एमाले मन्त्रीले राजीनामा बुझाए
नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सामुहिक राजीनामा बुझाएका छन्।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठैजनाले मन्त्रीले राजीनामा पत्र बुझाएका हुन्।
एमालेको आजै बिहान बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्दै समर्थनसमेत फिर्ता लिने निर्णय गरेको थियो।
एमालेले आजै किन छोड्यो सरकार?
दुई दिनअघि फागुन १३ गते नेकपा (एमाले) को सचिवालय बैठक बस्यो। दिउँसो राष्ट्रपति उम्मेदवारको मनोनयन गर्नुपर्ने भएकाले उम्मेदवार टुंग्याउन बसेको उक्त बैठकले अर्को पनि निर्णय गर्यो- तत्काल सरकार नछोड्ने।
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सहित ८ दलले अघिल्लो दिन नै राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेका थिए।
...









