलवस्तुमा माओवादी, एमाले परित्याग गरी १७ सय नेताकार्यकर्ता एकीकृत समाजवादीमा

नेपालअखबार,काठमाडौँ। विभिन्न राजनीतिक दल परित्याग गर्दै १७०० नेताकार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा समावेश हुनुभएको छ। शनिबार कपिलवस्तुको ११औँ जिल्ला अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता तथा पूर्वसांसद रामलौटन चौधरी, मायादेवी गाउँपालिकाका पूर्वउपाध्यक्ष गीता तिवारीलगायत विभिन्न तहका नेताकार्यकर्ताले एकीकृत समाजवादी रोज्नु भएको हो। उहाँहरुलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गर्नुभएको छ। कार्यक्रममा अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले भन्नुभयो,“सत्तामा बसेर जनताको पक्षमा काम गर्ननसक्नेहरूबाट दिक्क भएर कमरेडहरू समाजवादी आन्दोलनमा सामेल हुनुभएको छ। हामी सधैं जनताको अधिकार र लोकतान्त्रिकमूल्य–मान्यताको पक्षमा खडा हुनेछौँ।” कार्यक्रममा सहभागी नवप्रवेशी नेताकार्यकर्ताहरूले वर्तमान सत्ताधारी दलहरू जनताको भावनासँग विमुख भएको आरो...
पुरुषसरह ज्याला नपाएपछि आफै ठेकेदार बनेकी पार्वती
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

पुरुषसरह ज्याला नपाएपछि आफै ठेकेदार बनेकी पार्वती

नेपालअखबार,कञ्चनपुर। पहिला दिनभरि मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रुएक हजार आम्दानी गर्न थालेकी छन्। घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन्। ‘दिनभर पुरुषसरह मजदुरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफै मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ,’ पार्वतीले भनिन्, ‘दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ।’ उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताइन्। ‘सुरूमा मजदुरी गर्थे दिनको पाँच सय मात्रै ज्याला पाउँथे। अहिले आफै घर निर्माणको ठेक्का लिन थालेकी छु,’ ...
एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल सर्वसम्मत
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल सर्वसम्मत

नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दहाल निर्वाचित भएका छन् । फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा.गंगालाल तुलाधरले जानकारी दिए । इन्चार्ज तुलाधरकाअनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानिराम चौलागाई, निरू खरेल, दिपक धनुके निर्वाचित हुनुभएको छ। दहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ।...
९० वर्षका ‘धान्द्रुके बाजे’ ले पाएनन् नागरिकता
समाचार, समाज, हाइलाइट-समाचार

९० वर्षका ‘धान्द्रुके बाजे’ ले पाएनन् नागरिकता

नेपालअखबार,बागलुङ। बागलुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तराद्र्धमा पुग्दा पहिचानविहीन भएका छन्। बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका शारीरिक तथा मानसिक रूपमा कमजोर वृद्ध अहिलेसम्म पहिचानविहीन छन्। करिब ९० वर्षीय उनको नाम, ठेगाना र आफन्त नखुल्दा राज्यले दिने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन्। लामो समयदेखि भकुण्डेका विभिन्न घरमा आश्रय लिएर बस्दै आएका उनलाई स्थानीयले ‘धान्द्रुके बाजे’ भनेर बोलाउने गरेका छन्। सानै उमेरदेखि भकुण्डेमा आएर बाँसको चोयाका सामग्री बनाएर पेट पाल्दै आएका उनको उमेर बढ्दै जादा पछिल्लो समय हिँड्डुलमा समेत बाधा पुग्न थालेको देखिन्छ। स्पष्ट बोल्न नसक्ने उनी अहिले स्थानीय नरमाया थापाको घरमा आश्रय लिएर बसेका छन्। उनी भकुण्डेका परिचित व्यक्ति भए पनि नाम, ठेगाना खुल्न सकेको छैन। राज्यले पहिचानका रूपमा दिने नागरिकता पाउन नसक्दा उ...
काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय

नेपालअखबार ,काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोधसभा आयोजना गर्ने भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । ‘माघ २४ गते काठमाडौंमा एउटा भव्य विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय भएको छ,’ उनले भने । त्यस्तै, चैतको पहिलो हप्तासम्मा मधेशमा जनसभा आयोजना गर्ने निर्णय भएको पनि उनले बताए ।आजको बैठकमा हिजो (मंगलबार) काठमाडौंमा आयोजना गरिएको समाजवादी मोर्चाको सभाबारे पनि समीक्षा भएको उनले बताए । नेसपासहित देशैभर मोर्चाको संगठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।...