कहाँ के गर्दैछन् छन्, प्रहरीले नभेट्टाएका बमजन ?
बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा रामबहादुर बमजनविरुद्ध बाल यौन दुर्व्यवहारको आरोपमा मुद्दा पर्यो। मुद्दा परेलगत्तै कार्यालयले बमजनविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी माग्यो।
सर्लाही प्रहरीका प्रवक्ता डिएसपी प्रतिकसिंह राठौंरका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८, बेसारेमा रहेको आश्रममा बमजन रहेको सुचनाका आधारमा बिहीबार साँझ नै सिन्धुली प्रहरीलाई पक्राउ पुर्जी पठाइएको थियो।
शुक्रबार बिहानै ६ बजे सिन्धुली प्रहरीको टोली आश्रममा बमजनलाई पक्राउ गर्न पुग्यो। प्रहरी आफ्ना गुरुलाई पक्राउ गर्न आएको सुचना पाएपछि बमजनसम्बद्ध बोधी धर्म श्रवण संघका केन्द्रीय सदस्य छत्र घिसिङ १५ मिनेटमै त्यहाँ पुगेका थिए।
सिन्धुलीका स्थानीय बासिन्दा समेत रहेका घिसिङका अनुसार ३ वटा ट्रक र बाँकी भ्यानहरु गरी ८–९ वटा साधनमा पुलिसहरु आश्रममा पुगेका थिए।
‘म आश्रम पुग्दा ८–९ वटा गाडीहरुमा...
