Friday, July 10

हाइलाइट-समाचार

संविधान संशोधनका लागि नेकपाले बनायो नेपालको नेतृत्वमा कार्यदल
राजनीति, समाचार, हाइलाइट-समाचार

संविधान संशोधनका लागि नेकपाले बनायो नेपालको नेतृत्वमा कार्यदल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि कार्यदल बनाएको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सचिवालय सदस्य माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो। कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य छन्। कार्यदलले राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउनेगरी संविधान संशोधनको तयारी गर्ने बताइएको छ। नेपालको नयाँ संविधानअनुसार राष्ट्रियसभाका सदस्य प्रधानमन्त्री हुन नपाउने व्यवस्था छ। यसकाविरुद्ध नेकपाका उपाध्यक्ष वामदेव गौतमले निरन्तर रुपमा आवाज उठाउँदै आएका थिए। राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री बन्न नपाउने भएपछि गत माघमा भएको राष्ट्रियसभाको रिक्त निर्वाचनमा गौतम पार्टीले आग्रह गर्दा पनि उम्मेदवार हुन मानेका थिएनन्।...
एमसिसी बारे निर्णय नभइ सकियाे नेकपा सचिवालय बैठक
राजनीति, समाचार, हाइलाइट-समाचार

एमसिसी बारे निर्णय नभइ सकियाे नेकपा सचिवालय बैठक

काठमाडौं- शनिबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा आवश्यक छलफल गरेर अगाडी बढ्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडी बढ्ने निर्णय गरेको हो। नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमसिसी पारित गर्ने/नगर्ने विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने बताए। शनिबारको सचिवालय बैठकमा प्रतिवेदनलाई भाषिक रुपमा अन्तिम सम्पादन गरेर कार्यान्वयनका सम्बन्धमा अगाडी बढ्ने विषयमा पनि छलफल भएको उनले बताए। संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ। अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनको विवरण पेश गरेका थिए।...
विवादमा परेर  दाेस्राे जनआन्दाेलनपछि काे कसले गुमाए पद ? (लिष्ट सहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

विवादमा परेर दाेस्राे जनआन्दाेलनपछि काे कसले गुमाए पद ? (लिष्ट सहित)

काठमाडौं – २०६२/६३ को जनआन्दोलनपछि विभिन्न विवादमा परी पद गुमाउने मन्त्रीमा गोकुलप्रसाद बाँस्कोटा नवौं हुन्। पछिल्लो प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि आफ्नै अभिव्यक्तिका कारण पद गुमाउने उनी दोस्रा मन्त्री हुन् । २०७४ फागुनमा केपी शर्मा ओली दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेपछि कानुन मन्त्रालयको जिम्मेवारी पाएका शेरबहादुर तामाङले यसअघि पदबाट राजीनामा गरेका थिए। २०७४ को चैत २ गते मन्त्रीको जिम्मेवारी सम्हालेका उनले २०७५ को साउन ४ मा बंगलादेशमा पढ्ने छात्राबारे दिएको अभिव्यक्ति विवादमा आएपछि ६ गते पदबाट राजीनामा दिएका थिए। शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता दिलनाथ गिरी प्रधानमन्त्रीसँग विवाद गरेपछि २०७४ पुस १७ गते सहरी विकासमन्त्रीको जिम्मेवारीबाट मुक्त भए। सुशील कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्रीको जिम्मेवारी पा...
निन्द्रा लागेन ? सुत्ने कोठाबाट हटाउनुस् यी ५ सामान
विचार, स्वास्थ्य, हाइलाइट-समाचार

निन्द्रा लागेन ? सुत्ने कोठाबाट हटाउनुस् यी ५ सामान

दिनभरी थकान र कामको व्यस्तता पछि हरेक मानिसलाई पर्याप्त निन्द्रा आवश्यक हुन्छ । तर गलेको शरीर लिएर ओच्छ्यानमा पुगेपनि कतिपय अवस्थामा राम्रोसं निन्द्रा पर्दैन । शारीरिक तथा मानसिक दुवै कारणले रातमा निन्द्रा पर्न ग्राहो हुन्छ । तर, यसका लागी वास्तुशास्त्रले भने केहि कारणलाई लाई दोषि मानेको छ । वास्तु अनुसार निन्द्रा नपर्नुको कारण मानिसका केहि गल्तीहरु हुन् । अर्थात हामीले सुत्ने ओच्छ्यान नजिकै राखिने केहि वस्तुहरुको कारणले हामीलाई निन्द्रा पर्दैन । १. जुत्ता–चप्पलअधिकाशं मानिस सुत्ने ओच्छ्यानसम्म रुम स्लिपर लगाउछन् । साथै केहिले अन्यत्र लगाउने जुत्ता–चप्पल पनि बेडरुमसम्मै पुर्याउँछन् । वास्तुअनुसार यसरी जुत्ताचप्पललाई ओच्छ्यानमा पुर्याउँदा यसले नकारात्मक उर्जा पैदा गर्छ र निन्द्रा पर्दैन । २. पानीको जग/गिलासकेहि मानिस राति उठ्दा तिर्खा लागेमा पानी चाहिने भन्दै सिरानी छेउमा पानीको जग वा...
एमसीसी परिमार्जनसहित पास हुन्छ : प्रचण्ड
प्रदेश ३, राजनीति, समाचार, हाइलाइट-समाचार

एमसीसी परिमार्जनसहित पास हुन्छ : प्रचण्ड

चितवन – नेकपा अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गराउने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारसँग कुरा गरेको खुलाशा गरेका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने समेत बताएका छन् । शुक्रबार एमसीसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै उनले यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने जानकारी दिए ।...
गोरखा बजारबाट डेढ सय मोटरसाइकल यसरी गए बारपाक (भिडियो सहित)
पर्यटन, प्रदेश ४, भिडिओ, समाचार, हाइलाइट-समाचार

गोरखा बजारबाट डेढ सय मोटरसाइकल यसरी गए बारपाक (भिडियो सहित)

गोरखा । गोरखा सदरमुकामदेखि भूकम्पको केन्द्र बारपाकसम्म मोटरसाईकल यात्रा सुरु भएको छ । भ्रमण बर्ष २०२० र गोरखा जाऔ अभियानलाई सफल बनाउन गोखा युथ क्लबले आयोजना गरेको अफरोड मोटरसाइकल ¥याली शनिबार बिहान १० बजे गोरखा बजारबाट हिडेको हो । आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले गोरखा सदरमुकामको ठुलो आगनदेखि सुरु भएको यात्रामा एक सय ५० मोटरसाईकल सहित युवाहरु सहभागी भएको क्लबका सहसचिव आनन्द गुरुङ काजीले जानकारी दिए । यात्राको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले सुभारम्भ गरेका हुन् । कार्यक्रममा नगरप्रमुख पन्त सहित गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी ओमप्रसाद अधिकारी, कार्यक्रम संयोजक रञ्जित कुमार श्रेष्ठ लगायतले बोलेका थिए । ¥याली आज बारपाक गएर बास बस्ने र भोली आइतबार सदरमुकाम फर्केर रानीपोखरी परिसरमा समापन हुने बताइएको छ । गोरखा सदरमुकाम देखि फिनाम, ताप्ले, झिंग...
लाप्राकमा भयाे अनौठो बिहे ! 'मकै'लाई बनाईयो बेहुला–बेहुली (फाेटाे फिचरसहित)
धर्म/संस्कृति, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

लाप्राकमा भयाे अनौठो बिहे ! 'मकै'लाई बनाईयो बेहुला–बेहुली (फाेटाे फिचरसहित)

गोरखा । परम्परा देखि चली आएको मकै बिहे यस वर्ष पनि धुमधामले गरिएको छ । धार्चे गाउँपालिका–४ लाप्राकका स्थानीयले बिहीबार बाजागाजा सहित मकैको बिवाह गरिदिएका हुन् । ज्योतिषीले हेराएको साइत अनुसार पुरानो गाउँमा भेला भएका स्थानीयहरुले विधि पूर्वक मैक बिहे गरेका हुन् । लाप्राकको ठुँलो आँगनबाट बेहुला अन्माएर निस्केको जन्तीले बेहुली लिएर गाउँ परिक्रमा गरेको थियो । ‘यो हाम्रो परम्परा देखिको संस्कार हो । हामी वर्षेनी यसरी नै धुमधामले मकैको विवाह गर्छौं’ स्थानीय माइली गुरुङले भनिन्, ‘मकैको बिहे गरेपछि गाउँमा सबै राम्रो हुन्छ । खेतिपाती फल्छ । रोगकिराले दुःख दिदैन ।’ त्यहाँको मुख्य खाद्यबालीको रुपमा रहेको मकैको बिहे गरिदिएपछि उब्जनी राम्रो हुने, असिना, खडेरी तथा अन्य रोगकिराको प्रकोप नरहने विश्वास छ । हरेक वर्ष माघ १५ गते देखि फागुन १५ गतेसम्म साइत जुराएर मकैको बिवाह गर्ने प्रचलन छ । ...
सञ्चार मन्त्रालयका कागजात अख्तियारको नियन्त्रणमा
अर्थ, समाचार, हाइलाइट-समाचार

सञ्चार मन्त्रालयका कागजात अख्तियारको नियन्त्रणमा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन लेनदेनको विषयमा गरेको अडियो सार्वजनिक भएपछि थप अनुसन्धानका लागि सञ्चार मन्त्रालयका काजगात नियन्त्रणमा लिएको छ । सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियामा कमिसन मागेको भन्दै पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाको कार्यकक्षबाट अख्तियारले कागजातहरू नियन्त्रणमा लिएको हो।...
आज शिवरात्रि ! देशभरका शिवालयमा भक्तजनको भीड
धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

आज शिवरात्रि ! देशभरका शिवालयमा भक्तजनको भीड

गाेरखा- महाशिवरात्रिका अवसरमा देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ५:४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८:३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले आजै महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको जनबिश्वास छ । पूजा आराधना गर्दा महादेव छिट्टै प्रसन्न हुने भएक...
विद्यार्थीलाई प्राथमिक उपचार बिधी सिकाउदै पालुङटार नगरपालिका
प्रदेश ४, शिक्षा, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

विद्यार्थीलाई प्राथमिक उपचार बिधी सिकाउदै पालुङटार नगरपालिका

सामुदायिक विद्यालयका विद्यार्थाीलाई प्राथमिक उपचार सिकाउन पालुङटार नगरपालिकाले नयाँ अभियानको सुरुवात गरेको छ । उपप्रमुखसंग स्वास्थ्य शिक्षा तथा प्राथमिक उपचार तालिम कार्यक्रम अन्तरगत नगरपालिकाले सो अभियानको सुरुवात गरेको हो । १० वटा सामुदायिक विद्यालयमा सञ्चालन हुने अभियानको बुधबार एक कार्यक्रमका बिच भवानी माध्यामिक विद्यालयबाट नगरप्रमुख दिपकबाबु कडेंलले शुभारम्भ गरेका हुन् । ‘आकस्मिक हुने घटना र चोटपटकहरुमा समयमै सामान्य उपचार पाउदा पनि मानविय क्षती रोकिन्छ’ नगरप्रमुख कडेंलले भने ‘त्यस्ता सामान्य तरिका विद्यार्थीलाई सिकाएर समुदायसम्म यो कार्यक्रम पु¥याउने उदेश्यले अभियानको सुरुवात गरेका हौ ।’ पहिलो चरणको अभियान अन्तरगत माध्यामिक तहका विद्यार्थीलाई यो तालिम सिकाउने योजना नगरपालिकाको छ । कार्यक्रमले आकस्मिक रुपमा विद्यार्थी तथा शिक्षकहरुमा बेलाबखत आउने शारिरिक समस्याले समयमै सामान्...